कक्षाकोठामा शिक्षण (B. Ed. 4th year)-Course N.:Ed. 442

 


कक्षाकोठामा शिक्षण (Classroom Instruction )

Nature  of Course :Theoretical              Course N.:Ed. 442

Level :B.Ed.                                                  Full Marks :100

Year:4th year                                               Pass Marks :35

Teaching hours :150 hours

Contents

Unit 1: Concept of pedagogy -7hours

1.1  Meaning ,Nature,and objective of pedagogy

1.2  Theories of learning :Behaviorist ,Cognitive,Contructivist.

1.3  Teacher centered ,Student centered ,Inclusive methods

Unit 2 :Teacher, Learner and Classroom-15 hours

2.1Teacher

2.1.1Essential Qualities of good teacher

2.1.2Teacher in active classroom

2.2 Learners

2.2.1Diversity of Learner

2.2.2Learning style and Needs

2.3 Classroom

2.3.1Classroom environment

2.3.2 Seating arrangement

2.3.3Classroom display

2.3.4 Class organization (Subject, Grade, Multi Grade ,Multi grade Multi level)

Unit  3 :Lesson Structure -15 hours

3.1  Concept

3.2Types of Plans . Anual unit and daily

3.3 Essential Parts of lesson structure –preparation for learning ,delivery of lesson and consolidation(Pre-during- post, Anticipation, Building, Knowledge, Consolidation-ABC )

3.4 Individualized instructional plan /Personalized system of instruction (PSI)

Unit  4:Teachered methods -18 hours

4.1Direct instruction

4.2Concept of teaching

4.3Preseneting and explaining

4.4Preparation of sample lesson plan based on above methods

Unit  5: Students centered methods -35 hours

5.1Learner engaged methods

5.1.1Concept

5.1.2  Strategies :Brain storming ,Think pair share,(TPS),Directed reading activity(DRA),Prediction from term, Direct learning thinking activity (DLTA),Text coding , Known want to learn learned (KWL),What ?, So that ? Now what ? Verbalized learning ,Learning Stations ,Process based instruction .

5.2 Cooperative learning (Group engaged learning )

5.2.1Concept

5.2.2  Strategies :Paired reading paired Summarizing (PRPS),Reciprocal teaching ,Read summarize Question(RSQ),Jigsaw, One stay other stray, Mix Freeze Pair,pen in the Middle ,Pyramid learning ,Paragraph Expert, Students Teams-Achievements Division(STAD)

5.3 Problem –based instruction /Problem solving /Project based Learning

5.3.1 Concept

5.3.2 Strategies :Identy Define Explore Act Look (IDEAL),Defining Understanding Planning  Evaluating (DUPE),I-Search Socratic Questioning  

5.4 Preparation of sample lesson plan based on above methods

Unit  6 :Review and Review of Lesson – 30 hours

6.1 Concept

6.2 Strategies :Questions answer Pair,Classify Categories Organize,Relay, Guess Who?Two truth and A Lie, Snowballing, Question ball, Run to the board.

6.3 Preparation of simple lesson plan based on above methods

Unit 7 : Instructional Materials –10 hours

7.1 Concept

7.2Importance of instructional materials

7.3Type (Cost ,making, duration of use )

7.4 Sources of instructional materials (local ,market, web and ICT based )

Unit  8 :Introduction to ICT -10 hours   

8.1Basic Digital Literacy for teacher: Word processor, Spread Sheet and presentation

8.2Communication tools (Internet and email, Search engine, Social media )

Unit  9 :Technology based Teaching Strategies -10 hours

9.1 Technology based versus traditional teaching strategies

9.2  ICT integrated pedagogy –Concept and process

9.3 Web –Based instruction and e-learning

9.4 Multimedia

9.5 Intelligent tutoring system

9.6 Virtual reality

Evaluation :The learning of  students will be assessed through annual examination held by the Office of the Controller Examination .The types and number of questions in the annual examination paper are given in the following table :

Types of questions

Total questions to be asked

Number of questions to be answered and marks allocated

Total marks

Remarks

Group A :Multiple choice questions

20 questions

20 x1 marks

20

 

Group B: Short answer questions

 

8 with 3 or questions

8 x7 marks

56

 

Group C :Long answer questions

2 with 1 or questions

2 x12 marks

24

 

Unit 1: Concept of pedagogy -7hours(शिक्षण पद्धतिको अवधारणा  )

1.1  Meaning ,Nature,and objective of pedagogy

1.2  Theories of learning :Behaviorist ,Cognitive,Contructivist.

1.3  Teacher centered ,Student centered ,Inclusive methods

शिक्षण पद्धतिको अर्थ र परिभाषा(Meaning and definition of pedagogy ): शाव्दीक दृष्टिकोणवाट शैक्षणिक पद्धीत Pedagogy को नेपाली रुपान्तर हो ।जसको अर्थ ग्रीक भाषामा Child and lead हुन्छ अर्थात to lead the child हुन्छ ।प्रचीन ग्रीकमा यसलाई paidagogus भनिन्छ ।जसमा Paidoss को अर्थ { boy agogs को अर्थ guide  अर्थात  to guide the children भन्ने हुन्छ ।लैटिन भाषाको दृष्टिकोणमा हेर्ने हो भने peda को अर्थ वच्चाGogy को अर्थ सिकाउनु भन्ने हुन्छ ।यसरी शाब्दीक दृष्टिकोणवाट हेर्दा शैक्षणिक पद्धति भनेको वालवालिकालाई सिकाइको लागि डोर्‍याउने वा नेतृत्व प्रदान गर्ने तरीकाहरुलाई जनाउछ ।यसलाई शिक्षणमा अपनाइने विज्ञान वा कला ।तसर्थ शिक्षण सिकाइ कार्यलाई सहज, सरल,अर्थपूर्ण,रोचक,सिलसिलावद्ध र प्रभावकारी वनाउन आवश्यक पर्ने विधिहरु वा शैलीहरुलाई शैक्षणिक पद्धति भनिन्छ ।तर सवै विषय वस्तुको लागि एउटै विधि उपयुक्त नहुने भएकोले विषय वस्तु ,वातावरण र परिस्थिति अनुसार अपनाउने शिक्षण पद्धति वा तरीकाहरु फरक फरक हुन्छन ।जुन विषय वस्तुको प्रकृति,समय, स्रोत साधान ,सिकारु र सिकाउने व्यक्तिको दक्षता र रुची आदिमा निर्भर गर्छ ।जुन स्पष्ट योजनाका साथ संचालन गरिन्छ ।यस सम्वन्धमा शिक्षाविद्धहरुले दिएका केही परिभाषाहरु निम्न अनुसार रहेका छन ।

Ø शाव्दीक दृष्टिकोण अनुसार Pedagogy को अर्थ कक्षाकोठामा वालवालिकाहरुलाई गरिने शिक्षण हाृे ।

Ø वाग्ले र ढकाल अनुसार Pedagogy भनेको वालवालिकाहरुलाई पढाउने सीप हो ।

Ø Oxford dictionary अनुसार /  Pedagogy is the study of teaching methods .

यसरी शिक्षण पद्धतिका विभिन्न परिभाषाहरुलाई पनि हेर्दा शिक्षण कार्यलाई प्रभावकारी र वालकेन्द्रित तथा सिकाइका निश्ति उदेश्यहरु प्राप्तीको लागि शिक्षणको क्रममा उपयोग गर्ने सम्पूर्ण तरीका, गतिविधि, रुपरेखा र कार्यविधिहरु शैक्षणिक पद्धति हुन ।

     

शिक्षण पद्धतिको उदेश्य (Objective of Pedagogy ): शिक्षाका लक्ष्य तथा उदेश्यहरु पुरा गर्न ,उदेश्य अनुरुप उपलव्धी हासिल गर्न ,शिक्षक र विद्यार्थी दुवैको लागि ज्ञान ,सीप अनुभव प्रदान गर्न का साथै शिक्षणलाई प्रभावकारी वनाउन शिक्षण पद्धतिको उदेश्य रहेको छ ।यसको उदेश्यलाई वुदागत रुपमा निम्न अनुसार प्रस्तुत गर्न सक्न्छि :

१)विद्यार्थीहरुलाई ºना विचार र रायहरु आदान प्रदान गर्नको लागि प्रोत्साहित गर्ने ।

२)सिकाइ सिद्धान्त प्रतिका गल्त सोचहरुलाई न्युन गर्ने ।

३)सिकाइलाई सहज, सरल, प्रभावकारी र उदेश्यमूलक वनाउने ।

४)सिकारुलाई सिकाइ प्रति उत्प्रेरित गरी समय सापेक्ष ज्ञान दिने ।

५)प्रभावकारी शिक्षण सिकाइ प्रयोग गर्ने ।

६)शिक्षणको लागि विषयवस्तु अनुसारको शैक्षणिक विधि,कौशलताको छनौट गर्न सघाउनु

७)सिकाइ वातावरणमा उपयुक्त खालका उत्तेजना वा उद्धीपकहरुको प्रयोग गर्नु ।

८)सिकाइको लागि उपयुक्त वातावरणको छनौट गर्न ।

९)शिक्षण सीप र सिद्धान्तको विकास गर्नु ।

१०)शिक्षण विधि ,मूल्यांकनका तरीका र साधनको प्रयोग गर्न सक्षम वनाउनु ।

शिक्षण पद्धतिको कार्य र महत्व (Functions and importance of Pedagogy ): कुनै पनि विषयको दक्ष तथा असल शिक्षक उत्पादन गर्नको लागि शैक्षणिक पद्धतिको आवश्यक पर्ने भएकोले समग्रमा यसको महत्व र कार्यलाई निम्न अनुसार उल्लेख गर्न सक्न्छि :

१)विद्यार्थीहरुलाई उनीहरुको व्यक्तिगत क्षमताको आधारमा उच्चतम सफलता प्राप्त गर्न शिक्षण विधिले सहयोग गर्छ ।

२)शिक्षाका सवै प्रकारका उदेश्यहरु जस्तो राष्ट्रिय उदेश्य,कक्षागत उदेश्य,विषयगत उदेश्य र पाठगत उदेश्यहरु पुरागर्न शिक्षण विधिले सहयोग गर्छ ।

३)पाठ्यक्रमले निर्धारण गरेका उदेश्य अनुरुप सिकारुको व्यवहारमा परिवर्तन ल्याउन मदत गर्छ ।

४)औपचारिक ,अनौपचारिक ,अनियमित शिक्षा अजीवन प्रदान गर्ने काम शिक्षण पद्धतिले गर्छ ।

५)कितावी तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा ल्याउन र त्यसवाट सिकाइलाई सहज सरल र दिगो वनाउछ ।

६)विद्यार्थीको व्यक्तिगत विभिन्नताको आधारमा ज्ञान सिप र क्षमता प्रदान गरी सर्वागीण विकासमा सहयोग पुर्‍याउछ ।

७)शिक्षणमा विभिन्न माध्यमहरुको प्रयोग गरिने भएकोले विद्यार्थीमा अध्ययन कलाको विकास हुन्छ र शिक्षकमा विषयगत क्षमताको विकास हुन्छ ।

८)उचित शैक्षिक वातावरणको विकासवाट शिक्षक ,विद्यार्थी तथा विद्यालय व्यवस्थापनमा सहजता ल्याउछ ।

 ९)शैक्षणिक पद्धतिले विद्यार्थीमा विभिन्न सृजानात्मक तथा मौलिक कार्यमा सहभागी हुना पाउने भएकोले विद्यार्थीमा स्पष्ट दृष्टिकोण र रुचीको विकास हुन्छ ।

१०)सफल तथा व्यवस्थित सिकाइको लागि आवश्यक पर्ने योजनाको निर्माण र यसको प्रयोग सम्वन्धी सिपको विकास गर्न सहयोग गर्छ ।

११)उपयुक्त सामाग्रीको छनौट र प्रयोग सम्वन्धी ज्ञान हासिल गर्न मदत गर्छ ।

१२)शिक्षण सिकाइलाई वैज्ञानिक र व्यवस्थित तरीकाले अगाडि वढाउनका लागि शैक्षणिक विधिको आवश्यकता पर्छ ।


Comments

Popular posts from this blog

Biology grade -9 (New Course)

Physics Grade -10 (Science - New Course )

Biology grade -10 (New Course)