भौतिक विज्ञान कक्षा –१० –(विज्ञान)
भौतिक विज्ञान कक्षा - १०( विज्ञान )
एकाइ शीर्षक
१ बल
२ चाप
३ उर्जा
४ ताप
५्र प्रकास
६ धारा विद्युत र चुम्वकत्व
विशिष् टीकरण तालीका – २०७४
Division of 23 marks in Knowledge(K) ,Understanding(Un), Application(AP),
and Higher abilities(HA) types of questions
Division of 23 marks in Knowledge(K) ,Understanding(Un), Application(AP), and Higher abilities(HA) types of questions
Areas |
S.N. |
Units |
Total
no. of questions & their marks |
Remarks |
||||
K-20% |
Un-35% |
Ap-24% |
HA-21% |
Total |
||||
भौतिक
|
१
|
बल
|
5x1≠
|
4x2=
|
2x3≠
|
1x4=
|
@# marks |
Physics-56+ Chemistry-56+ Biolog-56+Geology &Astronomy-12 Periods=180 periods |
Scholastic Areas :-Grading on 9 points Scale
S.N. |
Marks range |
Grade |
Attributes |
Grade
Points |
Remarks |
1 2 3 4 5 6 7 8 9 |
90 to 100 80 to below 90 70 to below 80 60 to below 70 50 to below 60 40 to below 50 40 to below 50 30 to below 40 0 to below 20 |
A+ A B+ B C+ C D+ D E |
Outstanding Excellent Very good Good Satisfactory Acceptable Partially Acceptable Insufficient Very insufficient |
4.0 3.6 3.2 2.8 2.4 2.0 1.6 1.2 0.8 |
The minimum qualifying grade in all subjects under scholastic Domain Is C |
एकाइ : एक ( १) बल
गुरुत्वाकर्षण वल : कुनै पनि २ वटा वस्तुको पिण्डहरुको वीचमा लाग्ने आकर्षण वललाई गुरुत्वाकर्षण वल भनिन्छ । यसलाई न्युटन(N) एकाइमा नापिन्छ । यो २ वस्तुको केन्द्रतिर काम गर्छ । जस्तो : पृथ्वी र चन्द्रमाको वीचमा लाग्ने आकर्षण वल
गुरुत्वाकर्षण वल.(F)=Gm1m2/ d2
जहां m1 = .पहिलो वस्तुको पिण्ड .
m2= दोस्रो वस्तुको पिण्ड
d= . वीचको दुरी
न्युटनको गुरुत्वाकर्षण वल सम्वनधी नियम :कुनै पनि २ वटा पिण्डहरुको वीचमा लाग्ने गुरुत्वाकर्षण वल ती २ पिण्डहरुको गुणनफलसगं समानुपाती र दूूरीको वर्गसगं व्युक्तक्रमानुपाती हुन्छ ।जसलाई न्युटनको गुरुत्वाकर्षण वल सम्वन्धी नियम भनिन्छ ।
गुरुत्वाकर्षण वल(F)∝ m1m2
गुरुत्वाकर्षण वल(F)∝ 1/d2
यो नियम विश्वभरि कुनै पनि पिण्ड, जल, स्थल, वा आकाशमा रहदा पनि लागु हुने भएकोले यसलाई न्युटनको गुरुत्वाकर्षण वल सम्वन्धी विश्वव्यापी नियम भनिन्छ ।
गुरुत्वाकर्षण वलका असरहरु :
सौर्यमण्डलको उत्पत्ति हुनु ।
पृथ्वीले सूूर्यको चारैतिर परिक्रमा गर्नु ।
चन्द्रमा ले कृत्रिम भूउपग्रहहरु पृथ्वीको चारैतिर परिक्रमा गर्नु
सूर्य र चन्द्रमाको गुरुत्वाकर्षणले समुदमा ज्वार उत्पन्न हुनु।
F= Gm1m2/d2 प्रमाणित गर ।
न्युटनको गुरुत्वाकर्षण वल सम्वन्धी नियम अनुसार
F ∝ m1 m2 ̲ (i)
F ∝ 1/d2 ̲ ( ii)
समीकरण i) / ii) लाई मिलाउदाृ
Or F ∝ m1m2/d2
Or F = Gm1m2/d2 - जहां G गुरुत्वार्कण स्थिरांक हो _
؞ F= Gm1m2/d2 प्रमाणित गर ।
गुरुत्व वल M कुनै पनि ग्रह तथा उपग्रहले आºनो सतहमा भएको वस्तुलाई जुन वलले आºनो केन्द्रतिर तान्ने गर्छन । त्यस वललाई गुरुत्व वल भनिन्छ । यसको एस आइ एकाइ न्युटन(N) हो । यो पृथ्वीको केन्द्रतिर क्रियाशील हुन्छ ।
गुरुत्व वल(F) =GMm/R2 जहां M ग्रह वा उपग्रहको पिण्ड
m = सतहमा भएको वस्तुको पिण्ड
गुरुत्व वलका असरहरु
हामी पृथ्वीको सतहमा हिडन सक्नु
पृथ्वीको चारैतिर वायुमण्डल रहनु ।
वर्षाको पानी जमीन मा आउनु ।
आकाशतिर फालेको वस्तु पृथ्वीतिर फर्कनु ।
१_ पृथ्वीको गुरुत्व प्रवेगको मान 9.8 m/s2 हुन्छ, भन्नाले के वुझिन्छ <
Ans यसको मतलव स्वतन्त्र रुपले पृथ्वीको सतहतिर खसिरहेको कुनै पनि वस्तुको गति प्रत्येक सेकेन्डमा 9.8m/sदरले परिवर्तन हुन्छ भन्ने बुझिन्छ ।
२_ चन्द्रमाको गुरुत्व प्रवेगको मान 1.66m/s2 हुन्छ, भन्नाले के वुझिन्छ <
३ _बृहस्पतिको गुरुत्व प्रवेगको मान 25m/s2 हुन्छ, भन्नाले के वुझिन्छ <
४ _कस्तो अवस्थामा एउटा प्वांख र सिक्काला्ई पृथ्वीतिर खसाल्दा सगंसगै खस्छ किन <
Ans हावा नभएको वा शुन्य ठाउंमा एउटा प्वांख र सिक्कालाई खसाल्दा सगंसगै जमीनतिर खसाल्छन, किनकी हावा नभएको ठाउं प्ृ्््थ्वीले प्वांख र सिक्का दुवैलाई समान प्रवेगले आफुतिर तान्ने गर्छ ।
५_प्वांख र सिक्काको प्रयोगको निष्कर्ष लेख्नुहोस ।
Ans प्वांख र सिक्काको प्रयोगको निष्कर्षवाट यो स्पष्ट हुन्छ, कि हावाको अवरोध नभएको अवस्थामा विना अवरोध वा स्वतन्त्र रुपमा खसिरहेको सवै वस्तुहरु एउटै गतिले सगंसगै खस्छन ।
गुरुत्वाषर्कण स्थिरांक M १ केजी पिण्ड भएको २ वटा वस्तुहरुलाई १ मीटर टाढा राख्दा तिनीहरुको वीचमा लाग्ने गुरुत्वाकर्षण वललाई गुरुत्वाकर्षण स्थिरांक भनिन्छ । यसलाई G संकेत गरिन्छ र Nm2/kg2 नापिन्छ ।यसको मान 6.67x10–11 हुन्छ ।यो ठाउं अनुसार घटवढ हुदैन ।
तांैल र पिण्डको वीचमा फरक M
तांैल
१.कुनै पनि वस्तुको पिण्ड र त्यसमा लाग्ने गुरुत्व प्रवेगको गुणनफललाई तौल भनिन्छ ।रर
२.यसलाई न्युटन (N)एकाइमा नापिन्छ ।
३.यसलाई स्प्रिगं व्यालेन्सवाट नापिन्छ।
४.यो ठाउं अनुसार घटवढ हुन्छ ।
पिण्ड
१.कुनै पनि वस्तुमा रहेको जम्मा पदार्थको मात्रालाई पिण्ड भनिन्छ ।
२यसलाई के.जी (Kg) एकाइमा नापिन्छ ।
३.यसलाई भौतिक तराजुको मदतवाट नापिन्छ ।
४.यो ठाउं अनुसार घटवढ हुदैन ।
स्वतन्त्र खसाइ Mविना अवरोध कुनै पनि वस्तु गुरुत्व प्रवेगको गति खसिरहनुलाई स्वतन्त्र खसाइ भनिन्छ ।स्वतन्त्र खसाइमा वस्तुको तौल शुन्य हुन्छ । जस्तो चन्द्रमाको सतहमा खसिरहेको वस्तु स्वतन्त्र खसाइको उदाहरण हो,किनकी चन्द्रको सतहमा वायुमण्डल नभएकोले वस्तु विना अवरोध खस्छ ।
तौल विहिनता Mजुन अवस्थामा वस्तुको तौल शुन्य हुन्छ । त्यस अवस्थालाई तौल विहिनता भनिन्छ ।
तौलविहिनता हुने अवस्थाहरु
१ _स्वतन्त्र खसाइको अवस्थामा वस्तुको तौल शुन्य हुन्छ ।किनकी विपरीत दिशातिरको अवरोध शुन्य हुन्छ ।
२ _अन्तरिक्षमा वस्तुको शुन्य हुन्छ ।किनकी gको मान = 0 हुन्छ ।
३ _अन्तरिक्ष यानमा वसेको यात्रुको तौल शुन्य हुन्छ ,किनकी यात्रुको प्रवेग र अन्तरिक्षयानको प्रवेग वरावर हुन्छ ।
कारणहरुM
१ _ g को मान ठाउं अनुसार फरक–फरक हुन्छ किन <
Ans g को मान पृथ्वीको अर्धव्यासमा भर पर्छ। जवकी पृथ्वी अर्धव्यास ठाउं अनुसार फरक फरक हुन्छ ।त्यसैले न को मान पनि ठाउं अनुसार फरक –फरक हुन्छ ।किनकी g∝ 1/R2 हुन्छ ।
२_ g को मान पृथ्वीको ध्रुवमा वढी र भुमध्यरेखामा कम हुन्छ, किन <
Ans g को मान पृथ्वीको अर्धव्यासमा भर पर्छ ।जवकी पृथ्वीको अर्धव्यास पृथ्वीको भूमध्येरेखामा वढी र धुवमा कम हुन्छ ।त्यसैले न को मान पृथ्वीको ध्रुवमा वढी र भूमध्येरेखामा कम हुन्छ ।किनकी g ∝ 1/R2 हुुन्छ ।
३ _ g को मान पृथ्वीको तराईमा वढी र हिमालमा कम हुन्छ ,किन <
४ वस्तुको तौल ठाउं अनुसार फरक–फरक हुन्छ किन <
Ansवस्तुको तौल g को मान भर पर्छ, को मान पृथ्वीको अर्धव्यासमा भर पर्छ। जवकी पृथ्वीको अर्धव्यास ठाउं अनुसार फरक–फरक हुन्छ ।त्यसैले वस्तुको तौल पनि ठाउं अनुसार फरक–फरक हुन्छ । किनकी w∝ g 1/R हुन्छ ।
५ _वस्तुको तौल पृथ्वीको हिमाल कम र तराईमा वढी हुन्छ किन <
Ans.वस्तुको तौल g को मानमा भर पर्छ, न को मान पृथ्वीको अर्धव्यासमा भर पर्छ । जवकी पृथ्वीको अर्धव्यास हिमालमा वढी र तराईमा कम हुन्छ। त्यसैले वस्तुको तौल तराईमा वढी र हिमालमा कम हुन्छ ।किनकी w∝ g 1/R हुुन्छ ।
६ _वस्तुको तौल पृथ्वीको ध्रुवमा वढी र भूमध्येरेखामा कम हुन्छ,किन <
७ _पारासुटको मदतलिएर हवाइजहाजवाट हामफाल्दा चोट लाग्दैन किन <
Ans.पारासुटको वढी आयतनले पारासुटको माथिल्लो भागमा लाग्ने उध्र्वचाप भन्दा तल्लो भागमा लाग्ने उध्र्वचाप वढी हुन्छ ।जसले पारासुट तल झरने वल र हावाको उध्र्वचाप वरावर हुना जान्छ ।जसले गुरुत्वप्रवेगको मान शुन्य हुना गई पारासुट समान गतिमा खस्छ र चोट लाग्दैन ।
८ _दुई वस्तुहरुको पिण्डलाई दोव्वर र वस्तु वीचको दुरीलाई आधा गर्दा गुरुत्वाकर्षण वल कति हुन्छ <
Given,
न्युटनको गुरुत्वाकर्षण वल सम्वन्धी नियम अनुसार
F = Gm1m2/d2 ̲ ( i) or F’=Gm1m2/d2
प्रश्न अनुसार or F’= G2m2.2m2/(d/2)2
पहिलो वस्तुको पिण्ड=2m1 or F’ =4x4(Gm1m2/d2)
दोस्रो वस्तुको पिण्ड=2m2 or Putting the value of from eqn(i)
दुरी = d/2 or F’ =16F x'G5 .
कक्षा 10 विज्ञान विषयको बल (Force) पाठका महत्त्वपूर्ण प्रश्नहरु
1) बल भनेको के हो ? बलका प्रमुख 3 असरहरु लेख्नुहोस्।
2) पृथ्वी केन्द्रित सिद्धान्त भनेको के हो?
3) हेलियोसेन्ट्रीक सिद्धान्त भनेको के हो?
4) न्युटनको विश्वब्यापी गुरुत्वाकर्षणको नियम लेख्नुहोस्।
5) गुरुत्वाकर्षण बल भनेको के हो? गुरुत्वाकर्षण बल लाई असर पार्ने प्रमुख 2 तत्वहरु लेख्नुहोस्।
6) समुन्द्रमा ज्वारभाटा उठ्छ, किन?
7) गुरुत्वाकर्षण बलको प्रभाव ठोस बस्तुमा भन्दा तरल बस्तुमा बढी पर्छ, किन?
8) गुरुत्वाकर्षण स्थिर अंक (अचर) भनेको के हो? यसको मान कति हुन्छ? यसको एकाइ लेख्नुहोस्।
9) गुरुत्वाकर्षण अचर (G) लाई गुरुत्वाकर्षण अचर भनिन्छ, किन?
10) कस्तो अवस्थामा गुरुत्वाकर्षण बल (F) र गुरुत्वाकर्षण अचर (G) बराबर हुन्छ ? सिद्ध गर्नुहोस्।
11) सर्वप्रथम G को मान कसले र कहिले मापन गरेका थिए?
12) गुरुत्व बल भनेको के हो? गुरुत्व बलको शुत्र र एकाई लेख्नुहोस्।
13) पृथ्वीको गुरुत्व बलको कुनै 4 असरहरु लेख्नुहोस्।
14) पृथ्वीको भन्दा बृहस्पतिको पिण्ड निकै बढी 319 गुणा छ तर गुरुत्व बल केवल 2.5 गुणा मात्र बढी छ, किन?
15) पृथ्वी लाई खाँदेर चन्द्रमा जत्रो बनाईयो भने यसको गुरुत्व बलमा के फरक पर्छ?
16) पृथ्वीमा 2 मिटर उफ्रन सक्ने मानिस चन्द्रमामा कति उफ्रिन सक्ला, किन?
17) गुरुत्व प्रवेग भनेको के हो ? यसको सुत्र र एकाई लेख्नुहोस्।
18) गुरुत्व प्रवेगको दिशा कता हुन्छ ? किन?
19) गुरुत्व प्रवेगको मान ग्रह वा उपग्रहको अर्धब्यासको बर्ग संग ब्युतकर्मानुपातिक हुन्छ भनी सिद्ध गर्नुहोस्।
20) पृथ्वीको स्थान अनुसार गुरुत्व प्रवेग (g) को मान फरक पर्छ, किन?
21) गुरुत्व प्रवेगको मान पृथ्वीको निरीक्ष, ध्रुव र औसतमा कति कति हुन्छ?
22) गुरुत्व प्रवेगको मान तराईमा बढी हुन्छ कि हिमालमा, किन?
23) पृथ्वीको केन्द्रमा गुरुत्व प्रवेगको मान कति हुन्छ?
24) पृथ्वीको सतहमा कहाँ गुरुत्व प्रवेगको मान सबभन्दा कम हुन्छ, किन?
25) चन्द्रमाको गुरुत्व प्रवेग कति हुन्छ?
26) पृथ्वीमा 100 केजी उठाउन सक्ने भारत्तोलक चन्द्रमामा कति उठाउन सक्ला ? हिसाब गरि देखाउनुहोस्।
27) ग्यालिलियोले पिसाको ढल्केको टावरमा कहिले गुरुत्व प्रवेग सम्बन्धि परिक्षण गरेका थिए? उक्त परिक्षणको नतिजा के निस्कियो?
28) सिक्का र प्वाँख सम्बन्धी प्रयोगको निष्कर्ष के हो?
29) पृथ्वीमा सिक्का र प्वाँख समान उचाई बाट एकैसाथ खसाल्दा कुन छिटो जमिनमा पुग्छ? किन? यहि प्रयोग चन्द्रमामा गरिएको भए के
हुन्थ्यो ?
30) पिण्ड भनेको के हो? बस्तुको पिण्ड के के कुरामा निर्भर गर्छ?
31) पिण्ड र तौल बिच 4 फरक लेख्नुहोस्।
32) स्वतन्त्र खसाई भनेको के हो?
33) के पृथ्वीमा स्वतन्त्र खसाई सम्भव छ? उपयुक्त उदाहरण दिनुहोस्।
34) तौलबिहिनता भनेको के हो? बस्तु तौल बिहिन हुने 2 अवस्था लेख्नुहोस्।
35) दुईवटा पिण्डलाई 2 मिटर टाढा राख्दा 2N गुरुत्वाकर्षण बल उत्पन्न हुन्छ भने 4 मिटर टाढा राख्दा कति गुरुवाकर्षण बल लाग्ला ? हिसाब गरि पत्ता लगाउनुहोस्।
36) पिण्ड स्थिर राखी दुरी दोब्बर पार्दा दुई वस्तुहरु बिचको गुरुत्वाकर्षण बलमा के फरक पर्छ? हिसाब गरि पत्ता लगाउनुहोस्।
37) पिण्ड स्थिर राखी दुरी आधा पार्दा दुई वस्तुहरु बिचको गुरुत्वाकर्षण बलमा के फरक पर्छ? हिसाब गरि पत्ता लगाउनुहोस्।
38) दुरी स्थिर राखी प्रत्येक वस्तुको पिण्ड दोब्बर पार्दा दुई वस्तुहरु बिचको गुरुत्वाकर्षण बलमा के फरक पर्छ ? हिसाब गरि पत्ता लगाउनुहोस्।
39) सुर्य र पृथ्वीको पिण्ड क्रमशः 2x1030 Kg र 6x1024 Kg छ। तिनीहरु बिचको केन्द्रीय दुरी 1.5x10 Km छ भने तिनीहरुबिचको गुरुत्वाकर्षण बल कति हुन्छ?
40) बृहस्पतिको पिण्ड 1.9-10-7 Kg र अर्धव्यास 71x10 Km छन् भने बृहस्पतिको गुरुत्व प्रवेग कति हुन्छ ? 80 Kg पिण्ड भएको वस्तुको तौल बृहस्पतिमा कति हुन्छ?
41) पृथ्वीको अर्धव्यास 6300 Km र सगरमाथाको उचाई 8848 m छ । यदि पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान 9.8 m/s- छ भने सगरमाथाको टुप्पोमा गुरुत्व प्रवेगको मान कति हुन्छ? 45 Kg पिण्ड भएको वस्तुको तौल सगरमाथाको टुप्पोमा कति हुन्छ?
एकाइ –दुई ( २) चाप
चाप :एक एकाइ क्षेत्रफलमा लगाइने बललाई चाप भनिन्छ ।यसलाई पास्कल (Pa) वा N/m2 एकाइमा नापिन्छ ।
चाप (P) )=. चाप/क्षेत्रफल
P=F (Force) / A(Area)
एक पास्कल चाप: एक वर्गमीटर क्षेत्रफलमा एक न्युटन वल लगाउदा उत्पन्न हुने चापलाई एक पास्कल चाप भनिन्छ ।
चाप वल र क्षेत्रफल वीच सम्वन्ध :
बल वढाउदा चाप वढछ र वल घटाउदा चाप पनि घट्छ ।त्यसैले वल र चापको वीचमा समानुपाती सम्वन्ध हुन्छ ।
क्षेत्रफल वढाउदा चाप वढछ र घटाउदा चाप घट्छ । त्यसैले चाप र क्षेत्रफलको वीचमा व्युक्तक्रमानुपाती सम्वन्ध हुन्छ ।
१.खेलाडीको जुत्ताको तलुवामा गोटी राखिएको हुन्छ ,किन ?
Ans. तलुवामा भएको गोटीले तलुवाको जमीनमा लाग्ने क्षेत्रफल घटाउछ ।जसले जुत्ताले जमीनमा वढी चाप दिन्छ र चिप्लिनवाट वचाउछ । त्यसैले जुत्ताको तलुवामा गोटी राखिएको हुन्छ ।किनकी P∝A हुन्छ ।
२.ग्रावेलमा नांगो खुट्टा हिड्दा वढी दुख्छ ,किन ?
Ans.ग्रावेलले जमीनमा खुट्टाको तलुवाको लाग्ने क्षेत्रफल घटाउछ र चाप वढी उत्पन्न हुन्छ । जसले नांगो खुट्टा ग्रावेलमा हिड्दा वढी दुख्छ ।किनकी किनकी P∝ A हुन्छ ।
तरल पदार्थको चाप :तरल पदार्थले एक एकाइ क्षेत्रफलमा दिने दवाबलाई तरल पदार्थको चाप भनिन्छ । यसलाई पास्कल एकाइमा नापिन्छ ।
तरल पदार्थको चाप(P) =dxgxh
जहां d.=तरल पदार्थको घनत्व , g =.गुरुत्व प्रवेग(g=9.8m/s2 ,h = तरल पदार्थको गहिराई
तरल पदार्थको चापलाई असर पार्ने कारक तत्वहरु :
i)d=.तरल पदार्थको घनत्व , ii)g=.गुरुत्व प्रवेग(g=9.8m/s2 , iii) h=. तरल पदार्थको गहिराई
P=dxgxh प्रमाणित गर ।
चापको परिभाषा अनुसार
P=F/A
P=mxg /A (किनकी F=mxg हुन्छ )
P = dxvxg /A (किनकी m = dxv हुन्छ )
P = dxgxhxA /A ( किनकी v=Ax hहुन्छ )
؞ P = dxgxh प्रमाणित भयो .
१.) माथिल्लो तलाको धारा भन्दा तल्लोको धारामा वाल्टी छिटो भारिन्छ, किन ?
Ans.माथिल्लो तलाको धारा भन्दा तल्लोको धारामा तरल पदार्थको गहिराई वढी हुन्छ ।जसले तल्लो तलाको धारामा तरल पदार्थले वढी चाप दिन्छ ।त्यसैले माथिल्लो तलाको धारा भन्दा तल्लोको धारामा वाल्टी छिटो भारिन्छ, किनकी तरल पदार्थको चाप p ∝ h हुन्छ ।
२.)बांधको माथिल्लो भाग भन्दा तल्लो भाग बाक्लो वनाइएको हुन्छ ?
Ans.बांधको तल्लो भागमा तरल पदार्थको गहिराई वढी माथिल्लो भाग भन्दा वढी हुन्छ ।जसले तल्लो भागमा माथिल्ललो भाग भन्दा तरल पदार्थको दवाव वढी पर्छ ।त्यसैले तल्लो भाग माथिल्लो भाग भन्दा वाक्लो वनाइएको हुन्छ ।किनकी तरल पदार्थको चाप P∝ h हुन्छ ।
उध्र्वचाप :कुनै पनि वस्तुलाई तरल पदार्थमा डुवाउदा तरल पदार्थले वस्तुलाई माथितिर धकेल्ने परिणात्मक वललाई उध्र्वचाप भनिन्छ ।यसलाई न्युटन(N) एकाइमा नापिन्छ ।
वस्तुमा लाग्ने उध्र्वचाप र वस्तुको तौलमा आउने कमी जहिले पनि वरावर हुन्छ ।
उध्र्वचाप (P) =dxgxhx A
P = dxgxA ((h2-h1) जहां d=.तरल पदार्थको घनत्व,
g=.गुरुत्व प्रवेग ,h=. तरल पदार्थको गहिराइ , A= वस्तुको क्षेत्रफल
उध्र्वचाप भर पर्ने तत्वहरु :
i)d =.तरल पदार्थको घनत्व, ii) g= .गुरुत्व प्रवेग , iii )h=. तरल पदार्थको गहिराइ ,
iv) A=वस्तुको क्षेत्रफल
१.)अण्डा शुद्ध पानीमा डुव्छ ,तर नून पानीमा उत्रन्छ, किन ?
Ans.शुद्ध पानी भन्दा नून पानीको घनत्व वढी हुन्छ ।जसले नून पानीले शुद्ध पानी भन्दा वढी उध्र्वचाप दिन्छ ।त्यसैले अण्डा शुद्ध पानीमा डुव्छ तर नून पानीमा उत्रन्छ ।किनकी उध्र्वचाप ∝ घनत्व हुन्छ ।
२.)नदी भन्दाुु समुद्रमा पौडी खेल्न सजिलो हुन्छ,किन ?
Ans.समुद्रको पानी नूनिलो भएकोले नदीको पानी भन्दा वढी घनत्व हुन्छ र उध्र्वचाप वढी दिन्छ ।त्यसैले नदी भन्दा समुद्रमा पौडी खेल्न सजिलो हुन्छ । ।किनकी उध्र्वचाप ∝ घनत्व हुन्छ ।
३.)इनारवाट पानी तान्दा पानी भित्र वाल्टी भइन्जेल उचाल्न सजिलो हुन्छ, तर पानी वाहिरा गार्हो हुन्छ,किन ?
Ans.हावा भन्दा पानीको घनत्व वढी भएकोले पानीले हावा भन्दा वढी उध्र्वचाप दिन्छ ।त्यसैले इनारवाट पानी तान्दा पानी भित्र वाल्टी भइन्जेल उचाल्न सजिलो हुन्छ, तर पानी वाहिरा गार्हो हुन्छ, ।किनकी उध्र्वचाप ∝ घनत्व हुन्छ ।
४.)गार्हो ढुगांलाई वाहिरा भन्दा पानीमा उचाल्न सजिलो हुन्छ ,किन ?
पास्कलको सिद्धान्त :बन्द भांडो भित्र रहेको तरल पदार्थमा कुुनै एक ठांउमा चाप दिइयो भने त्यतिनै चाप भांडो चारैतिर समान रुपले प्रसारण हुन्छ ।जसलाई पास्कलको सिद्धान्त भनिन्छ ।
पास्कलको सिद्धान्तको आधारमा वनाइएका उपकरणहरु:
हाइड्रोलिक प्रेस :यसलाई फलफुलहरुवाट रस निकाल्न,धेरै गार्हो वस्तु ,उचाल्न ,किताव,कपडा,कपासका बन्डलहरु थिच्न, र फलाममा प्वाल पार्न प्रयोग गरिन्छ ।
हाइड्रोलिक ज्याक: यसलाई कार,जिप बस इत्यादि उठाउन प्रयोग गरिन्छ ।
हाइड्रोलिक ब्रेक :यसलाई कार,ट्रक,वस इत्यादि रोक्न प्रयोग गरिन्छ ।
हाइड्रोलिक लिºट :यसलाई अस्पातालमा विरामी तथा औषधीहरु पुर्याउन,होटलमा ग्राहक तथा समानहरु पुर्याउन प्रयोग गरिन्छ ।
हाइड्रोलिक प्रेस :पास्कलको सिद्धान्तको आधारमा वनाइएको Uआकारको उपकरणलाई हाइड्रोलिक प्रेस भनिन्छ ।यसमा २ वटा पिस्टनहरु हुन्छन ।जसमा एउटा पिस्टनको क्षेत्रफल सानो र अर्को पिस्टनको क्षेत्रफल ठुलो हुन्छ । यसभित्र तरल पदार्थ भरिएको हुन्छ.
हाइड्रोलिक प्रेसको सिद्धान्त :सानो पिस्टनमा थोरै वल लगाउदा ठुलो पिस्टनमा धेरै वल उत्पन्न हुन्छ वा ठुलो पिस्टनमा वल प्रवद्र्धन हुन्छ ।जसलाई हाइड्रोलिक प्रेसको सिद्धान्त भनिन्छ ।
सानो पिस्टनको क्षेत्रफल, ठुुलो पिस्टनको क्षेत्रफल,सानो पिस्टनमा लगाइने वल र ठुलो पिस्टनमा लगाइने वल वीच सम्वन्ध वा पास्कलको नियम वा हाइड्रोलिक प्रेसमा प्रयोग हुने सुत्र :
२.)हाइड्रोलिक प्रेसमा सानो पिस्टनमा 1000 N वल लगाउदा ठूूलो पिस्टनमा 2000 N तौललाई उचाल्न सक्छ ।यदि ठूलो नलीको क्रससेक्सनको .क्षेत्रफलमा 4m2 छ ,भने सानो नलीको क्रससेक्सनको क्षेत्रफल कति हुन्छ ?(Ans. A=0.2 m2 )
प्लवनको सिद्धान्त : तरल पदार्थमा तैरिने कुनै पनि वस्तुले आºनो तौल वरा
वरको तरल पदार्थ विस्थापित गर्छ ।जसलाई प्लवनको सिद्धान्त भनिन्छ ।
तैरिने वस्तुको तौल =विस्थापित तरल पदार्थको तौल
प्लवनको सिद्धान्तको आधारमा वनाइएका उपकरणहरु :
हाइड्रोमीटर
ल्याक्टोमीटर
१.)फलामको किला पानीमा डुव्छ तर फलामले वनेको जहाज पानीमा उत्रन्छ किन?
उत्तर. फलामको किला भन्दा फलामले वनेको जहाजको आयतन वढी हुन्छ ।त्यसैले फलामको किलाले आºनो तौल वरावरको तरल पदार्थ विस्थापित गर्न सक्दैन तर जहाजले सक्छ ।त्यसैले फलामका किला पानीमा डुव्छ तर फलामले वनेको जहाज पानीमा उत्रन्छ ।
आर्कमिडिजको सिद्धान्त :कुनै पनि वस्तुलाई पूर्ण वा आशिंक रुपले तरल पदार्थका डुवाउदा वस्तुमा पर्ने उध्र्वचाप र वस्तुले विस्थापित गरेको तरल पदार्थको तौल वरावर हुन्छ ।जसलाई आर्कमिडिजको सिद्धान्त भनिन्छ ।
वस्तुमा लाग्ने उध्र्वचाप = वस्तुले विस्थापित गरेको तरल पदार्थको तौल
वस्तुको हावामा तौल = वस्तुको तरल पदार्थमा तौल + विस्थापित तरल पदार्थको तौल (उध्र्वचाप )
आर्कमिडिजको सिद्धान्तको आधारमा वनाइएको उपकरणहरु :
पन्नडुुव्वी
पानी जहाज
घनत्व :एक एकाइ आयतनमा भएको कुनै पनि वस्तुको पिण्डलाई घनत्व भनिन्छ ।यसको एस.आइ.एकाइ K/m3. र C.G.S.एकाइ gm/Cm3. हो ।जस्तो:पानीको घनत्व 1000 K/m3.हुन्छ ।
घनत्व (d)=.पिण्ड(m) /आयतन (V )
d = m/V
घनत्वको आधारमा उत्रने र डुब्ने क्रिया :
i)वस्तुको घनत्व तरल पदार्थ भन्दा वढी भएमा वस्तु तरल पदार्थमा डुब्छ र वस्तुको घनत्व तरल पदार्थको घनत्व भन्दा कम भएमा वस्तु तरल पदार्थमा उत्रन्छ ।
ii)वस्तुको घनत्व तरल पदार्थको घनत्वसगं वरावर भएमा वस्तु तरल पदार्थको सतह मुनि तैरिरहन्छ ।
१.)फलामको किला पानीमा डुब्छ तर पारोमा उत्रन्छ किन ?
उत्तर. फलामको किला भन्दा पानीको घनत्व कम हुुन्छ तर पारो भन्दा वढी हुन्छ ।त्यसैले फलामको किला पानी डुब्छ तर पारोमा उत्रन्छ ।
सापेक्षिक घनत्व :कुनै पनि वस्तुको घनत्व र 4℃ तापक्रम भएको पानीको घनत्व वीचको अनुपातलाई सापेक्षिक घनत्व भनिन्छ । यसको एकाइ हुदैन ।
सापेक्षिक घनत्व (R.D.)= कुनै पनि वस्तुको घनत्व / 4℃ तापक्रम भएको पानीको घनत्व
हाइड्रोमीटर र ल्याक्टोमीटर :कुनै पनि तरल पदार्थको घनत्व नाप्नको लागि प्रयोग गरिने उपकरणलाई हाइड्रोमीटर भनिन्छ ।तर दुधको घनत्व वा शुद्धता नाप्नको लागि प्रयोग गरिने उपकरणलाई ल्याक्टोमीटर भनिन्छ ।
वायुमण्डलीय चाप: वायुमण्डलमा भएको हावाले एक एकाइ क्षेत्रफल दिने दवावलाई वायुमण्डलीय चाप भनिन्छ । यसलाई N/m2 वा mm Hg एकाइमा नापिन्छ ।समुद्रको सतहमा वायुमण्डलीय चाप 105N/m2 वा 760 mmHg हुन्छ ।यसलाई व्यारोमीटरको मदतवाट नापिन्छ ।
वायुमण्डलीय चापको उपयोगिता :
१.)यसलाई वस, मोटरगाडी,ट्रक,साइकल आदिको टायर भित्र हावा भर्न प्रयोग गरिन्छ ।
२.)यसलाई फाउन्टेन पेनमा मसी भर्न,सिरिन्जमा औषधी भर्न,पानी तान्ने पम्पवाट पानी निकाल्न प्रयोग गरिन्छ ।
पारोयुक्त व्यारोमीटर: पारो र एउटा लामो ग्लास टेस्ट ट्युवको मदतवाट वनाइएको उपकरणलाई पारोयुक्त व्यारोमीटर भनिन्छ ।यसलाई सवै भन्दा पहिले टोरीेसेली नाम गरेका वैज्ञानिकले वनाएका हुन ।त्यसैले यसको ट्युव भित्र रहेको खाली ठाउंलाई टोरीसेलीको भ्याकुम्म भनिन्छ ।
वायुमण्डलीय चापको प्रयोग :
१.) सिरिन्ज :विरामीको शरीरवाट रगत निकाल्न र विरामीको शरीरभित्र रगत मार्फत औषधी औषधी पठाउन प्रयोग गरिने उपकरणलाई सिरिन्ज भनिन्छ । यो वायुमण्डलीय चापको मदतवाट काम गर्छ ।
वनोट: यसमा निम्न लिखित भागहरु हुन्छन्: १. पिस्टन २. व्यारेल ३. निडिल
कार्य प्रणाली : यसलाई २ भागमा विभाजन गरिएको छ :
१.) अप स्ट्रोक: यसमा पिस्टनलाई माथि तानिन्छ ।जसले सिरिन्ज भित्रको हावाको वायुमण्डलीय चाप कम हुन्छ र वोतल भित्रको औषधी सिरिन्ज भित्र प्रवेश गर्छ ।
२.) डाउन स्ट्रोक :यसमा पिस्टनलाई भित्र थिचिन्छ ।जसले सिरिन्ज भित्रको हावाको चाप शरीर भित्रको हुन्छ र औषधी शरीर भित्र प्रवेश गर्छ ।
२.)पानी तान्ने पम्प :जमीन मुनि रहेको पानीलाई वाहिरा तान्नको लागि प्रयोग गरिने उपकरणलाई पानी तान्ने पम्प भनिन्छ । यो वायमण्कडलीय चापको आधारमा काम गर्छ ।
वनोट: यसमा निम्न लिखित भागहरु हुन्छन :
१.)पिस्टन: यसमा V1भल्भ हुन्छ ।
२.)व्यारेल: यसमा V2 भल्भ हुन्छ ।
३.)मेटल पाइप: यसको एउटा छेउ पिस्टनसंग र अर्को छेउ पानीको सतहसगं जोडिएको हुन्छ
कार्य प्रणाली : यसलाई २ भागमा विभाजन गरिएको छ :
१.) अप स्ट्रोक :यसमा पिस्टन लाई माथि तानिन्छ ।जसले V1भल्भ वन्द हुन्छ र पिस्टन माथिको पानी आउटलेटवाट वाहिरा आउछ ।जवकी पिस्टनको तल व्यारेलभित्र हावाको चाप वायुमण्डलीय चाप कम हुना जान्छ ,जसले व्यारेलको V2 भल्भ खुल्छ र वायुमण्डलीय चापले जमीन मुनिको पानी व्यारेलभित्र जान्छ ।
२.)डाउन स्ट्रोक : यसमा पिस्टनलाई तल थिचिन्छ ।जसले पिस्टनको तल व्यारेलभित्र हावाको चाप पिस्टन माथि रहेको व्यारेलभित्रको वायुमण्डलीय चाप भन्दा वढी हुन्छ ।जसले व्यारेलमा रहेको V2 भल्भ वन्द हुन्छ र पिस्टनमा रहेका V1भल्भ खुल्छ र पिस्टन मुनि व्यारेलमा रहेको पानी पिस्टन भन्दा माथि रहेको व्यारेलको भागमा जान्छ ।
३.)हावा भर्ने पम्प :साइकल, मोटर साइकल,ट्रक, वस,कार इत्यादिको पांग्राको ट्युवमा हावा भर्नको लागि प्रयोग गरिने उपकरणलाई हावा भर्ने पम्प भनिन्छ ।
वनोट : यसमा निम्न लिखित भागहरु हुन्छन :यसमा निम्न लिखित भागहरु हुन्छन :
१.पिस्टन :यसमा V1भल्भ हुन्छ ।
२.व्यारेल : यसको माथिल्लो भागमा एउटा प्वाल हुन्छ ।
३. रवर पाइप : यसमा V2 भल्भ हुन्छ ,जुन ट्युवमा हुन्छ ।
कार्य प्रणाली :यसलाई २ भागमा विभाजन गरिएको छ :
१.) अप स्ट्रोक : यसमा पिस्टनलाई माथि तानिन्छ ।जसले पिस्टनको तल व्यारेल भित्र रहेको हावाको चाप पिस्टन भन्दा माथि रहेको वायुमण्डलीय चाप भन्दा कम हुन्छ ,र पिस्टनको V1 भल्भ खुल्छ जसले पिस्टनको तल व्यारेलको भागमा वायुमण्डलीय हावा प्रवेश गर्छ
२.) डाउन स्ट्रोक : यसमा पिस्टनलाई तल थिचिन्छ ।जसले पिस्टनको तल व्यारेल भित्रको हावाको चाप ट्युव भित्र रहेको हावाको चाप भन्दा वढी हुन्छ ,त्यसैले पिस्टनमा रहेको] V1 भल्भ वन्द हुन्छ र रवरको पाइपसंग जोडिएको ट्युवमा रहेको V2 खुल्छ र व्यारेलमा रहेको हावा ट्युव भित्र प्रवेश गर्छ । भल्भ हुन्छ ।
१.)एउटा वस्तुको हावामा तौल 18N र तरल पदार्थमा 14N छ ।
i)वस्तुमा तरल पदार्थले दिने उध्र्वचाप कति हुन्छ ?ii) विस्थापित तरल पदार्थको तौल कति होला ? iii ) वस्तुको पिण्ड कति हुन्छ ?
सुत्र अनुसार
i)वस्तुको हावामा तौल = तरल पदार्थमा वस्तुको तौल +विस्थापित तरल पदार्थको तौल(उध्र्वचाप)
Or 18 = !4 + उध्र्वचाप
Or उध्र्वचाप =18-14
उध्र्वचाप =4N
ii) विस्थापित तरल पदार्थको तौल =4N (किनकी उध्र्वचाप =विस्थापित तरल पदार्थको तोल हुन्छ )
iii )सुत्र अनुसार
तौल (w)=. m xg
Or 18=. m x 9.8
Or m 18/9.8
पिण्ड(m) =1.83 kg
२.)व्यारोमीटरमा पारोको स्तम्भको उचाइ 0.76 m छ र पारोको घनत्व 13600kg/m3 भने पारोको स्तम्भको चाप कति हुन्छ ?
यहां
पारोको घनत्व(d) = 13600kg/m3.
पारोको उचाइ (h) = .0.76 m
गुरुत्व प्रवेग(g) =9.8m/s2
पारोको स्तम्भको चाप (P) =?
सुत्र अनुसार
तरल पदार्थको चाप (P) =dx gx h
Or P = 1300 x 9.8 x 0.76
पारोको स्तम्भको चाप (P) =)=101292.8
उर्जा (शक्ति ) ( एकाइ (३)
उर्जा M काम गर्ने क्षमतालाई उर्जा वा शक्ति भनिन्छ ।
उर्जाको स्रोतको किसिम : यो २ प्रकारको हुन्छ :
१.)उर्जाको नवीकरणीय स्रोत : जुन उर्जाका स्रोतहरु जति प्रयोग गरेपनि रित्तिदैनन् वा रित्तिसकेपछि पनि पुन: निर्माण गर्ना सकिन्छ ,भने त्यसलाई उर्जाको नवीकरणीय स्रोत भनिन्छ । जस्तो :सोर्य उर्जा ,जल विद्युत, वायु उर्जा ,गोवर ग्यास वा वायो ग्यास ,वायोमास उर्जा ,ज्वारभाटा उर्जा ,जियोथर्मल उर्जा ,न्युक्लियर उर्जा आदि ।
२उर्जाको अनवीकरणीय स्रोत Mजुन उर्जाका स्रोतहरुलाई प्रयोग गर्दा रित्तिन्छन र रित्तिसकेपछि पुन: निर्माण गर्न सक्दिैन, भने त्यसलाई उर्जाको अनवीकरणीय स्रोत भनिन्छ ।जस्तो:कोइला, खनिज तेल ,प्राकृतिक ग्यास आदि ।यसलाई जीवाशेष उर्जा पनि भनिन्छ ।
उर्जाका केही नवीकरणीय स्रोतहरु M
१ _सौर्य उर्जा Mसूर्यवाट प्राप्त हुने उर्जालाई सौर्य उर्जा भनिन्छ ।सौर्य शक्ति सूर्यमा न्युक्लियर ºयुजन प्रतिक्रियावाट उत्पन्न हुन्छन ।सूर्यले प्रति सेकेन्डमा 4x1026 J/s शक्ति हुन्छ ।जसमध्ये पृथ्वीमा 1.4 किलोवाट प्रतिवर्ग मीटर सौर्य शक्ति आउछ ।
यसको महत्व वा फाइदा M
यो उर्जाको नवीकरणीय स्रोत हो ।
यसलाई पटक पटक प्रयोग गर्न सक्न्छि ।
यसले उर्जा संकटवाट वचाउछ ।
यो प्रदूषण रहित हुन्छ ।
सूर्यलाई उर्जाको प्रमुख वा मुल स्रोत मानिने कारण :पृथ्वीमा भएका उर्जाका जति पनि स्रोतहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सूृर्य माथि निर्भर रहने भएकोले सूर्यलाई उर्जाको प्रमुख स्रोत भनिन्छ । जस्तो जलविद्युतलाई सौर्य शक्तिको उपज मानिन्छ किनकी जल विद्युतको लागि जल भण्डारको आवश्यक पर्छ,जल भण्डारको लागि जल चक्रको आवश्यक पर्छ र जल चक्रको लागि सूर्यको आवश्यक पर्छ ।
सूर्यवाट सौर्य शक्ति उत्पन्न हुनाको लागि चाहिन अवस्थाहरु M
प्रशस्तमा हाइड्रोजन ग्यास हुनुपर्छ ।
उच्च चाप र ताप हुनु पर्छ ।
प्रशस्त मात्रमा हाइड्रोजन ग्यासवाट हिलियम ग्यास वनेको हुनु पर्छ ।
२_जल विद्युत M जलको मदतवाट टर्वाइन र टर्वाइनको मदतवाट जेनेरेटर चलाएर उत्पादन गर्ने उर्जालाई जल विद्युत भनिन्छ । नेपालमा जल विद्युत उत्पादन क्षमता करीव 83 हजार मेगावाट रहेको छ । जस मध्ये हाल उत्पादनमा रहेको करीव 1200 मेगावाट रहेको छ ।
नेपालमा जल विद्युत उत्पादनको वढी सम्भावनाका कारणहरु M
जल सम्पदाको दोस्रो धनी देश भएकोले
भिरालो वा पहाडी जमीन वढी भएकोले
जल विद्युत उत्पादनमा कठिनाइका कारणहरु M
पुंजीको अभाव वा कमी
जन शक्तिको अभाव वा कमी
यसको महत्व वा फाइदाहरुM
उर्जाको नवीकरणीय स्रोत भएकोले
पटक पटक प्रयोग गर्न सक्निे भएकोले
उर्जा संकटवाट वचाउने भएकोले
प्रदूषण रहित हुने भएकोले
उर्जाको नवीकरणीय स्रोत भएकोले
पटक पटक प्रयोग गर्न सक्निे भएकोले
उर्जा संकटवाट वचाउने भएकोले
प्रदूषण रहित हुने भएकोले
$_वायोमास M काठ,दाउरा,गोवर,पराल,झारपात आदिलाई मेसिनमा खांदेर वनाइएको सा–साना टुुक्रालाई वायोमास भनिन्छ ।
यसको महत्व वा फाइदाहरुM
उर्जाको नवीकरणीय स्रोत भएकोले
पटक पटक प्रयोग गर्न सक्निे भएकोले
उर्जा संकटवाट वचाउने भएकोले
५._वायो ग्यास वा गोवर ग्यास Mगोवरलाई प्लान्टमा व्याक्टेरिया द्धारा कुहाउदा ,सडाउदा उत्पन्न हुने कार्वनडाइअक्साइड,मिथेन,हाइड्रोजन ग्यास आदिको मिश्रणलाई वायो ग्यास भनिन्छ ।
यसको महत्व वा फाइदाहरुM
उर्जाको नवीकरणीय स्रोत भएकोले
पटक पटक प्रयोग गर्न सक्निे भएकोले
उर्जा संकटवाट वचाउने भएकोले
प्रदूषण रहित हुने भएकोले
६_ज्वारभाटा उर्जा Mसमुद्रमा उत्पन्न हुने ज्वारवाट उत्पन्न उर्जालाई ज्वारभाटा उर्जा भनिन्छ ।यसलाई विद्युत उत्पादन गर्ना प्रयोग गरिन्छ ।
यसको महत्व वा फाइदाहरुM
उर्जाको नवीकरणीय स्रोत भएकोले
पटक पटक प्रयोग गर्न सक्निे भएकोले
उर्जा संकटवाट वचाउने भएकोले
प्रदूषण रहित हुने भएकोले
क्_ न्युक्लियर ºयुजन विधि Mदुई वा दुई भन्दा साना न्युक्लियसहरु जोडिएर ठूलो न्युक्लियस वनाउने प्रतिक्रियालाई न्युक्लियर ºयुजन प्रतिक्रिया भनिन्छ । यस विधिवाट न्युक्लियर फिसन प्रतिक्रिया भन्दा वढी शक्ति उत्पन्न हुन्छ । यस विधिमा उच्च ताप र चापको आवश्यकता पर्दछ ।जस्तो Mसूर्यमा सोर्य शक्ति उत्पादन हुना हाइड्रोजन –हाइड्रोजन परमाणु मिलेर हिलियम वन्नु ,हाइड्रोजन वम न्यक्लियर ºयुजन प्रतिक्रियाका उदाहरण हुन ।
ख._न्युलियर फिसन विधि Mरेडियोधर्मी तत्वहरु-जस्तोM यूरेनियम, प्लुटोनियम_ टुक्रिएर दुई वा दुई भन्दा हलुका तत्वका न्युक्लियसहरु वन्ने क्रियालाई न्युक्लियर फिसन विधि भनिन्छ । यस विधिवाट ºयुजन प्रतिक्रिया भन्दा कम शक्ति उत्पन्छ ।यो एउटा चयन प्रतिक्रिया हो । यस विधिमा उच्च ताप र चापको आवश्यकता पर्दैन । जस्तो Mपरमाणु वम यसको उदाहरण हो ।
जीवाशेष उर्जा वा इन्धन M जीवित प्राणीको अवशेषहरुवाट वनेको उर्जालाई जीवाशेष उर्जा भनिन्छ ।जस्तो : कोइला ,खनिज तेल वा इन्धन , प्राकृतिक ग्यास इत्यादि ।
जीवाशेष उर्जाको महात्व M
यो सस्तो हुन्छ ।
वहुउपयोगी हुन्छ ।
ढुवानी गर्न सजिलो हुन्छ ।
विद्युतीय साधनहरु तथा उद्योग धन्धा ,कलकारखाना चलाउन सहयोग गर्छ ।
उर्जा संकट M अनवीकरणीय उर्जाको अत्याधिक प्रयोगले भविष्यमा पृथ्वीवाट यसको रित्तिने वा लोप हुने िस्थतिलाई उर्जा संकट भनिन्छ ।
उर्जा संकट आउने कारणहरु M
अनवीकरणीण उर्जाको अत्यधिक प्रयोग गर्नले ।
नवीकरणीय उर्जाको कम प्रयोग हुने भएकोले ।
उर्जाको प्रयोग विवेक पूर्ण तरीकावाट नहुने भएकोले ।
जनसंख्या वृद्धि हुने भएकोले ।
अनवीकरणीय उर्जाको स्रोत सिमित भएकोले ।
वैकल्पिक उर्जाको विकास कम हुने भएकोले ।
उर्जा संकटवाट वच्ने उपायहरु M
वैकल्पिक उर्जाहरुको विकास र प्रयोग वढी गर्ने ।
अनवीकरणीय उर्जाको प्रयोग ज्यादै कम र सीमित मात्रमा गर्ने ।
नवीकरणीय उर्जाको प्रयोग ज्यादै अत्यधिक मात्रमा गर्ने ।
जनसंख्या वृद्धिलाई नियन्त्रण गर्ने ।
उर्जाका वैकल्पिक स्रोतहरु Mउर्जा संकटलाई कम गर्नको लागि प्रयोग गर्ना सक्निे उर्जाका स्रोतहरुलाई वा उर्जाको नवीकरणीय स्रोतहरुलाई उर्जाको वैकल्पिक स्रोत भनिन्छ । जस्तो : जलविद्युत ,गोवर ग्यास, जैविक उर्जा , सौर्य उर्जा , वायु उर्जा इत्यादि । .
कक्षा 10 विज्ञान विषयको उर्जा (Energy) पाठका महत्त्वपूर्ण प्रश्नहरू
1) प्रयोगका आधारमा उर्जाका स्रोतहरु कति प्रकारका छन, ति के के हुन?
2) उर्जाको अनविकरणिय स्रोत भनेको के हो? कुनै 4 उदाहरणहरु दिनुहोस्।
3) उर्जाको नविकरणिय स्रोत भनेको के हो? कुनै 4 उदाहरणहरु दिनुहोस्।
4) कोइलालाई उर्जाको अनविकरणिय स्रोत भनिन्छ, किन?
5) जलविद्युतलाई उर्जाको नविकरणिय स्रोत भनिन्छ, किन?
6) सुर्यलाई उर्जाको प्रमुख स्रोत मानिन्छ, किन? 7) जीवावशेषमा भएको उर्जा सौर्य शक्तिको उपज हो, कसरी?
8) वायु उर्जालाई सौर्य उर्जाको उपजका रूपमा लिन सकिन्छ, किन?
9) सुर्यमा हाईड्रोजन र हिलियम कति कति प्रतिशत छ?
10) सुर्यको सतह र केन्द्रमा औसत तापक्रम कति कति छ?
11) पृथ्वीको प्रतिवर्ग मिटर क्षेत्रफलमा औसतमा कति सौर्य शक्ति प्राप्त हुन्छ?
12) जीवावशेष उर्जा भनेको के हो? कुनै 4 उदाहरण दिनुहोस् ।
13) कोइला र खनिज तेललाई जीवावशेष इन्धन भनिन्छ, किन?
14) सबैभन्दा उच्च स्तरको कोइलाको नाम के हो?
15) कच्चा तेल (Crude Oil) प्रशोधन गरि के के प्राप्त गरिन्छ?
16) अलकत्रा कसरी प्राप्त हुन्छ? यसको उपयोगिता लेख्नुहोस्।
17) जीवावशेष उर्जाको फाईदा लेख्नुहोस् ।
18) हाम्रो देशको कुल जलविद्युत उत्पादन क्षमता कति छ?
19) नेपालकालागि जलविद्युत शक्तिलाई अत्यन्तै उपयुक्त शक्तिको स्रोत मानिन्छ, किन?
20) जलविद्युतको उत्पादन र प्रयोग संसारभरि व्यापक बन्दै गएको छ, किन?
21) कोइला र खनिज तेल भन्दा जलविद्युतको प्रयोग बढाउनु पर्छ, किन?
22) उर्जाका वैकल्पिक स्रोत भनेको के हो? पृथ्वीमा उर्जाका वैकल्पिक स्रोतहरुको खोजी गर्न आवश्यक भएको छ, किन?
23) वर्तमान परिपेक्षमा उपयुक्त उर्जाका वैकल्पिक स्रोतहरुको कुनै 4 उदाहरण लेख्नुहोस्। 24) जैविक उर्जा (Bio-fuel) भनेको के हो? यसका कुनै 4 फाईदाहरु लेख्नुहोस्।
25) बायोमास (Biomass) भनेको के हो?
26) बायोमास उर्जा भनेको के हो?
27) गोबर ग्याँस प्लान्ट निर्माण गर्न सरकारले सहयोग र सहुलियत दिदै आएको छ, किन?
28) न्युक्लियर उर्जा भनेको के हो? न्युक्लियर उर्जा उत्पादन गर्ने 2 फरक पद्धति के के हुन?
29) न्युक्लियर फ्युजन र न्युक्लियर फिसन प्रक्रिया बिच 4 फरक लेख्नुहोस्।
30) न्युक्लियर फिसन प्रक्रियाद्वारा कसरी विद्युत बिकास गरिन्छ? प्रष्ट पार्नुहोस्।
31) E = mc- सुत्र कसले प्रतिपादन गरेका हुन? यस सुत्रमाE, m र c को अर्थ के के हो? 32) ज्वारभाटा उर्जा भनेको के हो? यस प्रक्रियामा कसरी विद्युत बिकास गरिन्छ?
33) ज्वारभाटा उर्जा नेपालमा संभव छैन, किन?
34) वायु उर्जा भनेको के हो? यसलाई बहुउपयोगी उर्जाको रूपमा लिने गरिन्छ, किन ?
35) वायु उर्जाद्वारा विद्युत कसरी बिकास गरिन्छ?
36) जियोथर्मल उर्जा भनेको के हो?
37) भुकम्प र ज्वालामुखी सक्रिय रहने क्षेत्रमा प्रतिकिलोमिटर गहिराईमा कति तापक्रम बढ्छ? तापक्रम बढ्ने अवस्था सामान्य क्षेत्रमा के हुन्छ?
38) सौर्य उर्जा भनेको के हो ? यसको कुनै 4 उपयोगिता लेख्नुहोस्।
39) नेपालमा उर्जा संकट समाधान गर्न सौर्य उर्जा लाई राम्रो विकल्पको रुपमा लिन उपयुक्त हुन्छ, किन? 40) उर्जा संकट भनेको के हो?
41) विश्वले निकट भविष्यमै उर्जा संकट निम्तिन सक्छ, किन?
42) विश्वमा उर्जा खपतको वर्तमान अवस्था के छ?
एकाइ ४ ताप
ताप :कुनै पनि वस्तुमा भएको जम्मा अणुहरुको गति शक्तिको योगफललाई ताप भनिन्छ ।यसको एस.आइ. एकाइ जुल र सी. जी. एस. एकाइ क्यालोरी हो । यसलाई क्यालोरीमीटरको मदतवाट नापिन्छ । यो एक ठाउं वाट अर्को ठाउंमा प्रसारण हुन्छ ।ताप जम्मा अणुहरुको संख्या र अणुहरुको गति शक्तिसगं समानुपाती हुन्छ ।
ताप ∝ अणुहरुको संख्या र अणुहरुको गतिशक्ति
१ क्यालोरी ताप :१ ग्राम पानीलाई १℃ तापक्रममा ल्याउन आवश्यक पर्ने तापलाई १ क्यालोरी ताप भनिन्छ ।
१क्यालोरी ताप =४.२ जुल
किनकी ,
१के.जी (१०००ग्राम ) पानीलाई १℃ तापक्रममा ल्याउन =४२०० जुल ताप चाहिन्छ ।
१ग्राम पानीलाई ,, ,, ,, ,, =४२००/१००० जुल =४.२
؞ १क्यालोरी = ४.२ जुल हुन्छ ।
तापका असरहरु:
Ø वस्तुको आयतनमा वृद्धि गर्छ ।
Ø वस्तुको तापक्रममा वृद्धि गर्छ ।
Ø वस्तुको घोल्यमात्रामा वृद्धि गर्छ ।
Ø वस्तुको अवस्थामा वृद्धि ल्याउछ ।
Ø वस्तुमा रासायनिक परिवर्तन ल्याउछ ।
तापक्रम :वस्तुमा भएका अणुहरुको औस्त गतिशक्तिलाई तापक्रम भनिन्छ ।यसको एस. आइ.एकाइ केल्भिन हो ।यसलाई थर्मोमीटरको मदतवाट नापिन्छ ।यो एक ठाउंवाट अर्को ठाउंमा प्रसारण हुदैन । तापक्रम अणुहरुको गतिशक्तिसंग समानुपाती हुन्छ ।
तापक्रम ∝ अणुहरुको गतिशक्ति
थर्मोमीटर :कुनै पनि वस्तुको तापक्रम नाप्नको लागि प्रयोग गरिने उपकरणलाई थर्मोमीटर भनिन्छ ।
यसको वनोट :यो एउटा पातलो कांचको नलीवाट वनेको हुन्छ ।यसको अगाडिको भाग वल्व जस्तो हुन्छ ।जसमा पारो वा अल्कोहल भरिएको हुन्छ।यसभित्र एउटा मसिनो रौ जस्तो नली हुन्छ ।जसलाई केसिका नली भनिन्छ ।
थर्मोमीटरको सिद्धान्त :तरल पदार्थलाई तताउदा यसको आयतन वढछ र चिसाउदा यसको आयतन घट्छ भन्ने सिद्धान्तको आधारमा थर्मोमीटर वनाइएको हुन्छ ।
थर्मोमीटरमा प्रयोग गरिने तरल पदार्थ :थर्मोमीटरमा निम्न लिखित २ किसिमका तरल पदार्थहरुको प्रयोग गरिन्छ :
१)अल्कोहल : यसका विशेषताहरु :
Ø यसलाई रंगाएर सजिलै हेर्न सक्न्छि ।
Ø यसको जम्ने तापक्रम –११७℃ हुन्छ ।जुन ज्यादै वढी मानिन्छ ।त्यसैले अति चिसो ठाउंमा अल्कोहल थर्मोमीटरको प्रयोग गरिन्छ ।जवकी उमल्ने तापक्रम ७८℃ मात्र हु्न्छ ।त्यसैले उम्लेको पानीको तापक्रम यसवाट नाप्न सक्दिैन ,किनकी पानीको उमल्ने तापक्रम १००℃ हुन्छ ।
Ø अल्कोहलको प्रसारण पारो भन्दा ६ गुणा वढी हुुन्छ ।
२.) पारो : यसका विशेषताहरु :
Ø यो चांदी जस्तो टल्कने भएकोले सजिलै हेर्न सक्न्छि ।
Ø यसमा टासिने गुण हुदैन ।
Ø यसको उमल्ने तापक्रम ३५७℃ हुन्छ ।जुन ज्यादै वढी मानिन्छ ।त्यसैले अति गर्मी ठाउंमा पारो थर्मोमीटर प्रयोग गरिन्छ ।जवकी जम्ने तापक्रम –३९℃ मात्र हुन्छ ।
थर्मोमीटरको स्केल :यो ३ प्रकारको हुन्छ :
१.)डिग्री सेल्सियस स्केल(℃ ) :जुन स्केलमा माथिल्लो विन्दु १००℃ र तल्लो विन्दु ०℃ हुन्छ । त्यसलाई डिग्री सेल्सियस स्केल(℃ )भनिन्छ । यसमा पानीको जम्ने तापक्रम ०℃ र उमल्ने तापक्रम १००℃ ।
२.)डिग्री फरेनहाइट स्केल(℉ ) :जुन स्केलमा माथिल्लो विन्दु २१२℉ र तल्लो विन्दु ३२℉ हुन्छ ।त्यसलाई डिग्री फरेनहाइट स्केल भनिन्छ । यसमा पानीको उमल्ने विन्दु २१२ ℉ पानीको जम्ने तापक्रम ३२℉ हुन्छ ।
३.)केल्भिन स्केल : जुन स्केलमा माथिल्लो विन्दु ३७३ K र तल्लो विन्दु २७३ K हुन्छ । त्यसलाई केल्भिन स्केल भनिन्छ । यसमा पानीको उमल्ने विन्दु३७३ K र जम्ने विन्दु २७३ K हुन्छ ।
सेल्सियस स्केल ,फरेनहाइट स्केल ,र केल्भिन स्केल वीच सम्वन्ध :
C- 0 /100 =F- 32/180 = k-273/100
थर्मोमीटरको किसिम:प्रयोगको अधारमा थर्मोमीटरलाई निम्न लिखित ३ भागमा विभाजन गरिएको छ :
१)क्लिनिकल थर्मोमीटर :मानिसको शरीरको तापक्रम नाप्नको प्रयोग गरिने थर्मोमीटरलाई क्लिनिकल थर्मोमीटर भनिन्छ ।एउटा स्वास्थ्य मानिसको शरीरको तापक्रम सेल्सियस स्केलमा ३५℃ र फरेनहाइटमा ९८.६℉ हुन्छ ।यसको नलीमा चढेको पारो आफै तल नझरोस भन्ने उदेश्यले यसको वल्वनिर सांगुरो घांटी वनाइएको हुन्छ ।यसको नलीमा चढेको पारोलाई ठूलो पारेर हेर्नाको लागि यसको आकार प्रिज्मेटिक वनाइएको हुन्छ ।
२.)प्रयोगशालाको थर्मोमीटर:विभिन्न पदार्थको तापक्रम नाप्नको लागि प्रयोगशालामा प्रयोग गरिने थर्मोमटीरलाई प्रयोगशाला थर्मोमीटर भनिन्छ ।यसमा –१०℃ देखि ११०℃ सम्मको स्केल वनाइएको हुन्छ ।
३ं)अधिकतम –न्युनतम थर्मोमीटर :कुनै पनि ठाउंको २४ घण्टाको अधिकतम–न्युनतम तापक्रम नाप्नको लागि प्रयोग गरिने थर्मोमीटरलाई अधिकतम–न्युनतम थर्मोमीटर भनिन्छ ।
विशिष्ट तापधारण क्षमता : १ के.जी.पिण्ड भएको कुनै भएको पनि वस्तुलाई १℃ तापक्रममा ल्याउनको लागि आवश्यक पर्ने ताप लाई विशिष्ट तापधारण क्षमता भनिन्छ ।यसलाई J/Kg℃एकाइमा नापिन्छ ।
जस्तो: पानीको विशिष्ट तापधारण क्षमता ४२०० J/Kg℃ र वरफको विशिष्ट तापधारण क्षमता २१०० J/Kg ℃हुन्छ ।
१.)तल दिएको तालीकाको आधारमा निम्न प्रश्नहरुको उत्तर लेख ।
धातु | विशिष्ट तापधारण क्षमता |
A B C | 900 J/Kg℃ 600 J/Kg℃ 300 J/Kg℃ |
क्)वरावर पिण्ड भएको तीनै वटा धातुका गोलाहरुलाई समान ताप दिदा कस्को तापक्रम सवै भन्दा वढी हुन्छ र कस्को तापक्रम सवै भन्दा कम हुन्छ किन ?
उत्तर A धातुको तापक्रम सवै भन्दा कम र C धातुको तापक्रम सवै भन्दा वढी हुन्छ ।किनकी A धातुको विशिष्ट ताप धारण क्षमता सवै भन्दा वढी र C धातुको विशिष्ट तापधारण क्षमता सवै कम रहेको छ ।
ख)B धातुको विशिष्ट तापधारण क्षमता 600 J/Kg छ भन्नाले के वुुझिन्छ ?
उत्तर यसको मतलव 1kg B धातुुलाई 1 तापक्रममा ल्याउन 600J ताप चाहिन्छ भन्ने वुुझिन्छ ।
ग)वरावर पिण्ड भएको तीनै वटा धातुका गोलाहरुलाई समान तामक्रममा तताएर एउटा मैनको स्लेवमा राख्दा कुन धातुको गोला सवै भन्दा वढी गहिराई सम्म जान्छ किन ?
उत्तर A धातुको गोला सवै भन्दा वढी गहिराइ सम्म जान्छ किनकी Aधातुको गोलाको विशिष्ट तापधारण क्षमता सवै भन्दा वढी रहेको छ ।
२.)मोटर कारको इन्जिन चिस्याउन पानीको प्रयोग गरिन्छ ,किन ?
उत्तर पानीको विशिष्ट तापधारण क्षमता अन्य तरल पदार्थको तुुलनामा ज्यादै वढी भएकोले इन्जिनलाई धेरै समय सम्ममा चिसो राख्न मदत गर्छ ।त्यसैलले मोटरकारको इन्जिन चिस्याउन पानीको प्रयोग गरिन्छ ।
३.)हट वाटर ब्यागमा पानीको प्रयोग गरिन्छ ,किन?
उत्तर पानीको विशिष्ट तापधारण क्षमता अन्य तरल पदार्थको तुुलनामा ज्यादै वढी भएकोले हट वाटर व्यागलाई लामो समय सम्म तातो राख्न मदत गर्छ ।त्यसैले हटा वाटर व्यागमा पानीको गरिन्छ ।
४.)मरुभुमिमा दिउसो निकै गर्मी र राती निकै चिसो हुन्छ ,किन ?
उत्तर मरुभुमिमा वालुवा हुन्छ र वालुवाको विशिष्ट तापधारण क्षमता ज्यादै कम हुन्छ । जसले वालुवा दिनमा छिटो तातिन्छ र राती छिटो सेलाउछ । त्यसैले मरुभुमिमा दिउसो निकै गर्मी र राती निकै चिसौ हुन्छ ।
तापको समीकरण :कुन वस्तुले कति पाएको छ वा कति ताप छोडेको छ ।सो सम्वन्धी जानकारी दिने समीकरणलाई तापको समीकरण भनिन्छ ।
ताप लिएको वा छोडेको(Q)=.पिण्ड (m)x विशिष्ट तापधारण क्षमता (s)x तापक्रम वा तापक्रममा परिवर्तन (t or dt)
or Q = mx s x t or dt
Q= mx sx t प्रमाणित गर ।
ताप, पिण्ड र तापक्रम वीचको सम्वन्ध अनुसार
Q ∝ m ( i)
Q ∝ t (ii)
समीकरण ( i) र (ii) मिलाउदा
Q ∝ mxt
Q=s x m xt (जहां S विशिष्ट तापधारण क्षमता हो)
؞ Q=s x m xt प्रमाणित भयो ।
क्यालोरीमेट्री :कुनै पनि वस्तुले कति ताप लिएको वा छोडेको परिमाणको मापनलाई क्यालोरीमेट्री भनिन्छ ।
क्यालोरीमेट्रीको सिद्धान्त : तातो र चिसो वस्तुलाई मिस्याउदा तातो वस्तुले छोडेको ताप र चिसो वस्तु लिएको तापको परिमाण वरावर हुन्छ जसलाई क्यालोरीमेट्रीको सिद्धान्त भनिन्छ ।
वस्तुले गुमाएको ताप =वस्तुले लिएको ताप
थर्मल इक्वीलिव्रियमको सिद्धान्त :ताप जहिले पनि वढी तापक्रम भएको वस्तुवाट कम तापक्रम भएको वस्तुतिर प्रसारण भइरहन्छ जव सम्म ताप लिने र ताप छोडने वस्तुको तापक्रम वरावर हुदैन ।जसलाई थर्मल इक्वीलिव्रियमको सिद्धान्त भनिन्छ ।
m1s1(t1-t) =m2s2(t-t2)
जहां
m1.=पहिलो वस्तुको पिण्ड
s1 =.पहिलो वस्तुको विशिष्ट तापधारण क्षमता
t1= .पहिलो वस्तुको तापक्रम
m2 = . दोस्रो वस्तुको पिण्ड
s2 =. दोस्रो वस्तुको विशिष्ट तापधारण क्षमता
t2 =. दोस्रो वस्तुको तापक्रम
t =अन्तिम तापक्रप
१.)उच्च ज्वरो आउदा सफा कपडालाई पानीमा भिजाएर विरामीको निधारमा राखिन्छ किन ?
उत्तर उच्च ज्वरो आउदा सफा कपडालाई पानीमा भिजाएर विरामीको निधारमा राख्दा विरामीको निधारवाट अत्यधिक ताप भिजेको कपडाले सोस्छ ।किनकी ताप जहिले पनि वढीवाट कम तापक्रम तिर सार्छ ।
१.)25℃ तापक्रम भएको 150gm पिण्डको फलामको डल्लोको तापक्रम 150℃ पुर्याउन कति ताप शक्तिको आवश्यक पर्छ ।फलामको विशिष्ट तापधारण क्षमता 480J/kg0C
प्रश्नानुसार
पिण्ड (m)=150 gm =150/1000 =0.15kg
तापक्रममा परिवर्तन (dt) = 150-25 =125℃
विशिष्ट तापधारण शक्ति (s)=480j/kg0C
ताप (Q)= ?
सुत्रानुसार
Q= mxsxdt
Or Q= 0.15x125x480
Or Q = 9000 j/kg0C
२.) 900C तापक्रम रहेको द्दपन पिण्ड भएको फलामको डल्लोलाई 2kg तापक्रममा चिस्याउदा यसले 150C ताप छोडछ भने फलामको डल्लोको विशिष्ट तापधारण क्षमता कति हुन्छ ?
प्रश्नानुसार
पिण्ड (m)=2kg
तापक्रममा परिवर्तन (dt)=90-15 =750C
ताप (Q)=1000j
विशिष्ट तापधारण क्षमता (s)=?
सुत्रानुसार
Q=mxsxdt
Or 1000 =2xs x75
Or s =1000/2x75
Or s= 6.66j/Kg 0C
विशिष्ट तापधारण क्षमता (s)= 6.66 j/kg0C
३.)एउटा प्रेसर कुकरको पिण्ड 1.5kg र तापक्रम 300C छ । यदि प्रेसर कुकर बनेको मिश्रित धातुको विशिष्ट तापधारण शक्ति 1000j/Kg0C छ भने 7.5x104j ताप दिंदा उक्त प्रेसरको तापक्रम कति हुन्छ ।
यहां पिण्ड (m)=1.5kg
विशिष्टतापधारण क्षमता (s)=1000j/kg0C
शुरुको तापक्रम (t1)=300C
ताप (Q)=7.5x104j =75000j
अन्तिम तापक्रम (t2)= ?
वढेको तापक्रम (t) =?
सुत्रानुसार
Q= mxsxt
75000 =1.5x1000xt
Or t = 75000/1.5 x1000 =50
अन्तिम तापक्रम (t2)= t1+t
or =30+50 =800C
ताप (Heat) पाठका महत्त्वपूर्ण प्रश्नहरु
1) तापशक्ति भनेको के हो? तापशक्ति नाप्ने उपकरणको नाम र एकाइ लेख्नुहोस्।
2) वस्तुमा भएको तापको परिमाण कुन कुन कुराहरूमा निर्भर रहन्छ?
3) तापका कुनै 4 उपयोगिताहरु लेख्नुहोस्।
4) ठोस पदार्थलाई ताप दिइयो भने पग्लन्छ, किन?
5) दुवै हातका हत्केलाहरु आपसमा रगड्दा तातो महसुस हुन्छ, किन?
6) साइकलको ट्युबमा हावा भर्दा पम्प तात्छ, किन?
7) एक क्यालोरी भनेको के हो? एक क्यालोरी बराबर कति जुल हुन्छ?
8) तापक्रम भनेको के हो? तापक्रम नाप्ने उपकरणको नाम र एकाइ लेख्नुहोस्। 9) जाडो याममा कुवाको पानी न्यानो लाग्छ, किन?
10) गर्मी याममा माटाको घैटोमा राखेको पानी चिसो हुन्छ, किन?
11) बतास किन चल्छ? यसको दिसा दिउसो र रातिमा भिन्नभिन्न हुन्छ, किन?
12) तातोपानी र चिसोपानी मिसाएमा मिश्रणको तापक्रम फरक हुन्छ, किन? 13) ताप र तापक्रम बिच 4 फरक लेख्नुहोस्।
14) एक बाल्टी पानी र बलिरहेको सलाइको काँटी मध्ये कुनमा तापशक्ति र कुनमा तापक्रम धेरै हुन्छ? कारण दिएर लेख्नुहोस्।
15) थर्मोमिटर भनेको के हो? यो कुन सिद्धान्तमा आधारित भई बनाइन्छ? 16) थर्मोमिटरमा प्रयोग गरिने तरल पदार्थहरु पारो र अल्कोहलको विशेषताहरु लेख्नुहोस्।
17) पारो थर्मोमिटरबाट अत्यन्तै न्युन तापक्रम नाप्न सकिंदैन, किन?
18) अल्कोहल थर्मोमिटरबाट उम्लिरहेको पानीको तापक्रम नाप्न सकिंदैन, किन?
19) क्लिनिकल थर्मोमिटर भनेको के हो? यसको सफा चित्र बनाउनुहोस्।
20) क्लिनिकल थर्मोमिटरमा कति देखि कति सम्म स्केल कोरिएको हुन्छ? 21) क्लिनिकल थर्मोमिटरमा बल्बनिर साँघुरो घाँटी बनाइएको हुन्छ, किन? 22) क्लिनिकल थर्मोमिटरको आकार कस्तो हुन्छ?
23) क्लिनिकल थर्मोमिटरको 4 ओटा विशेषताहरु लेख्नुहोस।
24) प्रयोगशाला थर्मोमिटर (Laboratory Thermometer) भनेको के हो? यसको सफा चित्र बनाउनुहोस्।
25) प्रयोगशाला थर्मोमिटरमा कति देखि कति सम्म स्केल कोरिएको हुन्छ?
26) प्रयोगशाला थर्मोमिटरमा यसभित्रको नलिलाई रौं जस्तै मसिनो बनाइएको हुन्छ, किन? 27) प्रयोगशाला थर्मोमिटरमा नलीभित्र पारोदेखि माथिको भागमा शुन्य बनाइएको हुन्छ, किन?
28) प्रयोगशाला थर्मोमिटरमा बल्बलाई पातलो बनाइएको हुन्छ, किन? 29) प्रयोगशाला थर्मोमिटरको 4 ओटा विशेषताहरु लेख्नुहोस्।
30) अधिकतम र न्युनतम थर्मोमिटर भनेको के हो? यसको सफा चित्र बनाउनुहोस्।
31) अधिकतम र न्युनतम थर्मोमिटरमा कुनकुन तरल पदार्थहरुको प्रयोग गरिन्छ? ति तरल पदार्थहरुको कार्य के के हो?
32) अधिकतम र न्युनतम थर्मोमिटरको आकार कस्तो हुन्छ?
33) अधिकतम र न्युनतम थर्मोमिटरमा प्रयोग गरिने सुचकको कार्य के हो?
34) अधिकतम र न्युनतम थर्मोमिटरका 4 ओटा विशेषताहरु लेख्नुहोस्।
35) विशिष्ट ताप धारण क्षमता भनेको के हो? विशिष्ट ताप धारण क्षमताको शुत्र र एकाइ लेख्नुहोस्।
36) वस्तुको विशिष्ट ताप धारण क्षमता र यसको तापक्रम घट वा बढ हुने दरमा के सम्बन्ध हुन्छ?
37) मोटरकारको तातो इन्जिन चिस्याउन पानीको प्रयोग गरिन्छ, किन?
38) धेरै ज्वरो आएको मानिसको शरीरभरि पानीपट्टी लगाइन्छ, किन?
39) हट वाटर ब्यागमा भरी शरीर तताउन पानीकै प्रयोग गरिन्छ, किन?
40) मरुभूमिमा राती निकै चिसो र दिउसो निकै गर्मी हुन्छ, किन?
41) समुन्द्र वरिपरिको क्षेत्रमा प्रायः तापक्रम एकनास रहन्छ, किन?
42) पानीको विशिष्ट ताप धारण क्षमता 4200 J/kg°c हुन्छ भन्नुको अर्थ के हो?
43) पानीको विशिष्ट ताप धारण क्षमता 4 °C मा सवैभन्दा बढी हुन्छ, किन?
44) पानीको विशिष्ट ताप धारण क्षमता सवैभन्दा बढी हुनुको 4 फाईदाहरु लेख्नुहोस्।
45) निम्न वस्तुको विशिष्ट ताप धारण क्षमता कति कति हुन्छ?
45) निम्न वस्तुको विशिष्ट ताप धारण क्षमता कति कति हुन्छ? सिसा, पारो, चादी, पित्तल, तामा, स्टिल, फलाम, काँच, बालुवा, आल्मुनियम, पेट्रोल, बनस्पति तेल, बरफ, मट्टीतेल, अल्कोहल, पानी।
46) ताप समीकरण भनेको के हो?
47) प्रमाणित गर्नुहोस्: Q=msdt
) तातो चिया बिस्तारै सेलाएर चिसो हुन्छ, किन?
49) 5 Kg पानीको तापक्रम 17 °C देखि 25 °C पुर्याउन कति तापशक्ति आवश्यक पर्छ? (पानीको वि. ता. क्ष. 4200 JKg C छ।)
50) जाडो मौसम भएकोले पानीको तापक्रम 5 °C छ। नुहाउनको लागि 20 लिटर पानी 35 °C सम्म तताउनु पर्यो भने कति ताप चाहिन्छ? (पानीको वि. ता. क्ष. 4200 J/Kg °C छ।)
51) यदि 30 °C तापक्रम भएको 20 Kg पानीलाई 4200 KI तापशक्ति दिइयो भने उक्त पानीको तापक्रम कति पुग्छ?
52) यदि 2 Kg पिण्ड भएको तामाको डल्लोलाई 60 °C बाट 600 °C सम्म तताउन 433.2 KI ताप आवश्यक पर्दछ भने तामाको वि. ता. क्ष. कति छ?
53) 1.2 KW को हिटरले 1.8 Kg पिण्ड भएको वस्तुलाई 45 °C बाट 50 °C सम्म तताउन 1 मिनेट 20 सेकेन्ड लाग्छ भने सो वस्तुको वि. ता. क्ष. कति होला?
54) नुहाउनको लागि 8 C तापक्रमको 20 लिटर चिसो पानी र 90 °C तापक्रमको 10 लिटर तातो पानी मिसाउँदा मिश्रित पानीको तापक्रम कति हुन्छ? (पानीको वि. ता. क्ष. 4200 J/Kg °C छ।)
55) 250 gm को तातो फलामको डल्लोलाई 12 °C को 2 लिटर पानीमा डुबाउँदा पानीको तापक्रम बढेर 26 °C पुग्यो भने फलामको डल्लोको सुरुको तापक्रम कति होला?
56) तिन ओटा धातुहरु A, B र C को विशिष्ट ताप धारण क्षमता क्रमशः 234 JKg °C, 460 J/Kg C र 900 JKg °C छ ।
i) यदि तिनओटै धातुको पिण्ड र तापक्रम समान छ भने बराबर ताप दिदा कुन धातुको तापक्रम सबभन्दा बढी र कुन धातुको तापक्रम सबैभन्दा कम हुन्छ? किन?
ii)मानौ, यि तिनओटै धातुको समान पिण्ड लिएर छुट्टाछुट्टै तताइ प्रत्येकको तापक्रम 200 °C पुर्याइयो र मैनको स्ल्यावमा राखियो भने कुन धातुले सबै भन्दा बढी मैन पगाल्छ? किन?
एकाइ : ५ प्रकास
लेन्स :प्रकासको किरणलाई आवर्तन गरी वस्तुको आकृतिलाई वस्तु भन्दा सानो वा ठुलो पार्न सक्ने शीसाले वनेको पारदर्शक पदार्थलाई लेन्स भनिन्छ । यो २ प्रकारको हुन्छ :
२.)कन्केभ लेन्स : जुन लेन्सको वीचको भाग पातलो र छेउको मोटो हुन्छ ।त्यस लेन्सलाई कन्केभ लेन्स भनिन्छ । यसले प्रकासका किरणहरुलाई विकेन्द्रित गर्ने भएकोले यसलाई डाइभर्जिगं लेन्स भनिन्छ । यसको सामाथ्र्य ऋणात्मक हुन्छ । यसले वस्तु जहां भए पनि आकृति जहिले पनि अवास्तविक सुल्टो वनाउछ ।
लेन्सका भागहरु :
i)प्रमुख अक्ष :लेन्सको केन्द्रवाट गएको काल्पनिक रेखालाई प्रमुख अक्ष भनिन्छ ।यसलाई P संकेत गरिन्छ ।
ii)अप्टिकल सेन्टर :लेन्सको केन्द्रलाई अप्टिकल सेन्टर भनिन्छ ।यसलाई C ले संकेत गरिन्छ । लेन्समा कुनै पनि दुरी यसै विन्दुवाट नापिन्छ ।
iii)केन्द्रीकरण विन्दु वा फोकस :लेन्समा आवर्तन पछि किरणहरु जुन विन्दुमा कट्छन त्यस विन्दुलाई केन्द्रीकरण विन्दु वा फोकस भनिन्छ ।यसलाई F ले संकेत गरिन्छ ।
iii)केन्द्रीकरण दुरी :अप्टीकल सेन्टर र फोकस वीचको दुरीलाई केन्द्रीकरण दुरी भनिन्छ ।यसलाई f ले संकेत गरिन्छ ।
किरण रेखा चित्र खिच्दा ध्यान दिनुु पर्ने कुराहरु :
१.)प्रमुख अक्षको समानान्तरब जाने किरणहरु आवर्तन पछि फोकसवाट गएको हुनु पर्छ तर कन्केभ लेन्समा फोक्सवाट विकेन्द्रित भएको हुनु पर्छ.
२.)C वाट जाने किरण नवांगिकन सीधा गएको हुनु पर्छ ।
कन्भेक्स लेन्समा वस्तु र आकृतिको स्थिति:
Ø वस्तु 2F मा राख्दा =आकृति 2F मा वन्छ ।
Ø वस्तु 2F भन्दा पछाडि राख्दा = आकृति F र 2F को वीचमा वन्छ।
Ø वस्तु F र 2F को वीचमा राख्दा = आकृति 2F भन्दा पछाडि वन्छ।
Ø वस्तु F मा राख्दा =आकृति अनन्तमा(∝)वन्छ ।
Ø आकृति F र C को वीचमा राख्दा =. आकृति वस्तुतिर वस्तुमा पछाडि वन्छ ।
१.) वस्तु कन्भेक्स लेन्समा निम्न लिखित स्थानहरुमा राख्दा वन्ने आकृतिको रेखाचित्र र विशेषताहरु लेख ।
1)वस्तु 2F मा राख्दा
विशेषताहरु
Ø आकृति 2F मा वन्छ ।
Ø आकृति वस्तुु वरावर साइजको वन्छ ।
Ø वास्तविक र उल्टो वन्छ ।
2)वस्तु 2F भन्दा पछाडि राख्दा
विशेषताहरु
Ø आकृति F र 2F को वीचमा वन्छ ।
Ø वास्तविक र उल्टो वन्छ ।
Ø आकृति वस्तुु भन्दा सानो साइजको वन्छ ।
3)वस्तु F र 2F को वीचमा राख्दा
विशेषताहरु
Ø आकृति 2F भन्दा पछाडि वन्छ ।
Ø आकृति वस्तु भन्दा ठूलो साइजको वन्छ ।
Ø वास्तविक र उल्टो वन्छ ।
4)वस्तु F मा राख्दा
विशेषताहरु
Ø आकृति अनन्तमा(∝) वन्छ ।
Ø आकृति वस्तु भन्दा ठूलो वन्छ ।
Ø वास्तविक र उल्टो हुन्छ ।
5)वस्तु F र C को वीचमा राख्दा
विशेषताहरु
Ø आकृति वस्तुतिर वस्तु भन्दा पछाडि वन्छ ।
Ø वास्तविक र उल्टो हुन्छ ।
Ø आकृति वस्तु भन्दा ठूलो साइजको वन्छ ।
कन्केभ लेन्समा वस्तु र आकृतिको स्थिति
Ø वस्तु 2F मा राख्दा=
Ø वस्तु 2F भन्दा पछाडि राख्दा,वस्तु =
Ø F र 2F को वीचमा राख्दा =,
Ø वस्तु F मा राख्दा =
Ø वस्तु F र C को वीचमा राख्दा =
i)आकृति वस्तुतिर F र C को वीचमा वन्छ ।
ii) अवास्तविक र ;'ल्टो वन्छ ।
iii)आकृति वस्तु भन्दा सानो साइजको वन्छ ।
१.)वस्तु कन्केभ लेन्समा निम्न लिखित स्थानहरु मा राख्दा वन्ने आकृतिको रेखा चित्र र विशेषताहरु लेख ।
1)वस्तु 2F मा राख्दा
विशेषताहरु
आकृति वस्तुतिर F र C को वीचमा वन्छ ।
Ø अवास्तविक र ;'ल्टो वन्छ ।
Ø आकृति वस्तु भन्दा सानो साइजको वन्छ ।
कन्भेक्स लेन्सको उपयोगिता
Ø यसलाई क्याम्रा,माइक्रोस्कोप,टेलिस्कोपमा प्रयोग गरिन्छ ।
Ø यसलाई आंखाको दुरदृष्टिको कमजोरी सुधार्न प्रयोग गरिन्छ ।
Ø यसले प्रकासका किरणहरु केन्द्रित गर्ने भएकोले यसलाई आगो वाल्न प्रयोग गरिन्छ ।
कन्केभ लेन्सको प्रयोग
Ø यसलाई अदूर दृष्टिकको कमजोरी सुधार्न प्रयोग गरिन्छ ।
लेन्सको सामथ्र्य :लेन्सले प्रकासका किरणहरु केन्द्रित वा विकेन्द्रित वा विकेन्द्रित गर्ने क्षमतालाई लेन्सको सामथ्र्य भनिन्छ ।
लेन्सको सामथ्र्य (P)= .1/ केन्द्रीकरण दुरी (मीटरमा)
F = 1/ f (मीटरमा)
विस्तृति :आकृतिको दुरी र वस्तुको दुरी वीचको अनुपातदलाई विस्तृति भनिन्छ ।यसको एकाइ हुदैन ।
विस्तृती वा म्याग्निफिकेसन (M) =आकृतिको दुरी (V) वस्तुको दुरी (u)
वा आकृतिको साइज (I ) /वस्तुको साइज (O)
वस्तुको दुरी(u),आकृति दुरी(v),र केन्द्रीकरण दुरी(f) वीच सम्वन्ध :
1/f =1/u + 1/v
१.)एउटा कन्भेक्स लेन्सको केन्द्रीकरण दुरी 4cm छ ,लेन्सवाट 6 cm दुरीमा एउटा वस्तु राखिएको छ ।भने
i)लेन्सवाट आकृति दुरीमा वन्छ ।
ii)लेन्सको सामथ्र्य कति हुन्छ ।
iii)विस्तृति कति हुन्छ ।
iv)वन्ने आकृतिको रेखाचित्र र विशेषता लेख ।
यहां
लेन्सको केन्द्रीकरण दुरी (f) =4 cm
वस्तुको दुरी (u) =6 cm
सुत्रानुसार
1/f =1/u+1/v
Or 1/4 =1/6+1/v
Or 1/4-1/6 =1/v
Or 3-2/12 = 1/ v
Or 1 /12 = 1/ v
आकृतिको दुरी (v) =12 cm
सुत्रानुसार
P= . 1/f (मीटरमा)
= 1/4/100
Or 100/4 =25 cm
लेन्सको सामथ्र्य(P) = 25cm
सुत्रानुसार
विस्तृती (M) )= v/u
= 12/6 =2
विस्तृति (M)=2
विशेषताहरु
Ø आकृति 12cm दुरीमा वन्छ ।
Ø वास्तविक र उल्टो वन्छ ।
Ø आकृति वस्तु भन्दा ठूलो साइजको वन्छ ।
२.)१.)एउटा कन्भेक्स लेन्सको केन्द्रीकरण दुरी 2 cm छ ,लेन्सवाट 6 cm दुरीमा एउटा वस्तु राखिएको छ ।भने
i)लेन्सवाट आकृति दुरीमा वन्छ ।
ii)लेन्सको सामथ्र्य कति हुन्छ ।
iii)विस्तृति कति हुन्छ ।
iv)वन्ने आकृतिको रेखाचित्र र विशेषता लेख ।
३.)१.)एउटा कन्भेक्स लेन्सको केन्द्रीकरण दुरी 2 cm छ ,लेन्सवाट 4 cm दुरीमा एउटा वस्तु राखिएको छ ।भने
i)लेन्सवाट आकृति दुरीमा वन्छ ।
ii)लेन्सको सामथ्र्य कति हुन्छ ।
iii)विस्तृति कति हुन्छ ।
iv)वन्ने आकृतिको रेखाचित्र र विशेषता लेख ।
अप्टीकल उपकरण :लेन्स प्रयोग गरेर वनाइएको उपकरणलाई अप्टीकल उपकरण भनिन्छ ।जस्तो : आंखा, क्याम्रा, माइक्रोस्कोप ,टेलिस्कोप इत्यादि ।
आंखाको वनोट :आंखामा निम्न लिखित भागहरु हुन्छन :
Ø स्क्लेरा:आंखाको सवै भन्दा वाहिरी पत्रलाइ स्क्लेरा भनिन्छ । यो सेतो रंगको हुन्छ ।यसले आंखालाई सुरक्षा प्रदान गर्छ ।
Ø कोर्वाइड :आंखाको वीचको पत्रलाई कोर्वाइड भनिन्छ ।यसमा रक्तनलीहरु प्नि हुन्छन । यसले आंखामा रक्त प्रवाह गर्न र सुरक्षा प्रदान गर्न मदत गर्छ ।
Ø रेटिना :आंखाको सवै भन्दा भित्री पत्रलाई रेटिना भनिन्छ ।यसले आंखामा पर्दाको काम गर्छ ।यसमा कुनै पनि वस्तुको आकति वन्छ ।
Ø दृष्टि नसा :रेटिनामा वनेको आकृतिको सन्देस दिमाग सम्म पुर्याउने नसालाई दृष्टि नसा भनिन्छ ।
Ø आइरिस :आंखामा देखिने कालो गालो रंगको भागलाई आइरिस भनिन्छ ।यसको वीचमा एउटा प्वाल हुन्छ । जसलाई नानी भनिन्छ ।यसले नानीको आकार आवश्यकता अनुसार सानो ठूलो वनाउछ ।जसवाट आवश्यकता अनुसार प्रकासको किरण आंखा भित्र पस्ने गर्छ ।
Ø सिलियरी मसल :आंखाको लेन्सलाई आवश्यकता अनुसार पतालो र वाक्लो वनाउने वा केन्द्रिकरण दुरीलाई छोटो लामो वनाउने मसललाई सिलियरी मसल भनिन्छ ।
Ø कोर्निया: आंखाको सवै भन्दा वाहिर रहेको पारदर्शक झिल्लीलाई कोर्निया भनिन्छ । यसले आंखालाई सुरक्षा प्रदान गर्छ ।
Ø आंखाको नजीकको विन्दु: आंखाले जति नजिक सम्मको वस्तुलाई स्पष्ट रुपमा हेर्न सक्छ । आंखा देखि त्यहां सम्मको दुरीलाई आंखाको नजीकको विन्दु भनिन्छ । एउटा स्वस्थ्य मानिसको स्वस्थ्य आंखाको नजीकको विन्दु २५ से.मी. जति हुन्छ ।
Ø आंखाको टाढाको विन्दु: आंखाले जति नजिक सम्मको वस्तुलाई स्पष्ट हेर्न सक्छ । आंखा देखि त्यहां सम्मको दुरीलाई आंखाको टाढाको विन्दु भनिन्छ । आंखाको टाढाको विन्दु अनन्त(∝ )सम्म मानिन्छ ।
आंखाको हेर्ने दृष्टिमा कमजोरी :आंखामा भएको लेन्सले यदि वस्तुको दुरी अनुसार आºनो आकार वदल्न सक्दैन ,भने आखाले वस्तुलाई स्पष्ट हेर्न सक्दैन ।आंखामा हुने यसै प्रकारको कमजोरीलाई आंखाको हेर्ने दृष्टिमा कमजोरी भनिन्छ । यो २ प्रकारको हुन्छन :
१.)दुर दृष्टिको कमजोरी :यदि मानिसले टाढा वस्तु हेर्न सक्छ तर नजिकको वस्तु हर्न सक्दैन ,भने आखामा हुने त्यस्तो कमजोरीलाई आखाको दुर दृष्टिको कमजोरी भनिन्छ ।
यसका कारणहरु :
Ø आंखाको लेन्स पातलो हुने भएकोले
Ø केन्द्रीकरण दुरी लामो हुने भएकोले
Ø नजीकको वस्तुको आकृति रेटिना भन्दा पछाडि वन्ने भएकोले
सुधार्ने उपाय : दुर दृष्टिको कमजोरी भएको मानिसलाई कन्भेक्स लेन्स भएको चश्मा लगाउन दिनु पर्छ किनकी कन्भेक्स लेन्सले प्रकासका किरणहरुलाई केन्द्रित गरेर वस्तुको आकृति रेटिनामा वनाउन मदत गर्छ ।
२.) अदुर दृष्टिको कमजोरी :यदि मानिसले नजीकको वस्तु हेर्न सक्छ तर टाढाको वस्तु हर्न सक्दैन ,भने आखामा हुने त्यस्तो कमजोरीलाई आखाको अदुर दृष्टिको कमजोरी भनिन्छ ।
यसका कारणहरु :
Ø आंखाको लेन्स वाक्लो हुने भएकोले
Ø केन्द्रीकरण दुरी छोटो हुने भएकोले
Ø टाढाको वस्तुको आकृति रेटिना भन्दा अगाडि वन्ने भएकोले
सुधार्ने उपाय : अदुर दृष्टिको कमजोरी भएको मानिसलाई कन्केभ लेन्स भएको चश्मा लगाउन दिनु पर्छ किनकी कन्केभ लेन्सले प्रकासका किरणहरुलाई विकेन्द्रित गरेर वस्तुको आकृति रेटिनामा वनाउन मदत गर्छ ।
प्रकाश (Light) पाठका महत्त्वपूर्ण प्रश्नहरु
1) रातमा वस्तु नदेखिने तर दिनमा वस्तु देखिने कारण के होला?
2) हामी वस्तु कसरी देख्छौं?
3) अप्टिकल उपकरण भनेको के हो? यसको महत्त्व र कुनै दुई उदाहरणहरु लेख्नुहोस।
4) मानव आँखामा कुन लेन्स हुन्छ?
5) लेन्स भनेको के हो? उपयोग हुने आधारमा लेन्स कति प्रकारका हुन्छन्? ति के के हुन?
6) कन्भेक्स लेन्स कस्तो हुन्छ? चित्रद्वारा देखाउनुहोस।
7) कन्भेक्स लेन्सलाई कन्भर्जिङ्ग लेन्स भनिन्छ, किन?
8) कन्भेक्स लेन्सले घामलाई एक टुक्रा कागजमा केन्द्रित गर्दा कागज बल्छ, किन?
9) कन्केभ लेन्स कस्तो हुन्छ? चित्रद्वारा देखाउनुहोस।
10) कन्केभ लेन्सलाई डाइभर्जिङ्ग लेन्स भनिन्छ, किन?
11) बक्रताको केन्द्र भनेको के हो? कन्भेक्स र कन्केभ दुवै प्रकारका लेन्सहरुको चित्र बनाएर बक्रताको केन्द्र देखाउनुहोस।
12) प्रमुख अक्ष भनेको के हो?
13) अप्टिकल केन्द्र भनेको के हो? यसलाई के ले जनाइन्छ?
14) कन्भेक्स लेन्सको केन्द्रीकरण बिन्दु (F) भनेको के हो? चित्रद्वारा देखाउनुहोस।
15) कन्केभ लेन्सको केन्द्रीकरण बिन्दु (F) भनेको के हो? चित्रद्वारा देखाउनुहोस।
16) केन्द्रीकरण दुरी (f) भनेको के हो?
17) लेन्सले प्रकाश आवर्तन गर्छ, किन?
18) लेन्सबाट हुने प्रकाश आवर्तनका नियमहरु लेख्नुहोस।
19) निम्न अवस्थामा कन्भेक्स लेन्सले बनाउने आकृतिलाई किरण रेखाचित्रद्वारा देखाउनुहोस र आकृतिको चार ओटा विशेषताहरु लेख्नुहोस।
(क) वस्तुलाई अनन्तमा राख्दा।
(ख) वस्तुलाई 2F भन्दा पर राख्दा।
(ग) वस्तुलाई 2F मा राख्दा।
(घ) वस्तुलाई Fर 2F को बिचमा राख्दा।
(ङ) वस्तुलाई Fमा राख्दा।
(च) वस्तुलाई F रC को बिचमा राख्दा।
20) निम्न अवस्थामा कन्केभ लेन्सले बनाउने आकृतिलाई किरण रेखाचित्रद्वारा देखाउनुहोस र आकृतिको चार ओटा विशेषताहरु लेख्नुहोस।
(क) वस्तुलाई अनन्तमा राख्दा।
(ख) वस्तुलाई अप्टिकल केन्द्र र अनन्त बिचमा राख्दा।
21) लेन्सको सामर्थ्य भनेको के हो? यसको शुत्र र एकाइ लेख्नुहोस।
22) लेन्सको सामर्थ्य र यसको केन्द्रीकरण दुरी बिच कस्तो सम्बन्ध हुन्छ?
23) सामर्थ्य +10D भएको एउटा हाते लेन्सको सहायताले पुस्तकको अक्षर पढ्नु पर्यो भने पुस्तक देखि लेन्स कति टाढा राख्नुपर्छ?
24) कन्भेक्स र कन्केभ लेन्स बिच दुई फरक लेख्नुहोस । यि लेन्सका दुई दुई उपयोगिताहरु लेख्नुहोस।
25) विस्तृतिकरण भनेको के हो? विस्तृतिकरण नाप्ने तरिका व्याख्या गर्नुहोस्।
26) विस्तृतिकरणको शुत्र लेख्नुहोस। यसको कुनै एकाइ हुँदैन, किन?
27) मानव आँखाको सफा चित्र बनाउनुहोस।
28) आँखाका मुख्य तिन तहहरु स्क्लेरा, कोरोइड र रेटिनाको महत्त्व लेख्नुहोस।
29) आँखाका निम्न भागहरुको एक एक कार्य लेख्नुहोस।
कन्जटिभा, कर्निया, आइरिस, नानी, लेन्स, सिलियरी मांसपेशी, अप्टिक नर्भ, एक्वायस युमर, भिट्रीयस हयुमर।
30) आँखाको समायोजन भनेको के हो?
31) आँखाको सामान्य रेन्ज भनेको के हो?
32) टाढाको बिन्दु भनेको के हो? सामान्य अवस्थामा रहेको आँखाको लागि यो कहाँ हुन्छ?
33) नजिकको बिन्दु भनेको के हो? सामान्य अवस्थामा रहेको आँखाको लागि यो कहाँ हुन्छ?
34) आँखाको हेर्ने शक्तिमा कमजोरी भनेको के हो? आँखाको हेर्ने शक्तिमा कति प्रकारको कमजोरी हुन्छ? ति के के हुन?
35) अदुर दृष्टि भनेको के हो? यो कमजोरीको कारण के हो? यो कमजोरी भएको आँखाको चित्र कोर्नुहोस। यो कमजोरी सुधार गर्ने उपाय के के होला ? यस प्रकारको कमजोरी हटाइएको आँखाको चित्र बनाउनुहोस।
36) अदुर दृष्टिको कमजोरी हटाउन कन्केभ लेन्स (Concave Lens) नै प्रयोग गर्नुपर्छ, किन?
37) अदुर दृष्टिको कमजोरी कन्भेक्स लेन्स (Convex Lens) को सहायताले हटाउन सकिदैन, किन?
38) दुर दृष्टि भनेको के हो? यो कमजोरीको कारण के हो? यो कमजोरी भएको आँखाको चित्र कोर्नुहोस। यो कमजोरी सुधार गर्ने उपाय के के होला? यस प्रकारको कमजोरी हटाइएको आँखाको चित्र बनाउनुहोस।
39) दुर दृष्टिको कमजोरी हटाउन कन्भेक्स लेन्स (Convex Lens) नै प्रयोग गर्नुपर्छ, किन?
40) दुर दृष्टिको कमजोरी कन्केभ लेन्स (Concave Lens) को सहायताले हटाउन सकिदैन, किन?
41) निम्न अवस्थाहरुमा आँखामा हुने कमजोरीको प्रकार लेख्नुहोस। यि कमजोरीहरुका कारण लेख्नुहोस। यि कमजोरीहरु भएका आँखाका चित्र कोर्नुहोस। यि कमजोरीहरु सुधार गर्ने उपाय लेख्नुहोस। यि कमजोरीहरु हटाइएका आँखाका चित्र बनाउनुहोस।
(क) एक व्याक्ति जसले पत्रिका आँखाबाट धेरै नजिक राखेर मात्र पढ्न सक्छ।
(ख) कक्षाको अन्तिम बेन्चमा बसेको विद्यार्थी जसले आफ्नो अगाडि रहेको पाठ्यपुस्तकको अक्षर देख्न सक्छ तर कालोपाटिमा लेखेको अक्षर देख्न सक्दैन।
(ग) एक व्याक्ति जसले पत्रिका आँखाबाट टाढा राखेर मात्र पढ्न सक्छ।
(घ) एक विद्यार्थी जसले आफ्नो अगाडि रहेको पाठ्यपुस्तकको अक्षर देख्न सक्दैन तर कालोपाटिमा लेखेको अक्षर देख्न सक्छ।
42) निहारिकाले लगाएको चस्मामा -2D लेखिएको छ। उनको चस्मामा कुन प्रकारको लेन्स प्रयोग भएको छ? आँखामा भएको कुन प्रकारको कमजोरी हटाउन उनले यो चस्मा लगाएकी हुन? उक्त कमजोरीको कारण के हो? चस्मा नलगाएको र लगाएको दुवै अवस्थामा उनको आँखामा बन्ने आकृतिलाई किरण रेखाचित्रद्वारा देखाउनुहोस।
43) अभिमतले लगाएको चस्मामा +2D लेखिएको छ। उनको चस्मामा कुन प्रकारको लेन्स प्रयोग भएको छ? आँखामा भएको कुन प्रकारको कमजोरी हटाउन उनले यो चस्मा लगाएका हुन? उक्त कमजोरीको कारण के हो? चस्मा नलगाएको र लगाएको दुवै अवस्थामा उनको आँखामा बन्ने आकृतिलाई किरण रेखाचित्रद्वारा देखाउनुहोस।
एकाइ – ६ धारा विद्युत र चुम्बकत्व
धारा विद्युत :कुनै पनि सुचालक तारवाट हुने इलैक्ट्रोनको प्रवाहलाई धारा विद्युत भनिन्छ ।यसको एस.आइ. एकाइ एम्पीयर हो ।
विद्युत परिपथ : सेल ,स्वीच ,वल्व(लोड) लाई सुचालक तारले जोडदा वन्ने सुचालक वाटोलाई विद्युत परिपथ भनिन्छ । यो २ प्रकारको हुन्छ :
१.) खुला विद्युत परिपथ :यदि विद्युत परिपथमा इलैक्ट्रोनको प्रवाह भइरहेको हुन्छ वा लोडले काम गरिरहेका हुन्छन भने त्यसलाई खुला विद्युत भनिन्छ ।
२.)वन्द विद्युत परिपथ :यदि विद्युत परिपथमा इलैक्ट्रोनको प्रवाह भएको हुदैन वा लोडले काम गरेको हुदैन भने त्यसलाई वन्द विद्युत परिपथ भनिन्छ ।
अल्तरनेटिगं करेन्ट र डाइरेक्ट करेन्ट वीच भिन्नता :
अल्तरनेटिगं करेन्ट(A.C.) | डाइरेक्ट करेन्ट(D.C.) |
१.विद्युत धाराको परिमाण र विद्युत प्रवाहको दिशा परिवर्तन निरन्तर परिवर्तन भइरहने विद्युतलाई अल्टरनेटिगं करेन्ट भनिन्छ । २.यो डाइनामो वा जेनेरेटर वाट उत्पादन हुन्छ । | १.विद्युत धाराको परिमाण र विद्युत प्रवाहको दिशा दुवै परिवर्तन नहुने विद्युतलाई डाइरेक्ट करेन्ट भनिन्छ । २.यो सेल वा व्याट्रीवाट उत्पादन हुन्छ । |
धारा विद्युतको असर :विद्युत शक्तिलाई विभिन्न प्रकारको शक्तिमा रुपान्तर गर्नुलाई धारा विद्युतको असर भनिन्छ । धारा विद्युतको प्रमुख ४ वटा असरहरु निम्न अनुसार रहेका छन :
१.ताप सम्वन्धी असर २. प्रकास सम्वन्धी असर ३.चुम्वकीय असर ४. रासायनिक असर
१.ताप सम्वन्धी असर :विद्युत शक्तिलाई ताप शक्तिमा रुपान्तर गर्दा यदि ताप प्राप्त हुन्छ ,भने त्यसलाई ताप सम्वन्धी असर भनिन्छ ।जस्तो :हिटर वाल्दा ताप सम्वन्धी असर उत्पन्न हुन्छ ।
हिटिगं इलिमेन्ट :विद्युत शक्तिलाई ताप शक्तिमा रुपान्तर गर्ने तारको क्वाइललाई हिटिगं इलिमेन्ट भनिन्छ । जस्तो : नाइक्रोमको तार ,टङस्टेनको तार
नाइक्रोमको तार :क्रोमियम र निकेलको मिश्रणवाट वनेको तारलाई नाइक्रोम तार भनिन्छ ।यसलाई हिटरमा हिटिगं इलिमेन्टको रुपमा प्रयोग गरिन्छ ।
नाइक्रोमका विशेषताहरु:
१)यसमा अवरोध शक्ति ज्यादै वढी हुन्छ ।जसले यो तुरुन्त रातो हुने गरी तात्न्छि र ताप दिन्छ ।
२)यसले उच्च तापक्रममा पनि हावामा भएको अक्सिजनसंग र पानीसंग प्रतिकिया गर्दैन जसले वढी टिकाउ हुन्छ ।
१)हिटरमा हिटिगं इलिमेन्टको रुपमा नाइक्रोमको तार प्रयोग गरिन्छ किन ?
२)हिटरमा नाइक्रोमको तारको संगै जोडिएको तामाको तातिदैन तर नाइक्रोमको तार तातिन्छ किन ?
टगंस्टेनको तार :यो एउटा तत्व हो ।यसको संकेत W हुन्छ ।यसलाई वल्वमा फिलामेन्टको रुपमा प्रयोग गरिन्छ ।
टगंस्टेनको तारको विशेषताहरु
१)यसमा अवरोध शक्ति ज्यादै वढी हुन्छ ।जसले यो तुरुन्त तातिन्छ ।
२)यो तातिदा सेतो हुने गरी तातिन्छ जसले प्रकास दिन्छ ।
२)प्रकास सम्वन्धी असर : विद्युत शक्तिलाई प्रकास शक्तिमा रुपान्तर गर्दा यदि उज्यालो प्राप्त हुन्छ भने त्यसलाई प्रकास सम्वन्धी असर भनिन्छ । जस्तो वल्व वाल्दा प्रकास उत्पन्न हुन्छ ।
वत्ती :विद्युत शक्तिलाई प्रकास शक्तिमा परिणत गर्ने उपकरणलाई वत्ती भनिन्छ ।यो दुई प्रकारको हुन्छ :
१)फिलामेन्ट वत्ती
२)ºलोरेसेन्ट वत्ती
सोलेन्वाइड : कमानीको स्प्रिङजस्तो आकारमा रहेको तारको क्वाइललाई सोलेन्वाइड (Solenoid) भनिन्छ ।
विद्युत् चुम्बकको शक्ति बढाउने उपाय :
1. इनामेल कोटेड तारको बेराइको सङ्ख्या बढाउनुपर्छ ।
2. जतिसक्यो नरम फलामको किला प्रयोग गर्नुपर्छ ।
3. तारबाट बहने विद्युत्को मात्रा ९शक्ति० बढाउनुपर्छ।
विद्यत चुम्बकका उपयोगहरू
1.आजको युगमा विद्युत् चुम्बकको उपयोग गरी माइक्रोफोन, लाउडस्पिकर, रेडियो, टेलिभिजन सञ्ज
2. विद्युत् चुम्बकको उपयोग गरी विद्युत् उत्पादन गर्न सकिन्छ ।
केही विद्युत चुम्वकीय उपकरण र तिनको प्रयोग :
१)विद्युत घंन्टी: विद्युत चुम्वकको प्रयोग गरेर वनाइएको घन्टीलाई विद्युत घन्टी भनिन्छ ।
उपयोगिता :१) यसलाई घर, अफिस,कलकारखाना इत्यादिमा विभिन्न प्रकारका सुचनाहरु प्रदान प्रदान गर्न प्रयोग गरिन्छ ।
विद्युत्चुम्बकीय उपपादन : कुनै सुचालक तारले चुम्बकीय बलरेखालाई काट्दा उक्त तारमा विद्युत् उपपादन हुन्छ । यसैलाई नै विद्युत्(चुम्बकीय उपपादन भनिन्छ ।
उत्प्रेरित करेन्ट स्सुचालक तारले चुम्बकीय बलरेखालाई काट्दा चुम्बकीय फ्लक्सको परिवर्तन भई विद्युत् उपपादन हुन्छ । यस प्रकारको विद्युत्लाई उत्प्रेरित करेन्ट भनिन्छ ।
जेनेरेटर वा डाइनामो यान्त्रिक शक्तिलाई विद्युत्शक्तिमा रूपान्तर गर्ने उपकरणलाई जेनेरेटर वा डाइनामो भनिन्छ । जेनेरेटर , दुवैले फाराडेको विद्युत्चुम्बकीय उपपादनको सिद्धान्तको आधारमा कार्य गर्दछन् । डाइनामोको तुलनामा धेरै मात्रामा विद्युत् उत्पादन गर्दछ ।
।
जेनेरेटर वा डाइनामोबाट उत्पादन हुने विद्युत्को मात्रा बढाउने उपायहरू :
1. क्वाइलमा तारको फन्काको सङ्ख्या बढाएर ।
2.चुम्बकीय क्षेत्रको शक्ति बढाएर ।
3. जेनेरेटर वा डाइनामोको घुम्ने गति बढाएर ।
4.क्वाइल र चुम्बकबीचको distance घटाएर ।
मोटर असर कुनै चुम्बकीय क्षेत्रमा स्वतन्त्ररूपले चल्न सक्ने गरी राखिएको तारमा विद्युत् प्रवाह गर्दा उक्त तारमा चाल उत्पन्न हुन्छ । यस क्रियालाई मोटर असर भनिन्छ । यसै सिद्धान्तको आधारमा विद्युत मोटर वा विद्युत पंखाले काम गर्दछ ।
विद्युत मोटर :विद्युत शक्तिलाई गति शक्तिमा परिणत गर्ने उपकरणलाई विद्युत मोटर भनिन्छ । यो मोटर असर सिद्धान्तको आधारमा वनाइएको हुन्छ
विद्युत मोटरको उपयोगिता : १. यसलाई पानी तान्न ,कालकारखानाहरु चलाउन प्रयोग गरिन्छ ।
विद्युत उपकरण र तिनको प्रयोग :
१)इन्भर्टर: अल्टरनेटिगं करेन्टलाई डाइरेक्ट करेन्ट र डाइरेक्ट करेन्ट लाई अल्टरनेटिगं करेन्टमा परिणत गर्ने उपकरणलाई इन्भरटर भनिन्छ ।
उपयोगिता :यसले विद्युत नभएको वेला विद्युतीय उपकरणहरु चलाउन प्रयोग गरीन्छ ।
२.)चार्जर :अल्टरनेटिगं करेन्टलाई डाइरेक्ट करेन्टमा परिणत गरेर व्याट्रीमा संचित गर्ने उपकरणलाई चार्जर भनिन्छ ।
उपयोगिता : यसलाई मोवाइल ,क्याम्रा रेडियो आदिको व्याट्र्र्री चार्ज गर्न प्रयोग गरिन्छ ।
३.) ट्रान्सफर्मर अल्टरनेटिङ करेन्टको मान लाई बढाउन वा घटाउन प्रयोग गरिने उपकरणलाई ट्रान्सफर्मर भनिन्छ ।
ट्रान्सफर्मरको उपयोग : पावर स्टेसन, सब(स्टेसन, रेडियो, टेलिभिजन, उद्योग(कारखाना, ट्रलीबस आदि विभिन्न विद्युतीय उपकरणहरूमा ट्रान्सफर्मरको उपयोग गरिन्छ ।
प्राइमरी क्वाइल र सेकेन्डरी क्वाइल :जुन क्वाइलमा विद्युत् आपूर्ति गरिन्छ, त्यसलाई प्राइमरी क्वाइल भनिन्छ । जुन क्वाइलबाट विद्युत् बाहिर निकालिन्छ, त्यसलाई सेकेन्डरी क्वाइल भनिन्छ ।
इन्पुट करेन्ट र आउटपुट करेन्ट: ट्रान्सफर्मरभित्र जाने विद्युत्लाई इन्पुट करेन्ट (input current) अगचचभलत० र ट्रान्सफर्मरबाट बाहिर निस्कन विद्युत्लाई आउटपुट करेन्ट (out put current)भनिन्छ ।
प्राइमरी भोल्टेज र सेकेन्डरी भोल्टेज :इनपुट करेन्टको विद्युत् चापलाई प्राइमरी भोल्टेज र आउटपुट करेन्टको विद्युत् चापलाई सेकेन्डरी भोल्टेज भनिन्छ ।
ट्रान्सफर्मरका प्रकार स् यो २ प्रकारको हुन्छ :
1.स्टेप अप ट्रान्सफर्मर प्राइमरी भोल्टेजभन्दा सेकेन्डरी भोल्टेज बढी हुने गरी बनाइएको ट्रान्सफर्मरलाई स्टेप अप ट्रान्सफर्मर भनिन्छ । स्टेप(अप ट्रान्सफर्मरमा प्राइमरी स्वाइलमा भन्दा सेकेन्डरी क्वाइलमा तारको फन्काको सङ्ख्या बढी हुन्छ । स्टेप(अप ट्रान्सफर्मरलाई पावर हाउसमा प्रयोग गरिन्छ ।
2)स्टेप(डाउन ट्रान्सफर्मरः प्राइमरी भोल्टेजभन्दा सेकेन्डरी भोल्टेज कम हुने गरी बनाइएको ट्रान्सफर्मरलाई स्टेप(डाउन ट्रान्सफर्मर भनिन्छ ।स्टेप(डाउन ट्रान्सफर्मरमा प्राइमरी क्वाइलमा भन्दा सेकेन्डरी क्वाइलमा तारको फन्काको सङ्ख्या कम हुन्छ । स्टेप(डाउन ट्रान्सफर्मर रेडियो, टेलिभिजन आदि । विद्युतीय उपकरणमा प्रयोग गरिन्छ ।
प्र.१)ट्रान्सफारमा प्राइमरी र सेकेन्डरी क्वाइलमा फन्काको संख्या वरावर राखिदैन किन?ंउत्तर:.ट्रान्सफारमा सेकेन्डरीको क्वाइलमा फन्काको संख्या प्राइमरी भन्दा कम वा वढी गरेमा यसवाट भोल्टेज वढाउन वा घटाउन सक्न्छि ।त्यसैले ट्रान्सफारमा प्राइमरी र सेकेन्डरी क्वाइलमा फन्काको संख्या वरावर राखिदैन ।
विद्युत सामथ्र्य : कुनै पनि विद्युय उपकरणवाट प्रतिसेकन्डमा हुने कार्यलाई विद्युत सामथ्र्य भनिन्छ ।यसलाई वाट ९धबतत० वा जुलप्रति सेकेन्ड एकाइमा नापिन्छ ।
विद्युत सामथ्र्य(P) =करेन्ट(I) x भोल्टेज(v)
प्र.१) कुनै एउटा वल्वमा ६० watt लेखिएको यसको अर्थ के हो ?
ंउत्तर:यसको मतलव त्यस वल्वले 1Second मा ६० joule विद्युतलाई प्रकास शक्ति र ताप शक्तिमा परिणत गर्छ भन्ने वुिझन्छ ।
विद्युत खपत : प्रति घण्टामा कुनै पनि विद्युतीय उपकरणवाट खर्च हुने विद्युत शक्तिको मात्रालाई विद्युत खपत भनिन्छ । यसलाई Kwhr (Unit) एकाइमा नापिन्छ ।
विद्युत खपत =सामथ्र्य(Kw) x संख्या (N) x समय (hr)
विद्युत खपत =P(Kw) x N x t (hr)
एक युनिट विद्युत खपत : 1 Kw सामथ्र्य भएको विद्युतीय उपकरणलाई 1 घण्टा प्रयोग गर्दा हुने विद्युत खपतलाई एक युनिट विद्युत खपत भनिन्छ ।
हिसावहरु
१)220v भोल्ट प्राइमरी भोल्टेज भएको एक ट्रान्सफारमर मा 500 प्राइमरी फन्काहरु छन भने 110v सेकेन्डरी भोल्टेज निकाल्न सेकेन्डरी फन्का संख्या कति पर्छ ।
Given
प्राइमरी फन्का (n1) =500 वटा
प्राइमरी भोल्टेज (v1) =220 volt
सेकेन्डरी भोल्टेज (v2)=110 volt
सेकेन्डरी फन्का (n2) = ?
By formula
n2/n1 =v2/v1
n2 =v2 x n1/v1
or n2 =110 x500 /220
सेकेन्डरी फन्का (n2)=220फन्का
२)सेकेन्डरी क्वाइलको भन्दा प्राइमरी क्वाइलको संख्या दोब्वर भएको एउटा ट्रान्सफारमरमा 220 vप्राप्त गर्न कति प्राइमरी भोल्टेज आवश्यक पर्ला ?
Given,
सेकेन्डरी क्वाइल (n2)=x मानौ
प्राइमरी क्वाइल (n1)= 2x
सेकेन्डरी भोल्टेज (v2)= 220 v
प्राइमरी भोल्टेज (v1) =?
by formula
n2/n1 =v2/v1
v1 =v2 x n1 /n2
or n2 =220 X 2x /x
प्राइमरी भोल्टेज (v1)=440 volt.
३.)एउटा घरमा 40 watt को 12 वटा टयुव लाइट दिनको 4 घण्टा वल्छन, द्धण् 40 watt को 3 वटा टेलिभिजन दिनको 4 घण्टा चल्छ ,750 watt को 2 वटा इर्मशन रड दिनको 2 घण्टा चल्छ ,100 watt को 2 वटा चिम दिनको 2 घण्टा बल्छन भने प्रति महिना विद्युत खपत निकाल्नुहोस । एक युनिटको रु. 7.50 छ भने जम्मा कति शुल्क तिर्नु पर्ला ?
Given ,
प्रति दिनको विद्युत खपत :
१)40 watt को 12 वटा टयुवलाइट 4 घण्टा = P(Kw)x Nx T(hrs)
=40x12x4
=960 whrs÷1000
=1.92 kwhrs(unit)
२.) 40 watt को 3 वटा टेलिभिजन 4 घण्टा. =P(Kw)xNxT(hrs)
=40x3x4
=480 whrs÷1000
=0.48Kwhrs(unit)
३.)750 watt 2 वटा इर्मशन 2 घण्टा. =P(Kw)xNxT(hrs)
=750x2x2
=3000whrs÷1000
3Kwhrs(unit)
४.)100 watt को 2 वटा वल्व 2 घण्टा. =P(Kw)xNxT(hrs)
=100x2x2
=400whrs ÷1000
=0.4Kwhrs(unit)
जम्मा एक महिनाको खपत =1.92+0.48+3+0.4
=5.8 Kwhrs
जम्मा एक महिनाको शुल्क =30x5.8 =174 रुपिया. धारा विद्युत र चुम्बकत्व (Current Electricity and Magnetism ) पाठका महत्त्वपूर्ण प्रश्नहरु
1. धारा विद्युत भनेको के हो? धारा विद्युत नाप्ने उपकरण र एकाइलेख्नुहोस्।
2. दैनिक जीवनमा धारा विद्युत कुन कुन काममा प्रयोग हुन्छ? कुनै चार उदाहरणहरु दिनुहोस्।
3. धारा विद्युतको असर भनेको के हो?
4. धारा विद्युतको ताप असर भनेको के हो? उदाहरण सहितलेख्नुहोस्।
5. हिटिङ इलेमेन्ट भनेको के हो? प्रायः यो कुन धातुको बनाइन्छ?
6. नाइक्रोम तार नै हिटिङ इलेमेन्टको रूपमा प्रयोग गरिनुको दुई कारणहरु लेख्नुहोस्।
7. टङ्स्टेन धातुको तार हिटिङ इलेमेन्टको रूपमा प्रयोग नगर्नुको कारण के हो? 8. धारा विद्युतको प्रकाश असर भनेको के हो? उदाहरण सहित लेख्नुहोस्।
9. फिलामेन्ट बत्तीमा प्रकाश उत्पत्ति हुने प्रक्रिया सचित्र व्याख्या गर्नुहोस्।
10. फिलामेन्ट भनेको के हो? यो कुन धातुको बनाइन्छ?
11. बिजुलीको चिममा टङ्स्टेन धातुकै फिलामेन्ट प्रयोग गरिनुको दुई कारण लेख्नुहोस्।
12. बिजुलीको चिममा नाइक्रोम धातुको फिलामेन्ट प्रयोग गरेमा के हुन्छ?
13. फिलामेन्टबाट विद्युत प्रवाह हुँदा तातेर उज्यालो हुन्छ तर अन्य तारबाट त्यस्तो हुँदैन, किन?
14. बिजुलीको चिमभित्र निष्क्रिय ग्याँस भर्नुको कारण के हो?
15. बिजुलीको चिमभित्र हावा शुन्य बनाइएको हुन्छ, किन? हावा भरे के हुन्छ?
16. बिजुलीको चिमभित्र पुर्ण शुन्य बनाएमा के हुन्छ?
17. फ्लोरसेन्ट बत्तीमा प्रकाश उत्पत्ति हुने प्रक्रिया सचित्र व्याख्या गर्नुहोस्।
18. फिलामेन्ट बत्ती र फ्लोरसेन्ट बत्ती बीच चार फरकहरु लेख्नुहोस्।
19. फिलामेन्ट बत्तीको तुलनामा फ्लोरसेन्ट बत्तीका दुई मुख्य फाइदाहरु लेख्नुहोस्। 20. 40w को फिलामेन्ट बत्ती र 40w को फ्लोरसेन्ट बत्ती मध्ये फ्लोरसेन्ट बत्तीबाट बढी उज्यालो प्राप्त हुन्छ, किन?
21. कुनै 4 ओटा विद्युत चुम्बकीय उपकरणहरुको नाम लेख्नुहोस्।
22. विद्युत घण्टीले कसरी कार्य गर्छ? सचित्र व्याख्या गर्नुहोस्।
23. विद्युत घण्टीको उपयोगिता लेख्नुहोस।
24. डाइनामो भनेको के हो? यसको उपयोगितालेख्नुहोस।
25. बाइसाइकल डाइनामोले कसरी कार्य गर्छ? सचित्र व्याख्या गर्नुहोस्।
26. गुडिरहेको साइकल क्रमशः बिस्तारै र छिटोछिटो गतिमा गुडाउँदा बल्बको उज्यालोपनामा के परिवर्तन हुन्छ? किन?
27. गुडिरहेको साइकल एक्कासि रोक्दा यसबाट उत्पन्न हुने उज्यालो के हुन्छ?
किन?
28. गुडिरहेको साइकलबाट उत्पादित विद्युतको मात्रा बढाउन के गर्नुपर्छ?
29. जेनेरेटर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस।
30. जेनेरेटरले कसरी कार्य गर्छ? संक्षेपमा व्याख्या गर्नुहोस्।
31. डाइनामो वा जेनेरेटरबाट उत्पादित विद्युतको मात्रा वृद्धि गर्ने कुनै 4 उपायहरू लेख्नुहोस्।
32. डाइनामो र जेनेरेटर बिच दुई फरक लेख्नुहोस्।
33. स्वतन्त्र रुपले चल्न सक्ने गरि चुम्बकीय क्षेत्रमा राखिएको सुचालक तारमा विद्युत प्रवाह गर्दा उक्त तारमा चाल उत्पन्न हुन्छ, किन? उक्त
चाललाई के भनिन्छ?
34. विद्युत मोटर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
35. जेनेरेटर र विद्युत मोटर बिच दुई फरक लेख्नुहोस्।
36. इन्भरटर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
37. चार्जर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
38. ट्रान्सर्फमर भनेको के हो? यसको बनोट चित्रसहित वर्णन गर्नुहोस्।
39. ट्रान्सर्फमर कहाँ र किन प्रयोग गरिन्छ?
40. ट्रान्सर्फमर कति प्रकारको हुन्छ? ति के के हुन?
41. स्टेप अप ट्रान्सर्फमर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
42. स्टेप डाउन ट्रान्सर्फमर भनेको के हो? यसको उपयोगिता लेख्नुहोस्।
43. स्टेप अप ट्रान्सर्फमर र स्टेप डाउन ट्रान्सर्फमरको बनोटको बीचमा दुइटा फरक लेख्नुहोस्।
44. ट्रान्सर्फमरले डि. सी. भोल्टेज परिवर्तन गर्न सक्दैन, किन?
45. ट्रान्सर्फमरको कोर भनेको के हो? यो लेमिनेसन गरिएको हुन्छ, किन?
46. ट्रान्सर्फमरमा इनपुट र आउटपुट भोल्टेज फरकफरक तर इनपुट र आउटपुट शक्ति बराबर कसरी सम्भव हुन्छ?
47. "ट्रान्सर्फमरको आविष्कार नभएको भए विज्ञानले यति धेरै विकास गर्न सक्ने थिएन।” स्पष्ट पार्नुहोस्।
48. ट्रान्सर्फमरमा प्राइमरी क्वाइल संख्या र सेकेन्डरी क्वाइल संख्या कहिल्यै पनि बराबर बनाईदैन, किन? 49. 220V को लाइनबाट 12V को रेडियो बजाउनु छ। यदि प्रयोग गरिएको ट्रान्सर्फमरमा 1500 प्राइमरी फन्काहरु छन भने सेकेन्डरी
फन्काको संख्या पत्ता लगाउनुहोस्।
50. विद्युत प्रयोग गर्दा अपनाउनुपर्ने कुनै 4 सुरक्षाका उपायहरू लेख्नुहोस्।
51. अर्थिङ्ग भनेको के हो? धेरै विद्युत उपकरणहरुमा अर्थिङ्ग गरिएको हुन्छ, किन?
52. स्विचलाई लाइभ तारसँग जोड्नुपर्छ, किन?
53. फ्युजलाई लाइभ तारसँग जोड्नुपर्छ, किन?
54. विद्युत खपत भनेको के हो? यसको एकाइ के हो?
55. 1 युनिट (KWh) भनेको के हो?
56. 1 युनिट विद्युत खपतमा कति जुल (J) हुन्छ? 57. ग्रार्हस्थ विद्युतीकरणमा खपत हुने विद्युत युनिट कसरी पत्ता लगाइन्छ?
58. 2KW का तिन हिटर दैनिक 3 घण्टा, 60w का 4 ओटा फिलामेन्ट बत्ती र 40w को 2 ओटा टेलिभिजन दैनिक 6 घण्टा प्रयोग गर्दा दैनिक कति विद्युत खपत हुन्छ? प्रति युनिट रु. 7.50 तिर्नुपर्छ भने मासिक कति तिर्नुपर्ला?
59. CFL को पुरा रुप लेख्नुहोस्। लोडसेडिङ अन्त्यका लागि यसको महत्त्व लेख्नुहोस्।
Comments
Post a Comment