शिक्षा मनोविज्ञान (Educational Psychology) -Ed-413 B.Ed. 2nd year -



          शिक्षा मनोविज्ञान(Educational Psychology )

Course N.: Ed 413                                   Full marks :100
Nature of course :Theory                         Pass marks :35
Level : B.Ed.                                        Period of per week :6periods
Year :2nd year                              Total periods :150

   Evaluation  Scheme

The types and number of questions to be asked in the board examination are mentioned below.

Nature of questions

Total questions to be asked

Number of questions to be answered

Weightage

Group A  

Multiple choice items

20

20×1=20marks

20 marks

Group B

Short answer questions

8 with three or questions

8×7=56 marks

56 marks

Group C

Long answer questions

2 with one or questions

2×12= 24 marks

24 marks

 

 

Total:

100 marks

                     

                         भाग : एक (१)   

विकासात्मक मनोविज्ञान   (Developmental psychology )                                       एकाइ : एक (१)   (Unit :-One )

मनोविज्ञानको अवधारणा  (Concept of psychology )
1.1Meaning of Psychology
1.2Concept ,objective and scope of Educational Psychology
1.3Needs and significance of Educational psychology for teacher and parent.

मनोविज्ञानको अथ  (Meaning of psychology  )  :मनोविज्ञान दर्शनबाट विकसित भएको एउटा विद्या हो । शाब्दिक दृष्टिकोणबाट हेर्दा यो psychology  को नेपाली रुपान्तर हो ।जुन लैटिन भाषाको psyche+Logus बाट मिलेंर बनेको छ । जसमा psyche को अर्थ आत्म Logus को अर्थ विज्ञान हुन्छ । तसर्थ शाब्दिक दृष्टिकोणबाट हेर्दा आत्मको अध्ययन गर्ने विज्ञान मनोविज्ञान हो । तर समय बित्दै जांदा psyche को अर्थमा समय सापेक्ष परिवर्तन हुदै गएको पाइन्छ ।जसलाई मनोविज्ञानको परिवर्तित अवधारणा(Changing concept of Psychology) पनि भनिन्छ ।मनोविज्ञानको अर्थमा समय सापेक्षमा भएको परिवर्तनहरु वा परिवर्तित अवधारणाहरु निम्न अनुसार रहेका छन । 

क)मनोविज्ञान आत्मको विज्ञानको रुपमा (Psycholgy as the science of soul)स्मनोवैज्ञानिक डिमोक्राइटस,प्लेटो,अरस्तु अनुसार मनोविज्ञान Psychology को नेपाली रुपान्तर हो । जुन लैटिन भाषाको  Psyche +logus  भन्ने शब्दबाट बनेको हो ।जसमा Psyche को अर्थ Soul(आत्मा)Logus को अर्थ (Science- –विज्ञान )भन्ने हुन्छ ।त्यसैले यसलाई शाब्दिक दृष्टिकोणमा आत्माको अध्ययन गर्ने विज्ञान मानिन्थ्यो ।तर आत्मा अदृष्य र काल्पनिक भएकोले यसलाई नत मापन न अवलोकन योग्य मानियो ।जबकी विज्ञानले मापन र अवलोकन यो्ग्य भौतिक विषय वस्तुको मात्र अध्ययन गर्छ ।जसले पछि यस परिभाषालाई विज्ञान सम्मत नभएको ठहर गरियो ।जस फलस्वरुप विज्ञानको शाब्दिक अर्थमा परिवर्तन गराइयो । 

ख)मनोविज्ञान मनको अध्ययन गर्ने विज्ञानको रुपमा (Psychology as the science of mind )१८औ शताब्दीका मनोवैज्ञानिक कान्ट,डेस्कार्टस, टिचनर,होब्बेस आदिले Soul को अर्थ आत्मा नराखेरmind (मन) राख्नु पर्ने आश्य अगाडि सारे ।जस परिणाम स्वरुप यसलाई मनको अध्ययन गर्ने विज्ञानको रुपमा यसलाई परिभाषित गरियो । तर मन पनि अदृष्य र काल्पनिक भएकोले यसलाई नत मापन न अवलोकन योग्य मानियो ।जबकी विज्ञानले मापन र अवलोकन यो्ग्य भौतिक विषय वस्तुको मात्र अध्ययन गर्छ ।जसले पछि यस परिभाषालाई विज्ञान सम्मत नभएको ठहर गरियो ।जस फलस्वरुप विज्ञान मनको अध्ययन गर्ने विज्ञानको अर्थमा परिवर्तन गराइयो ।      

   ग)मनोविज्ञान चेतनाको अध्ययन गर्ने विज्ञानको रुपमा(Psychology as the science of consciousness ) १८औ शताब्दीको अन्ततिर मनोवैज्ञानिक विलियम जेम्स,विलियम उन्टले पहिलो पटक मनोवैज्ञानिक प्रयोगशालाको स्थापना गरी मनोवैज्ञानिक अवधारणाको प्रयोगात्मक अध्ययन अनुसन्धान शुर गरे ।जसले मनोविज्ञानको सम्बन्ध दर्शनशास्त्रबाट विज्ञानतिर परिवर्तन भयो ।जस परिणाम स्वरुप मनोविज्ञानलाई चेतनाको विज्ञानको रुपमा परिभाषित गरे,किनकी मनोविज्ञानले मानवको चेतनाको क्रियाशीलताको अध्ययन गर्छ ।तर मनोवैज्ञानिकहरु पछि  आफै चेतनाको अर्थसंग एकमत हुुना सकेनन् ।किनकी चेतनाका ३ तत्वहरु हुन्छन:चेतन(Consciousness),अर्धचेतना(Sub-consciousness),अचेतन(Unconsciousness),जबकी मनांविज्ञानलराई चेतनाको विज्ञानको रुपमा परिभाषित गर्दा अर्धचेतन र अचेतन तहको अध्ययन हुना सक्दैन । जस फलस्वरुप विज्ञान चेतनाको अध्ययन गर्ने विज्ञानको अर्थमा परिवर्तन गराइयो ।  

घ)मनोविज्ञान व्यवहारको अध्ययनको विज्ञानको रुपमा (Psychology as the science of behaviour):१९औ शताब्दीको शुरु संगै बेलायती मनोवैज्ञानिक William Mgdaugal मनोविज्ञानलाई आचरण तथा व्यवहारको अध्ययन गर्ने सकारात्मक विज्ञान (Study of behaviour and conduct of human being) को रुपमा परिभाषित गरे । त्यस्तै व्यवहावादी मनोवैज्ञानिक पिता मानिने जे.बी. वाट्सन ले मनोविज्ञानको क्षेत्रलाई मानव लगायत जनावरको व्यवहारको समेत अध्ययन गर्ने सकारात्मक विज्ञानको रुपमा परिभाषित गरे ।जुन मनोविज्ञानको विज्ञान सम्मत र आधुनिक परिभाषा मानिन्छ ।किनकी व्यवहार र आचरण अवलोकन योग्य र मापन योग्य हुन्छ ।त्यस्तै मनोवैज्ञानिकहरुलै मनोविज्ञानका अवधारणालाई स्पस्ट पार्न केही परिभाषाहरु पनि दिएका छन । जुन
💨वाट्सन अनुसार मनोविज्ञान व्यवहारको अध्ययन गर्ने विज्ञान हो ।
💨स्कीनर अनुसार मनोविज्ञान व्यवहार तथा अनुभवको अध्ययन गर्ने विज्ञान हो ।
💨क्रो एण्ड क्रो अनुसार मनोविज्ञान व्यवहार तथा मानव सम्बन्धको अध्ययन गर्ने विज्ञान हो ।
💨उडवर्थ अनुसार मनोविज्ञान व्यक्तिको वातावरणसंग सम्बन्धित रहेर उसको क्रियाक्लापको वैज्ञानिक             अध्ययन गर्ने विज्ञान हो ।
💨बोरिगं अनुसार मनोविज्ञान मानप प्रकृतिको अध्ययन गर्ने विज्ञान हो ।
💨एन. एल. मुन अनुसार आजको मनोविज्ञान आफै व्यवहारको वैज्ञानिक अनुसन्धानसंग सम्बन्ध राख्छ 

मनोविज्ञानको प्रकृति (Nature of psychology )मनोविज्ञानको उत्पति दर्शनशास्त्रवाट भए पनि विकासको क्रम यसले विभिन्न अधारहरु ग्रहण गरिसकेकोले हाल यसलाई वैज्ञानिक प्रकृतिको मानिन्छ ।यसले सम्पूर्ण प्राणीहरुको व्यवहारको अध्ययन विश्लेषण र निष्कर्षहरु वैज्ञानिक तथ्य ,प्रमाण र पद्धतिको आधारमा गर्ने हूनाले पनि यसको प्रकृति वैज्ञानिक मानिन्छ । त्यस्तै निम्न लिखित कारणहरु पनि मनोविज्ञानको प्रकृति वैज्ञानिक मानिन्छ वा यसलाई विज्ञानको रुपमा (As Science)मानिन्छ ।
१)मनोविज्ञानले मापन र अवलोकन योग्य व्यवहारहरुको मात्र अध्ययन गर्छ।
२)मनोविज्ञानले नयां नयां तथ्य तथा समस्याको पहिचान एवं समाधानमा वैज्ञानिक विधि जस्तो Experiment, Case study  आदि अपनाउछ ।
३)मनोविज्ञानले मानसिक प्रकियाको व्याख्या गर्दा मस्तिष्कका नियमहरु जस्तो  Consciousness, Sub conciousness,Unconcious  Dream आदिको प्रयोग गर्छ ।
४)मनोविज्ञानले विषयगत पक्षलाई जोड नदिई वस्तुगत पक्षलाई जोड दिन्छ ।
५)मनोविज्ञानले मानव विकास एवं मानव व्यवहारको अध्ययन र परिकल्पना को निर्माण गर्न वैज्ञानिक प्रकियाहरु ऋपनाउछ ।
६)मनोविज्ञानले व्यक्तित्व ,रुची, वुद्धिमता एवं व्यवहारिक विशेषताहरुको अध्ययनमा वैज्ञानिक मापन विधिहरु अपनाउछ ।
७)मनोविज्ञानका उपलव्धीहरुलाई भावी अनुसन्धानमा पनि प्रयोगमा ल्याउन सक्न्छि ।
८)मनोविज्ञानले Physiology  र Neurology समेतको अध्ययन गर्छ ।
९)यसले नयां तथ्य पत्ता लगाउने र नयां सिद्धान्तहरु प्रतिपादन गर्ने गर्छ ।
१०)यसले सत्यको खोजीमा जोड दिन्छ ।]
११)यसले रुढिवादी कुराहरुमा विश्वास  गर्दैन ।  

शिक्षा मनोविज्ञान (Educational Psychology):स्शिक्षा मनोविज्ञान मनोवैज्ञानिक खोव तथा सिद्धान्तको शिक्षा क्षेत्रमा उपयोगमा ल्याउने एउटा प्रयोगात्मक विज्ञान हो ।यो शिक्षा र मनोविज्ञान दुवैको प्रयोगात्मक क्षेत्रको आपसी  सम्बन्धबाट जन्मेको हो । जसमा शिक्षा Education को नेपाली रुपान्तर हो । जुन लैटिन भाषाको E+Duco भन्ने शब्दबाट आएको हो । जसमा Eभ्को अर्थ भित्रबाट Duco को अर्थ प्रकासमा ल्यउनु भन्ने हुन्छ ।
यसरी शिक्षा एउटा त्यो प्रक्रिया हो ।जस द्धारा मानिसमा  अन्तरनिहित रहेको ज्ञानलाई प्रकटीकरण गरिन्छ ।यसरी नै मनोविज्ञान Psychology को नेपाली रुपान्तर हो ।जुन लैटिन भाषाको Psyche+Logus भन्ने शब्दबाट आएको हो ।जसमा psyche को अर्थ आत्माLogus को अर्थ विज्ञान भन्ने हुन्छ । यसरी मनोविज्ञानलाई आत्मको विज्ञान भनिए पनि आधुनिक अर्थमा व्यवहारको अध्ययन गर्ने विज्ञान भनिन्छ ।तसर्थ शिक्षा मनोविज्ञान भनेको मनोविज्ञानको एउटा त्यस्तो व्यवहारिक शाखा हो । जसले मानिसमा अन्तरनिहित रहेको ज्ञानलाई मनोविज्ञानले प्रतिपादन गरेको खोज ,तथ्य र सिद्धान्तको प्रयोग गरेर शिक्षण सिकाइ मार्फत प्रकासमा ल्याउने ,निश्चित ढांचा अनुसार परिवर्तन गर्ने,र व्यवहारमा लागु गर्ने काम गर्छ ।त्यसैले शिक्षा मनोविज्ञान एउटा व्यवहारिक मनोविज्ञान वा मनोविज्ञानको एउटा प्रयोगात्मक शाखा पनि भनिन्छ । यस सम्बन्धमा मनोवैज्ञानिकहरुले केही परिभाषाहरु पनि दिएका छन ।
💨स्कीनर अनुसार शिक्षा मनोविज्ञानले शिक्षासंग सम्बन्धित सम्पूर्ण व्यवहार तथा व्यक्तित्वहरुलाई समेट्छ ।
💨क्रो एण्ड क्रो अनुसार शिक्षा मनोविज्ञानले व्यक्तिको जन्म देखि बृद्ध अवस्था सम्मको सिकाइका अनुभवहरुको व्याख्या गर्छ ।
💨स्टेफेन अनुसार शिक्षा मनोविज्ञान वालकको शैक्षिक बृद्धि र विकासको व्यवस्थित अध्ययन गर्छ ।
💨पीलका अनुसार शिक्षा मनोविज्ञान शिक्षाको विज्ञान हो ।
यसरी शिक्षा मनोविज्ञानका परिभाषाहरुलाई हेर्दा शिक्षा मनोविज्ञानले शिक्षा र मनोविज्ञान गरी २ वटा क्षेत्रहरु समेटेको छ । जसमा एकतिर यसले मनोविज्ञान द्धारा प्रतिपादित नियम ,सिद्धान्त तथ्य निष्कार्षहरु शिक्षा क्षेत्रमा प्रयोग गर्छ , भने अर्कोतिर मानिसमा अन्तरनिहित रहेको ज्ञानलाई व्यवहारमा लागु गर्छ र शिक्षा सम्बन्धी समस्याहरुको विश्लेषण तथा वैज्ञानिक समाधान प्रस्तुत गर्छ ।

शिक्षा र मनोविज्ञान बीच सम्बन्ध  (Relation between Psychology and education ):स्शिक्षा र मनोविज्ञानको बीचमा शाब्दिक अर्थमा फरक देखिए तपनि भावनात्मक रुपमा यिनीहरुको गहिरो सम्बन्ध रहेको पाइन्छ ।जुन सम्बन्धलाई निम्न लिखित बुदाहरुबाट प्रष्ट्याउन सक्न्छि :
१)मनोविज्ञानले सिकाइका सिद्धान्त तथा वैज्ञानिक विद्याको निर्माण गर्छ, भने शिक्षाले उक्त सिकाइका सिद्धान्त र शिक्षण विद्याको प्रयोग गरी शिक्षण सिकाइ क्रियाक्लापलाई प्रभावकारी बनाउन सहयोग गर्छ ।
२)मनोविज्ञानले मानव विकासका सिद्धान्तहरु तथा व्यक्तिगत विभिन्नता सम्बन्धी तथ्यहरुको पहिचान गर्ने काम गर्छ ,भने शिक्षाले विकासात्मक विशेषताहरु र व्यक्तिगत विभिन्नताको आधारमा व्यवहारको निर्माण गर्नुको साथै उपयुक्त पाठ्यक्रमको निर्माण प्रयोग गर्छ ।
३)मनोविज्ञानले विशेष किसिमका वालवालिकाको पहिचान  गरी वर्गीकरण गर्छ ,भने शिक्षाले उक्त विशेष खालका वालवालिकाहरुको लागि विशेष शिक्षाको व्यवस्था गर्छ ।
४)मनोविज्ञानले सिकाइ उपलब्धीको मापन तथा मूल्यांकनको लागि वैज्ञानिक विधिहरुको निर्माण गर्छ ,भने शिक्षाले उक्त मनोविज्ञानका विद्याहरुको प्रयोग गरी सिकाइ उपलब्धीको मापन तथा मूल्यांकन गर्ने काम गर्छ ।
५)मनोविज्ञानले शिक्षण सिकाइ प्रक्रियामा आउने समस्याहरु र समाधान गर्ने उपायहरु खोजी गर्ने काम गर्छ । 
६)मनोविज्ञानले शिक्षा दिने व्यक्ति स्वयंलाई मार्गनिर्देशन प्रदान गर्ने काम गर्छ । जसको आधारमा शिक्षाले वालवालिकाहरुमा उपयुक्त व्यवहारको निर्माण गर्छ ।
यसरी माथिका यी विभिन्न पक्षहरुलाई हेर्दा शिक्षा र मनोविज्ञान एक अर्काको परिपूरक वा एक अर्कासगं अन्तरसम्बन्धित रहेको देखिन्छ ।

शिक्षा मनांविज्ञानको उदेश्य(Aim or objective of educational psycgology):स्शिक्षा मनोविज्ञानको मुख्य उदेश्य मानवीय व्यवहारको अध्ययनमा शिक्षक ,शिक्षाविद्ध,अभिावक ,सिकारु त्था अन्य सम्वन्धित पक्षहरुलाई आवश्यक मनोवैज्ञानिक तथ्य ,एवं प्रयोग ,प्रक्रिया , निष्कर्ष र सिद्धान्तहरु उपलब्ध गराइ सिकारु र शेक्षिक क्षेत्रको सर्वागींण विकासमा सहयोग गर्नु हो ।यस वाहेक पनि यसका न्म्नि लिखित उदेश्यहरु रहेका छन :
१)सिकारु एवं सिकाइको प्रकृति हेरी शिक्षण विधिको छनौट गर्न ।
२)उपयुक्त सिकाइ वातावरण सिर्जना गर्न ।
३)सिकाइको कमजोरी तथा असफलताको कारणहरु पत्ता लगाइ सुधारको लागि सुझाव दिने ।
४)आवश्यकता अनुसार उपयुक्त शैक्षिक सामाग्रीहरुको छनौट तथा प्रयोग गर्न ।
५)पाठ्यक्रम निर्माताहरुलाई उचित पाठ्यक्रम निर्माणमा सहयोग गर्न ।
६)शैक्षिक प्रशासकहरुलाई सहयोग गर्न ।
७)सिकारुको व्यक्तिवको विकास गर्न ।
८)आभिावकहरुलाई मार्गनिर्देशन गर्न ।
९)मूल्यांकनका उचित विधिहरु उपलब्ध गराउन ।
१०)बृद्धि र विकासको कारणवाट व्यक्तिमा आएको व्यक्तिगत समस्या बुझी समाधान गर्न ।
११)व्यक्तिलाई सामाजिक सामायोजनमा सहयोग पुर्‍याउन ।
१२)अनुसन्धान गर्न ।
शिक्षा मनोविज्ञानको प्रकृति  (Nature of educational psychology):९ल्बतगचभ या भमगअबतष्यलब िउकथअजययिनथ०स्शिक्षा मनोविज्ञान मनोवैज्ञानिक खोज तथा सिद्धान्तको शिक्षा क्षेत्रमा उपयोगमा ल्याउने एउटा प्रयोगात्मक विज्ञान हो । त्यसैले यसलाई वैज्ञानिक प्रकृतिको मानिन्छ ।तर यसलाई भौतिकशास्त्र, रासायनशास्त्र ,जस्तो शुद्ध वैज्ञानिक प्रकृतिको मानिदैन ।किनकी यसको तत्व एवं व्यवहारलाई प्रयोगशालामा नियन्त्रित गरेर राख्न सक्दिैन । वातावरणमा आउने  क्रमिक परिवर्तनले मनोविज्ञानका सिद्धान्तलाई स्थिर वनाउन सक्दिैन ।त्यसैले यसको प्रकृति वैज्ञानिक भएपनि निम्न अनुसार विश्लेषण गरिएको छ :

१)शैक्षिक विज्ञानको रुपमा (As an education science ):स्शिक्षा मनोविज्ञानले शिक्षाका निर्देशक सिद्धान्तहरु आधार स्तम्भ प्रदान गर्नुको साथै,शैक्षिक समस्या पनि हल गर्ने भएकोले यो शैक्षिक विज्ञान हो ।
२)व्यवहारिक विज्ञानको रुपमा(As applied science ):९ब्क बउउष्भिम कअष्भलअभ ०स्शिक्षा मनोविज्ञानले शिक्षाको क्षेत्रमा मनोवैज्ञानिक सिद्धन्तहरु प्रयोग गर्ने भएकोले यो व्यवहारिक विज्ञान हो ।
३)सकारात्मक विज्ञानको रुपमा (As positive science): ९ब्क उयकष्तष्खभ कअष्भलअभ०स्शिक्षा मनोविज्ञानले वालवालिकाहरुको शैक्षिक जानकारीलाई यथार्थ रुपमा वर्णन गर्छ,साथै वालववालिकाहरुको विद्यामान स्वभावको अध्ययन गर्ने भएकोले यो सकारात्मक वा मानवमूलक विज्ञान हो ।
४)विशिष्ट विज्ञानको रुपमा ( As specific or distinctive science): ९ ब्क कउभअषष्अ यच मष्कतष्लअतष्खभ कअष्भलअभ०स्शिक्षा मनोविज्ञान शिक्षणसंग सम्वन्धित तथ्य र सिद्धान्तहरुसंग सम्वन्धित भएकोले यो विशिष्ट विज्ञान हो ।
५)सामाजिक विज्ञानको रुपमा(As social science): ९ब्क कयअष्ब िकअष्भलअभ०स्शिक्षा मनोविज्ञानको सामाजिक प्रभाव पनि रहने भएको यो सामाजिक विज्ञान
 हो ।
६)प्राज्ञिक विज्ञानको रुपमा(As an academic science): ९ब्क बल बअबमझष्अ कअष्भलअभ०स्शिक्षा मनोविज्ञानले शैिक्षक सिद्धान्त र अभ्यासको आधारमा एउटा निष्कर्ष प्रदान गर्छ ,साथै सुचना ,ज्ञान ,सिद्धान्तहरु एवं विधिले मनोविज्ञानका विषयहरु निर्माण गर्छ ।त्यसैले यो प्राज्ञिक विज्ञान हो ।
७)विकासोन्मुख विज्ञानको रुपमा (As developing science):स्शिक्षा मनोविज्ञानको क्षेत्रमा व्यापक अनुसन्धान कार्य हुदै गएको छ । जसले यसको क्षेत्र दिन प्रतिदिन विस्तार हुदै गएको छ । त्यसैले यो विकासोन्मुख प्रकृतिको पनि मानिन्छ । 

शिक्षा मनोविज्ञानको क्षेत्र (Scope of educationalPsychology):शिक्षा मनोविज्ञानले समेटेका क्षेत्रहरुलाई मनोविज्ञानको क्षेत्र भनिन्छ ।जुन कक्षाकोठा वा विद्यालयमा सीमित नरही सिकाइ प्रक्रियासंग सम्बन्धित सम्पूर्ण ज्ञान एवं प्रविधिसंग सम्वन्धित रहेको छ ।जसभित्र निम्न लिखित क्षेत्रहरु पर्दछन : 


१)सिकारुको पहिचान(Identification of learner): स्शिक्षा मनोविज्ञानको यस क्षेत्र अन्तरगत सिकारुको विकासात्मक स्वरुप, रुची, क्षमता, कौशलता, बुद्धिमता, व्यक्तिगतता , विभिन्नता जस्ता पक्षहरुको बारेमा अध्ययन गरिन्छ ।
२)सिकाइ प्रक्रिया र अवस्थाको पहिचान (Identification of learning process and condition):स्शिक्षा मनोविज्ञानको यस क्षेत्र अन्तरगत सिकाइ प्रक्रियामा प्रभाव पार्ने तत्वहरुको बारेमा अध्ययन गरिन्छ । जस्तो :सिकाइका मनोवैज्ञानिक सिद्धान्तहरु, सिकाइमा प्रभाव पार्ने प्रेरणाहरु, पूर्नवल, अभ्यास, स्मरण, विस्मरण आदिको वारेमा अध्ययन गरिन्छ ।
३)व्यक्तित्व समायोजन (Personlity adjustment):स्शिक्षा मनोविज्ञानको यस क्षेत्र अन्तरगत सिकारुको व्यक्तित्व र त्यसवाट अरुको सामाजिक समायोजनमा पार्ने प्रभाव र सुधारका लागि सुझाव दिने ,सिकाइसंग सम्वन्धित पक्षहरुको व्यक्तित्व ,चरित्र र सामाजिक अन्तरक्रिया आदिको वारेमा अध्ययन गरिन्छ ।
४)सिकाइ वातारण (Learning environment):स्शिक्षा मनोविज्ञानको यस क्षेत्र अन्तरगत शिक्षक तथा विद्यार्थीको अभिवृत्ति ,विद्यालय, कक्षाकोठा र घरको वातारण ,विद्यालयको संवेगात्मक अवस्था जस्ता पक्षहरुको अध्ययन गरिन्छ ।
५)प्रविधि एवं विधिहरु(Techniques and methods ): स्शिक्षा मनोविज्ञानको यस क्षेत्र अन्तरगत शैक्षिक समास्याहरुको मनोवैज्ञानिक अध्ययन ,समास्या निराकरणको लागि वैज्ञानिक उपाय,शिक्षणविधि, एवं प्रविधिको खोजी र त्यसको शिक्षण सिकाइमा उपलव्धी एवं प्रयोगको वारेमा अध्ययन गरिन्छ ।
६)मापन र मूल्यांकन(Measurement and evaluation): स्शिक्षा मनोविज्ञानको यस क्षेत्र अन्तरगत व्यक्तिको बौद्धिक क्षमता ,उपलब्धी आदिको मापन गर्ने विभिन्न सिद्धान्त एवं प्रविधिहरु र उदेश्य बमोजिमको शिक्षण भए नभएको लेखा जोखा आदिको वारेमा अध्ययन गरिन्छ ।
७)निर्देशन र सल्लाह(Guidance and counselling ): ९न्गष्मबलअभ बलम अयगलकभििष्लन ०स्शिक्षा मनोविज्ञानको यस क्षेत्र अन्तरगत विद्यार्थीहरुको मनोवैज्ञानिक तथ्य पत्ता लगाई उनीहरुको आºनो क्षमता अनुसार गर्न सक्ने कार्यहरुको आवश्यक निर्देशन दिने र सल्लाह प्रदान गर्ने , शैक्षिक ,व्यवसायिक ,व्यक्तिगत , सामाजिक र स्वास्थ्य सम्वन्धी निर्देशन दिने,अभिभावक वर्गलाई उनीहरुको छोरा छोरीहरुको बारेम आवश्यक सल्लाह प्रदान गर्न जस्ता पक्षहरुको वारेमा अध्ययन गरिन्छ ।

शिक्षा मनोविज्ञानको महत्व वा आवश्यकता (Importance or needs of educational psychology ):स्शिक्षा मनोविज्ञान शैक्षिक जगतको अध्ययन गर्ने मनोविज्ञानको एउटा मात्र प्रयोगात्मक शाखा भएकोले यसको महत्व शैक्षिक जगत अन्तरनिहित भएको मात्र पाइन्छ ।शिक्षा मनोविज्ञानले गर्ने निम्न लिखित कार्यहरुले गर्दा शैक्षिक जगतमा यो नितान्त आवश्यक वा महात्वपूर्ण रहेको देखिन्छ :
१)विकासात्मक विशेषताहरु बुझ्न (To understand developmental characteristics ):स्शिक्षा मनोविज्ञानले शिक्षक तथा शिक्षाविद्धहरुलाई हरेक विकासात्मक चरणहरुमा देखा पर्ने विशिष्ट विशेषताहरुको वारेमा जानकारी गराई लक्षित शैक्षिक उदेश्य अनुसार शैक्षिक कार्यक्रमहरु तयार गर्न र विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउन अर्थपूर्ण सल्लाहहरु उपलब्ध गराउने काम गर्छ ।
२)कक्षा शिक्षणको प्रकृति बुझ्न (To understand the nature of classroom):स्शिक्षा मनोविज्ञानले शिक्षकलाई साधारण तथा विशिष्ट अवस्थामा कक्षा शिक्षण प्रक्रियाको ज्ञान उपलब्ध गराउनको साथै विषय वस्तु र सिकारुको प्रकृति हेरी सिकाइ प्रक्रियामा प्रभावकारिता ल्याउन उपयुक्त सिकाइका नियम तथा सिकाइका सिद्धान्तहरुको प्रयोगको लागि उपुक्त सल्लाह प्रदान गर्छ ।
३)व्यक्तिगत विभिन्नता बुझ्न (To understand individual differences):स्शिक्षा मनोविज्ञानले व्यक्तिगत विभिन्नताको अर्थ ,प्रकार, प्रकृति,शैक्षिक क्षेत्रमा यसको प्रभावको वारेमा शिक्षकलाई यथेष्ट मात्र जानकारी उपलब्ध गराइ प्रभावकारी शिक्षण गर्न सहयोग गर्छ ।
४)प्रभावकारी शिक्षण विधिको वारेमा बुझ्न(To understand effective teaching methods ):स्शिक्षा मनोविज्ञानले शिक्षकलाई प्रभावकारी सिकाइका सिद्धान्तहरु ,नयां नयां शिक्षण विधि र प्रविधिहरु गराई परिस्थिति अनुसार प्रभावकारी ढंगवाट शिक्षण गर्ने कला प्रदान गर्छ ।
५)वालवालिकाहरुको समस्या बुझ्न(To understand problems of children):स्शिक्षा मनोविज्ञानले शिक्षकलाई विभिन्न उमेर समुहका वालवालिकाहरुमा देखा पर्ने समस्याको पहिचान गर्ने, समाधान गर्ने, वारेमा पर्याप्त ज्ञान प्रदानको साथै मानव विकासको सिद्धान्तको आधारमा समस्या समाधान गर्न आवश्यक ज्ञान प्रदान गर्छ ।
६) पाठ्यक्रम निर्माण गर्न (To construct curriculum ):९त्य अयलकतचगअत अगचचष्अगगिm ०स्शिक्षा मनोविज्ञानले विविध विकासात्मक विशेषताहरु वोकेको विद्यार्थीको आवश्यकता, सिकाइको विषयवस्तुको प्रकति स्वरुप एवं समाजको आवश्यकता अनुसार पाठ्यक्रमको निर्माण गर्न शिक्षाविद्धहरुलाई सुझाव ,सल्लाह ,निर्देशनहरु उपलव्ध गराउने काम गर्छ ।
७)सिकाइ परिणामको मापन गर्न (Measurement of learning outcome): शिक्षा मनोविज्ञानले शिक्षकलाई विभिन्न किसिमका मनोवैज्ञानिक प्रविधिहरुको ज्ञान प्रदान गरी विद्यार्थीको शैक्षिक दक्षताको मूूल्यांकन गर्न सहयोग गर्नुको साथै यसले विद्यार्थीको उपलब्धीको अधारमा आºनो शिक्षण विधिको समेत मूल्यांकन गर्न शिक्षकलाई सहयोग प्रदान गरी सिकाइ प्रक्रियामा सहयोग पुर्‍याउछ ।
८)अनुसन्धान गर्न (To research ):९त्य चभकभबचअज ०स्शिक्षा मनोविज्ञानले शिक्षकलाई शिक्षा क्षेत्रसंग सम्वन्धित नयां नयां तथ्यहरुको खोजी तथा परिक्षणहरुको लागि प्रयाप्त मात्रामा परीक्षण तथा परीणकलाहरु प्रदान गर्छ ।
९)विशेष किसिमका वालवालिकाहरुको सिकाइलाई निर्देशन गर्न (To guidance the education of  exceptional children):९त्य नगष्मबलअभ तजभ भमगअबतष्यल या  भहअभउतष्यलब िअजष्मिचभल०स्शिक्षा मनोविज्ञानले विशेष किसिमका वालवालिकाहरुको आवश्यकता अनुसार शैक्षिक व्यवस्थापन,पाठ्यपुस्तकको निर्माण,सिकाइ सामाग्रीको निर्माण तथा प्रयोग, शिक्षणविधिको छनौट, आदि विषयहरुमा सम्वन्धित पक्षहरुलाई निर्देशन र सल्लाह प्रदान गर्ने काम गर्छ ।
१०)सकारात्मक मनोवृत्तिको विकास गर्न (To develop positive attitude ):स्शिक्षा मनोविज्ञानले शिक्षकमा विषयगत तथा पेशागत अतिरिक्त उसमा सकारात्मक मनोवृत्तिको विकास गर्न र विद्यार्थीमा समेत शिक्षा प्रति सकारात्मक मनोवृत्तिको विकास गराउन शिक्षकलाई  सक्षम वनाउछ ।
११)मानसिक स्वास्थ्यताको ज्ञान प्राप्त गर्न { (To get knowledge of mental health):९त्य नभत पलयधभिमनभ या mभलतब िजभबतिज०स्शिक्षा मनोविज्ञानले विद्यार्थीहरुको मानसिक स्वास्थ्यता वा अस्वास्थ्यता वा समायोजन र असमायोजनका कारक तत्वहरुको वारेमा जानकारी प्रदान गर्छ ।जसवाट शिक्षकलाई वालवालिकाहरुको शैक्षिक समायोजन गराउन सहयोग गर्छ ।

शिक्षकको लागि मनोविज्ञानको आवश्यकता (Needs of educational psychology fo teacher ):स्शिक्षक वालवालिकाहरुको सामाजिकीकरण गराउनमा पुुर्‍याउने एउटा नमुना एवं स्रोत व्यक्ति र शैक्षिक प्रयोगशाला हो । तसर्थ शिक्षक पेशागत एवं विषयगत रुपमा दक्ष र आदर्श हुनु पर्छ ।जसले वालवालिकाहरुको चौतर्फी एर्व सन्तुलित विकासमा सहयोग पुर्‍याउछ । तर शिक्षक पेशागत रुपमा दक्षमा हुनाको लागि मनोविज्ञानको ज्ञान हुना नितान्त जरुरी हुन्छ । शिक्षा मनोविज्ञानले शिक्षकमा निम्न लिखित ज्ञानहरु उपलब्ध गराई शिक्षण सिकाइलाई प्रभावकारी र शिक्षकलाई पेशागत तथा विषयगत रुपमा अभिवृद्धि गराउने 
भएकोले शिक्षकलाई मनोविज्ञान नितान्त आवश्यक हुन्छ ।
१)सिकारु लाई जान्न(To identify the learner ):स्शिक्षकले जव  ा सम्म आºना विद्यार्थीलाई बुझ्न सक्दैन तब सम्म प्रभावकारी शिक्षणलाई अगाडि वढाउन सक्दैन ।जवकी शिक्षा मनोविज्ञानले शिक्षकलाई विद्यार्थीको निम्न लिखित जानकारी प्रदान गर्छ :
i )विद्यार्थीको रुची क्षमता चहना र अन्य आन्तरिक प्रतिभाहरु पत्ता लगाउन ।
ii) विद्यार्थीको सामाजिक ,संवेगात्मक ,वौद्धिक ,भौतिक र सौन्दयात्मक आवश्यकताहरु पत्ता लगाउन ।
iii) विद्यार्थीहरुको उत्प्रेरणा पत्ता लगाउन ।
iv) विद्यार्थीहरुको समुहगत कार्य पत्ता लगाउन ।
v) विद्यार्थीको मानसिक स्वास्थ्ता पत्ता लगाउन ।
२) विकासात्मक विशेषताहरु बुझ्न(To understand developmental characteristics):स्शिक्षा मनोविज्ञानले शिक्षक तथा शिक्षाविद्धहरुलाई हरेक विकासात्मक चरणहरुमा देखा पर्ने विशिष्ट विशेषताहरुको वारेमा जानकारी गराई लक्षित शैक्षिक उदेश्य अनुसार शैक्षिक कार्यक्रमहरु तयार गर्न र विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउन अर्थपूर्ण सल्लाहहरु उपलब्ध गराउने काम गर्छ ।
३) कक्षा शिक्षणको प्रकृति बुझ्न (To understand the nature of classroom):स्शिक्षा मनोविज्ञानले शिक्षकलाई साधारण तथा विशिष्ट अवस्थामा कक्षा शिक्षण प्रक्रियाको ज्ञान उपलब्ध गराउनको साथै विषय वस्तु र सिकारुको प्रकृति हेरी सिकाइ प्रक्रियामा प्रभावकारिता ल्याउन उपयुक्त सिकाइका नियम तथा सिकाइका सिद्धान्तहरुको प्रयोगको लागि उपुक्त सल्लाह प्रदान गर्छ ।
४) व्यक्तिगत विभिन्नता बुझ्न (To understand individual differences):स्शिक्षा मनोविज्ञानले व्यक्तिगत विभिन्नताको अर्थ ,प्रकार, प्रकृति,शैक्षिक क्षेत्रमा यसको प्रभावको वारेमा शिक्षकलाई यथेष्ट मात्र जानकारी उपलब्ध गराइ प्रभावकारी शिक्षण गर्न सहयोग गर्छ ।
५) प्रभावकारी शिक्षण विधिको वारेमा बुझ्न(To understand effective teaching methods ):९त्य गलमभचकतबलम भााभअतष्खभ तभबअजष्लन mभतजयमक ०स्शिक्षा मनोविज्ञानले शिक्षकलाई प्रभावकारी सिकाइका सिद्धान्तहरु ,नयां नयां शिक्षण विधि र प्रविधिहरु गराई परिस्थिति अनुसार प्रभावकारी ढंगवाट शिक्षण गर्ने कला प्रदान गर्छ ।
६) सिकाइ परिणामको मापन गर्न (Measurement of learning outcome):शिक्षा मनोविज्ञानले शिक्षकलाई विभिन्न किसिमका मनोवैज्ञानिक प्रविधिहरुको ज्ञान प्रदान गरी विद्यार्थीको शैक्षिक दक्षताको मूूल्यांकन गर्न सहयोग गर्नुको साथै यसले विद्यार्थीको उपलब्धीको अधारमा आºनो शिक्षण विधिको समेत मूल्यांकन गर्न शिक्षकलाई सहयोग प्रदान गरी सिकाइ प्रक्रियामा सहयोग पुर्‍याउछ ।
७) अनुसन्धान गर्न { (To research ):९त्य चभकभबचअज ०स्शिक्षा मनोविज्ञानले शिक्षकलाई शिक्षा क्षेत्रसंग सम्वन्धित नयां नयां तथ्यहरुको खोजी तथा परिक्षणहरुको लागि प्रयाप्त मात्रामा परीक्षण तथा परीणकलाहरु प्रदान गर्छ ।
८)सकारात्मक मनोवृत्तिको विकास गर्न(To develop positive attitude ):स्शिक्षा मनोविज्ञानले शिक्षकमा विषयगत तथा पेशागत अतिरिक्त उसमा सकारात्मक मनोवृत्तिको विकास गर्न र विद्यार्थीमा समेत शिक्षा प्रति सकारात्मक मनोवृत्तिको विकास गराउन शिक्षकलाई  सक्षम वनाउछ ।
९)मानसिक स्वास्थ्यताको ज्ञान प्राप्त गर्न (To get knowledge of mental health):स्शिक्षा मनोविज्ञानले विद्यार्थीहरुको मानसिक स्वास्थ्यता वा अस्वास्थ्यता वा समायोजन र असमायोजनका कारक तत्वहरुको वारेमा जानकारी प्रदान गर्छ ।जसवाट शिक्षकलाई वालवालिकाहरुको शैक्षिक समायोजन गराउन सहयोग गर्छ ।
१०)कक्षाककोठाको समस्या समाधान गर्न (To solve the problems of classroom ):स्कक्षाकोठामा विद्यालयवाट भाग्ने, पछौटेपन हुने, कक्षाकोठा कमजोर, गृहकार्य नगर्ने जस्ता विभिन्न किसिमका वालवालिकाहरु हुन्छन ।जसले कक्षाकोठामा ठुलो समस्या उत्पन्न गर्छ ।जुन समस्या समाधान गर्न मनोविज्ञानले शिक्षकलाई सहयोग गर्छ ।
११)आºनै वारे बुझ्न  (To know about self):स्शिक्षकमा शिक्षकका व्यवहारहरु विद्यार्थीले मन पराउने पक्षहरु, विषय वस्तुको ज्ञान,चिन्ता, द्धन्द्ध जस्ता विभिन्न पक्षहरु हुन्छन। जसले सिकाइमा प्रत्यक्ष प्रभाव पार्छन । मनोविज्ञानले शिक्षकमा भएका यस्ता भुलहरुलाई आफै जान्नको लागि सहयोग गर्छ ।जसवाट शिक्षकले आफैलाई सुधार गर्न सहयोग गर्छ ।
अभिभावकको लागि शिक्षा मनोविज्ञानको आवश्यकता (Needs of Educational Psychology for Parent ):स्शिक्षा मनोविज्ञानको ज्ञान शिक्षकलाई भएर पर्याप्त हुदैन ।यसको ज्ञान वालवालिकाको प्रत्यक्ष रेखदेख संग सरोकार राख्ने सवैलाई आवश्यक रहेको छ ।शिक्षा मनोविज्ञानले अभिभावकलाई निम्न अनुसार सहयोग गर्ने भएकोले शिक्षा मनोविज्ञानको ज्ञान अभिभावकलाई आवश्यक रहेको देखिन्छ :
१)यसले अभिभावक वर्गलाई वालवालिकाको वृद्धि र विकासको स्वरुप वारे जानकारी गराउछ ,जसले अभिभावकले वालवालिकाहरुको भविष्यको योजना वनाउन र उनीह्रुको विकासात्मक कार्यमा सहयोग पुर्‍याउन सक्छन ।
२)यसले अभिभावक वर्गलाई वालवालिकाहरुको शारीरिक, मानसिक,सामाजिक र संवेगात्मक आवश्यकता वारे जानकारी दिन्छ ।
३)यसवाट प्राप्त ज्ञानले अभिभावक वर्गलाई वालवालिकाहरुको विकासलाई सुहाउदो वातावरण सिर्जना गर्न सहयोग गर्छ ।
४)यसवाट प्राप्त ज्ञानले अभिभावकलाई समय सापेक्ष वालवालिकाहरुसंग गर्ने व्यवहार वारे जानकारी गराउछ ।
५) शिक्षा मनोविज्ञानले अभिभावक वर्गलाई आÏनो वालवालिकाहरुलाई उचित मार्गनिर्देन प्रदान गर्न सहयोग गर्छ ।
६)यसले अभिभावक वर्गलाई घरमा उत्प्रेरणपूर्ण वातावरण वनाउन सहयोग गर्छ ।
७)यसले अभिभावक वर्गलाई आÏना वालवालिकाहरुको समग्र पक्षहरुको विकास गराउन दिशा वोध प्रदान गर्छ । 

                   Objective questions

1.Which of the following is etymological or oldest meaning of psychology ?
a) The study of behavior                      b)The study of mind 
c) The study of consiciousness           d)The study of soul

2.)Which of following is  the scientific definition of psychology ?
a)Science of soul  b) Science of mind c) Science of behavior  d) Science of consciousness
3.)Which of the following is modern concept of psychology ?
a)The study science of mind  b)The study of science of soul c) The study of science of consciousness d)The study of science of behavior
4.)Which of following is scope of psychology ?
a)Identification of learner b)The science of human behavior c) The science of mind d)The science of consciousness
5.First psychology lost its soul,then mind ,then lost its consciousness .It has still behavior of sort decision of …
a)J.B.watson b)B.F.skinner c)Wood worth d) Crow and crow
6.)The realtion between eduction and psychology depend depend on ……
a)Subject matter b)Testing and experiment c) Code of conduct d) All of the above
7.)The nature of educational psychology is …..
a)As applied science b)As historical science c)Pure science d)Exact science 
8.)Psycholgy is the positive sciece of behavior is the definition of …
a)B.F.skinner b) J.B.watson c)Hall d) Pavlov
7.)Who is known as the father of behavioral theory ?
a)J.B.watson b)Plato c)Skinner d)Aristole
8.)Educational Psychology  deals with the study of ...........
a)Psychological process from stand point of Pschology.
b)Educational process from the standpoint of Psychology.
c)Impression, imagination,perception of human being.
d)Instructional analysis of philosophical problems . 


                            भाग : एक ( १) 
एकाइ : दुई ( २)                        मानव बृद्धि र विकास (Human Growth and Development )

विकासात्मक मनोविज्ञानको अवधारणा ( Concept of developmental psychology ) :विकासात्मक मनोविज्ञान मनोविज्ञानको एउटा महत्वपूर्ण शाखा हो । जसले मानव विकासका सम्पूर्ण पक्षहरु जस्तो: शारीरिक मानसिक ,वौद्धिक , सामाजिक,सवेगात्मक जस्ता सम्पूर्ण पक्षहरुको व्याख्या विश्लेषण र अध्ययन गर्ने गर्छ ।त्यसैले मानिसको गर्भाधारणा अवस्था देखि मृत्युपर्यन्त सम्मका विभिन्न अवस्थाहरुमा देखा पर्ने विभिन्न परिवर्तनहरुको व्यवस्थित अध्ययन तथा योजनावद्ध ढगंले अध्ययनले गर्ने विज्ञानलाई विकासात्मक मनोविज्ञान भनिन्छ ।अर्थात मनाव विकासको क्रममा देखा पर्ने परिवर्तन र विशेषताहरुले मानवीय व्यवहारमा कस्तो प्रभाव पार्दछन ,परिवर्तनका कारणहरु के के हुन ,परिवर्तनका स्वरुपहरु जीवनको कुन भागमा कसरी,किन देखा पर्दछन,परिवर्तनहरु सार्वभौम हुन की व्यक्तिगत,परिवर्तनहरु भविष्यवाणी गर्न सक्ने छन,छैनन्, जस्ता पक्षहरुको  व्यवस्थित अध्ययन गर्ने मनोविज्ञानको शाखालाई विकासात्मक मनोविज्ञान भनिन्छ ।मनोवैज्ञानिक हर्लकले विकासात्मक मनोविज्ञानका केही उदेश्यहरु निम्न अनुसार उल्लेख गरेकी छिन :
१.)एउटा विकासात्मक अवस्थावाट अर्को विकासात्मक अवस्थामा जांदा व्यक्तिको व्यवहार ,रुची, र लक्ष्यमा देखा पर्ने उमेर अनुसारको विशेष परिवर्तनहरु र साझा परिवर्तनहरु के के हुन्छन भनी पत्ता लगाउन ।
२.)ती परिवर्तनहरु कहिले आउछन पत्ता लगाउन ।
३.)ती के कस्ता कारणवाट आउछन पत्ता लगाउन ।
४.)ती परिवर्तनहरुले व्यवहारमा कसरी प्रभाव पार्छन ।
५.)ती परिवर्तनहरुलाई पहिले नै बताउन वा भविष्यवाणी गर्न सक्निन्छ वा सक्न्नि पत्ता लगाउन ।
६.)ती परिवर्तनहरु व्यक्तिगत वा सार्वभौम के हुन पत्ता लगाउन ।
विकासात्मक मनोविज्ञानका माथि उल्लेखित उदेश्यहरुको आधारमा पनि गर्भ अवस्थामा वालकले प्रवेश गरेको अवस्थावाट मृत्य  पर्यन्तसम्म मानिसको शारीरिक ,मानसिक, सामाजिक,वौद्धिक संवेगात्मक आदि पक्षहरुमा देखा पर्ने परिवर्तनहरुको योजनावद्ध तथा व्यवस्थित तरीकावाट अध्ययन गर्ने शास्त्रलाई  विकासात्मक मनोविज्ञान हो । 

वृद्धि र विकासको अर्थ { (Meaning of growth and development ):स्मानव शरीरको भित्री तथा वाहिरी तथा वाहिरी अंगहरुको आकार,प्रकार,तौल, उचाइ,मोटाइ,आदि विभिन्न क्षेत्रहरुमा देखा पर्ने परिणात्मक परिवर्तनलाई वृद्धि भनिन्छ । जस्तो स्मुुटु,फोक्सो जस्ता भित्री अंगहरु र हात खु्ट्टा जस्ता वाहिरी अंगहरु वढ्नु वृद्धिको उदाहरण हो ।यो गर्भाधारण अवस्थावाट शुरु भई जीवनको निश्चित विन्दुमा पुगी अन्त हुन्छ ।वृद्धिको गति र मात्रा असन्तुलित हुन्छ ।किनकी अंगहरुमा अनुपातिक परिवर्तन हुन्छ ।यो वंशाणुगत गुण र वातावरण,हार्मोन्स, स्वास्थ्य र लैंगिक विभिन्नतावाट प्रत्यक्ष प्रभावित रहेको हुन्छ ।

वृद्धि,परिपक्वता,सिकाइको परिणाम स्वरुप व्यक्तिका ेशारीरिक,मानसिक, वौद्धिक,सामाजिक र संवेगात्मक पक्षमा देखा पर्ने सकारात्मक प्रगतिशील र गुणात्मक परिवर्तनलाई विकास भनिन्छ । जुन एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसको  ढांचा निश्चित र भविष्यवाणी गर्न सक्ने हुन्छ ।जस्तो स्कुनै वच्चा   हिडन सिक्नु भन्दा पहिले उभिन सिक्छ ।त्यस्तै उभिन सिक्नु भन्दा पहिले वामे सर्न सिक्छ ।जुन विकासको उदाहरण हो ।मनाव विकासलाई पनि उसको शारीरिक वृद्धि,परिपक्वता,पारिवारिक वातावरण, सांस्कृतिक चालचलन,अभ्यास,सिकाइका अवसरहरु जस्ता पक्षहरुले प्रभाव पार्ने भएकोले विकासमा व्यक्तिगत विभिन्नता पाइन्छ ।
वृद्धि विकास वीच यसरी भिन्नता देखिए तपनि यिनीहरुलाई एक अर्कावाट अलग राखी कुनै एकको अस्तित्वको कल्पना गर्न सक्दिैन,किनकी वृद्धिले विकासले विकासको लागि आधारशीलाको प्रदान गर्छ।अर्थात वृद्धि विना विकास सम्भव हुदैन ।विकासको लागि उमेरजन्य परिपक्वता र सिकाइको आवश्यकता पर्दछ जवकी परिपक्वता उमेर जन्य वृद्धिवाट सम्भव हुन्छ ।त्यस्तै जव सम्म वृद्धिले विकासको रुप लिन सक्दैन तव सम्म वृद्धिको आºनो कुुनै अस्तित्व हुदैन । त्यसैले वृदि र विकास एक अर्कासंग अन्तर सम्वन्धित रहेको देखिन्छ ।

मानव वृद्धि र विकास वीच भिन्नता (Differences between growth and development ):वृद्धि र विकासको शाब्दिक अर्थलाई यी दुई वीच सामानता देखिन्छ ।तर तात्विक रुपमा हेर्दा यी दुई वीचमा निम्न अनुसारको भिन्नता रहेको देखिन्छ :

वृद्धि(Growth)

विकास(Development)

१_वृद्धिले व्यक्तिको शारीरिक पक्षमा देखा पर्ने पणिात्मक परिवर्तनको वोध गराउछ ।
२_वृद्धि जीवनको निश्चित उमेर सम्म मात्र हुन्छ ।
 
३_वृद्धि वंशाणुगत गुणवाट वढी र वातारणवाट वढी प्रभावित हुन्छ ।
४_वृद्धि प्रत्यक्ष रुपमा शारीरिक परिपक्वतासंग मात्र सम्वन्धित
 हुन्छ ।
 
५_वृद्धि विकासको पूर्वाधार हो ।
 
६_वृद्धिलाई निश्चित एकाइमा मापन गर्न सक्न्छि ।
 
७_वृद्धिको अर्थ विकासको जगवाट वुझ्नु पर्छ ।अर्थात वृधि विकासको सानो अशं हो ।
८_पहिले वृद्धि हुन्छ ।त्यसपछि मात्र विकास हुन्छ ।
९_वृद्धि शब्द विकासको विश्लेषषात्मक पक्ष हो ।

१_विकासले व्यक्तिको जीवनका सम्पूर्ण पक्षहरुमा देखा पर्ने गुणात्मक परिवर्तनको वोध गराउछ ।
२_विकास गर्भाधान अवस्था देखि मृत्यु पर्यन्त सम्म निरन्तर चलिरहन्छ ।
३_विकास वंशाणुक्रम र वातावरण दुवैवाट प्रभावित हुन्छ ।
४_विकास शारीरिक मानसिक, वौद्धिक, सामाजिक, संवेगात्मक आदि सम्पूर्ण पक्षको परिपक्वतासंग सम्वन्धित हुन्छ ।
५_विकास सिकाइ र परिपक्वताको प्रतिफल हो ।
६_विकासलाई निश्चित एकाइमा मापन गर्न सक्दिैन ,तर यसलाई व्यवहार, निरिक्षण र मूल्यांकनवाट लेखाजोखा गर्न सक्न्छि ।
७_विकास वृधिको वृहत अशं हो ।
८_विकास अन्तिम हुन्छ ,तर वृद्धि पहिले हुन्छ ।
९_वि वृद्धिको संश्लेषणात्मक पक्ष
 हो ।

 वृद्धि र विकास वीच समानता (Similarties betweenGrowth and Development ): 
१.वृद्धि र विकास दुवै मानिसमा देखा पर्ने एक किसिमको सकारात्मक परिवर्तन हो ।
२.विभिन्न चरणमा वृद्धि र विकासहरु फरक –फरक हुन्छन ।
३.वृद्धि र विकास दुवै एक किसिमको जटील र संवेदनशील प्रक्रिया हो ।
४.वृद्धि र विकास दुवैले परिपक्वता प्रर्दशन गर्छन ।
५. वृद्धि र विकास दुवैको अवधी हुन्छ ,तर एउटाको सीमित र अर्कोको असीमित हुन्छ । 
६.वृद्धि र विकास दुवै सन्तुलित आहार,वंशाणुगत गुण र वातावरणवाट प्रभावित हुन्छ ।
७.वृद्धि र विकास दुवैमा व्यक्तिगत विभिन्नता पाइन्छ ।                                                                                         

 मानव विकासको अध्ययनको उदेश्य:(Purpose of studying of human development ):
मानव विकासको अध्ययनको मुख्य उदेश्य मानव विकासको जानकारीवाट वालवालिकाहरुको मस्ष्तिकमा हुने प्रतिकुल क्रियाक्लापहरुलाई सुधार गरी समय सापेक्ष सिर्जनात्मक गर्न,मानव विकासको क्रममा विभिन्न अवस्थाहरुमा व्यवहार,रुचि, लक्ष्य,क्षमता इत्यादिमा देखिने परिवर्तनहरुको अध्ययन गर्न र ती परिवर्तनहरु किन,कहिले,कसरी भएको,सो सम्वन्धी विश्लेषण गर्न र त्यसै अनुसार शिक्षण सिकाइ ,पाठ्यक्रम ,पाठ्यपुस्तक,शैक्षिक क्रियाक्लापहरुमा सुुधारात्मक पृष्टपोषणहरुको व्यवस्था मिलाउन ,व्यक्तिको गर्भाधारण अवस्था देखि मृत्युपर्यन्त सम्मको प्रत्येक व्यवहारको अध्ययन गर्न यसको मुख्य उदेश्य रहेको छ ।त्यसैले आमा बाबु,समाज,शिक्षक,शिक्षाशिक्षा एवंमनोवैज्ञानिकहरुलाई मानवको हरेक चरणहरुमा के कस्ता शारीरिक ,मानसिक,वौद्धिक, सामाजिक, एवं संवेगात्मक परिवर्तनहरु देखा पर्छन ?उनीहरुवाट कुन उमेरमा कस्तो व्यवहारको अपेक्षा राख्ने ?कुन उमेरमा कस्तो सिकाइ स्तरका विषय वस्तुहरु उपयुक्त हुन्छन ?कस्तो व्यवहारले सिकाइ प्रति अभिप्रेरित गर्न सक्न्छि ?सन्तुलित व्यवहारको लागि कस्तो पक्षहरुमा ध्यान पुर्‍याउनु पर्छ ?समाजले अपेक्षा गरेको व्यवहारहरु निर्माण गर्न समेत सहायोग गर्नु मानव विकासको उदेश्य रहेको छ । 
त्यस्तै मनोवैेज्ञानिक हर्लक अनुसार मानव विकासको अध्ययनका उदेश्यहरु निम्न अनुसार रहेका छन :
१.)मानव विकासको क्रममा वालवालिकाहरुमा एक विकासात्मक अवस्थावाट अर्को विकासात्मक अवस्थामा देखा पर्ने साझा र विशेष गुणहरु एवं विशेषताहरु पत्ता लगाउन ।
२.)वालवालिकाहरुमा ती विशेषताहरु देखा पर्ने समय पत्ता लगाउन ।
३.)वालवालिकाहरुमा ती विशेषताहरु देखा कारणहरु पत्ता लगाउन ।
४.)वालवालिकाहरुमा ती व्यवहारहरुले कसरी असर पार्छन सो पत्ता लगाउन ।
५.)ती विशेषताहरुलाई व्याख्या गर्न वा भविष्यवाणी गर्न सक्न्छि वा सक्न्नि भन्ने कुरा पत्ता लगाउन ।
६.)वालवालिकाहरुमा देखा पर्ने ती विशेषताहरु साझा वा सर्वव्यापी हुन वा व्यक्ति पिच्छे फरक –फरक हुन पत्ता लगाउन ।
त्यसैले आजको परिवेशमा शिक्षक, शिक्षाविद्ध र आभिभावक समेतले पनि मानव विकासको अध्ययनको उदेश्यहरुको अध्ययन,व्याख्या,विश्लेषण एवं मनन् गर्नु पर्ने अपरिहार्य रहेको छ । 
मानव विकासको अध्ययननको उदेश्यको महत्व(Importance of studying of human development ):  शुरु शुरुमा शिक्षाको उदेश्य वालवालिकाहरुलाई ज्ञान प्रदान गर्नुमा मात्र सीमित थियो । जसको लागि वालवालिकाहरुलाई वढी भन्दा वढी ज्ञानका  तथ्य वा कुराहरु कठस्थ गर्न लगाइन्थ्यो ।त्यसैको आधारमा वालवालिकाहरुको योग्यता र वौद्धिकता निर्धारण गरिन्थ्यो ।तर आज भोलि शिक्षाको उदेश्य वालवालिकाहरुलाई ज्ञान प्रदान गराउनमा मात्र सीमित नरही वालवालिकाहरुको शारीरिक,मानसिक, वौद्धिक, सामाजिक र संवेगात्मक पक्षहरुको विकास गर्नु रहेको छ ।जसको लागि वालवालिकाहरुको शारीरिक, मानसिक,वौद्धिक,सामाजिक र संवेगात्मक पक्षहरुको विकास हुनु पर्छ । जवकी ती पक्षहरुको सन्तुलित विकास गर्नको लागि वालवालिकाहरुको गुण,स्वभाव, वानी, व्यवहार, रुची, क्षमता आवश्यकता  चाहना इत्यादि पक्षहरुको वारेमा जानकारी राख्नु पर्ने आवश्यक हुन्छ । जुन मानव विकासको अध्ययनवाट मात्र सम्भव हुन्छ ।त्यसैले आजको परिवेशमा शिक्षक, अभिभावक,शिक्षाविद्ध, समाज र त्यससंग सम्वन्धित सवै पक्षहरुलाई मानव विकासको अध्ययन नितान्त आवश्यक रहेको छ ।त्यस्तै मानव विकासको अध्ययनको महत्वलाई लिखित वुदांहरुवाट प्रस्ट्याउन सक्न्छि :
१.) मनोवैज्ञानिक हर्लक अनुसार :विभिन्न विकासात्मक अवस्थामा वालवालिकहरुले के कस्तो व्यवहार देखाउछन? ती व्यवहारहरु किन, के कारणले,कहिले देखाउछन?तिनले मानव व्यवहारमा के कस्ता प्रभाव पार्छन ?जस्ता पक्षहरुको वारेमा पत्ता लगाउन मानव विकासको अध्ययनले सहयोग गर्छ । 

२.)मनोवैज्ञानिक वैज्ञानिक रुसो अनुसार:शिक्षकले विद्यार्थीको पाना– पाना पढनु पर्छ ।जसको लागि मानव विकासको अध्ययनले सहयोग गर्छ । 
३_मनोवैज्ञानिक पियाजे अनुसार वालवालिकाहरुका]
i)Sensory motor stage –-जन्मदेखि २ वर्ष सम्म )
ii)Pre operational stage -२ वर्ष देखि ७ वर्ष सम्म )
iii)Concrete operational stage -७ वर्ष देखि १३ वर्ष सम्म )
iv)Formal operational stage -१३ वर्ष देखि माथिका अवस्थाहरु_
मा के कस्ता कार्य, स्वभाव, व्यवहारहरु देखा पर्छन, साथै उक्त पक्षहरुको उपचार गर्न समेत मानव विकासको अध्ययनले सहयोग गर्छ ।
)व्यवहारवादी मनोवैज्ञानिकहरुको निष्कर्ष अनुसार Mवालवालिकाहरुमा व्यक्तिगत विभिन्नता, विभिन्न स्वभाव र व्यवहारहरु हुन्छन ।मानव विकासको अध्ययनले यी विभिन्नताहरु पत्ता लगाई वालवालिकाहरुमा चाहेको व्यवहार निर्माण गर्न सहयोग गर्छ ।
) संज्ञानवादी मनोवैज्ञानिक अनुसार Mवालवालिकाहरुको अन्तरनिहित प्रतिभाको विकासको लागि उपयुक्त वातावरणको विकास गर्न मानव विकासको अध्ययनको आवश्यकता पर्छ ।
)विद्यालयको काम : शिक्षक ,विद्यार्थी,र अभिभावकको वीचमा असल सम्वन्ध स्थापना गर्नुे पर्ने हुन्छ ।जसको लागि उनीहरुको रुची, क्षमता,क्रियाक्लाप व्यवहार आदि पत्ता लगाउनु पर्ने आवश्यक हुन्छ ।जुन मानव विकासको अध्ययनवाट मात्र सम्भव हुन्छ ।
)वालवालिकाहरुको सन्तुलित विकास Mको लागि उनीहरुको शैक्षिक, मानसिक ,वौद्धिक, सामाजिक, संवेगात्मक र शैक्षिक पक्षहरुको विकास राम्रो संग भएको हुनु पर्छ । जुन पक्षहरुको विकास भएको छ, छैन ,के कारणले प्रभाव पारको छ ,कसरी उपचार गर्न सक्न्छि , जस्ता सम्पूर्ण पक्षहरुको जानकारी मानव विकासको अध्ययनवाट प्राप्त हुन्छ ।
)मानव विकासको अध्ययनवाट वालवालिकाहरु कुन उमेरमा के कस्ता व्यवहारहरु देखा पर्छन ।सो सम्वन्धी जानकारी प्राप्त हुन्छ ।जसले त्यसै अनुसारको वातावरण उपलब्ध गराएर अपेक्षित व्यवहारको निर्माण गर्न सहयोग पुग्छ ।
)मानव विकासको अध्ययनवाट वालवालिकाहरुमा उमेर अनुसारको रुची क्षमता, स्तर,देखा पर्ने व्यवहारहरु, त्यसको लागि आवश्यक पर्ने वातावरण, प्रभाव पार्ने तत्वहरु, जस्ता पक्षहरुको वारेमा जानकारी प्राप्त हुने भएकोले यसको अध्ययनवाट मानव विकास प्रक्रियामा समय सापेक्ष सुधार गर्न सक्न्छि । 

मानव विकासका मुख्य निर्धारकहरु (Main determents of Development):वृद्धि र विकासलाई प्रभाव पार्ने वा निर्धारण गर्ने तत्वहरुलाई विकासको निर्धारक भनिन्छ । विभिन्न अध्ययन तथा अनुसन्धानको अधारमा पत्ता लगाइएका निर्धारकहरु निम्न अनुसार रहेका छन :

क_ वंशाणुक्रम (Heredity)

ख­­_ वातावरण (Environment)

क_ वंशाणुक्रम (Heredity):
वशाणुक्रम भनेको आमा बावुवाट सन्तानमा सर्ने गुण हो । जस्तो: छोरा छोरीको आमा बावु जस्तो नाक ,कान, आंखा, औला आदि हुनु वंशाणुक्रमका उदाहरण हुन । अर्थात वच्चाहरु जन्मदा केही गुण वा विशेषताहरु लिएर आएका हुन्छन, जसलाई वंशाणक्रम भनिन्छ । त्यस्तै जेम्स ड्रेभर अनुसार आमा वावुका शारीरिक तथा मानसिक गुणहरु सन्तानहरुमा हस्तान्तरण हुनुलाई वशाणुक्रम भनिन्छ । अर्थात आमा वावुको माध्यमवाट पूर्वका गुणहरु सन्तानमा सर्नुलाई लाई वंशाणुक्रम भनिन्छ ।वशाणुक्रमको मानव विकासमा हुने प्रभावहरु वारे केही नियम र भनाइहरु पनि रहेका छन ।
 जुन भनाइहरु :
  • आमा वाबुका व्यक्तित्वका गुणहरु वालवालिकाहरुमा सर्छन ।
  • वालवालिकाहरुको मुख्य गुण र विशेषताहरुमा वंशाणुक्रमको प्रभाव पर्छ।
  • वंशाणुक्रमले सामाजिक स्थितिमा प्रभाव पार्छ ।
  • आमा वावुको शारीरिक लम्वाइ र चौडाइको आधारमा वालवालिकाहरुको आकार र लक्षण निर्माण हुन्छ ।
  • वंशाणुगत गुणहरु आमा वावुवाट १/२ भाग,हजूर वावु आमावाट १/४ भाग,र वडा हजूर वावुवाट १/८ भाग वा १ /२+१/४+१/८–––––––१/n को अनुपातमा गुणहरु सन्तानमा सारेर आउछन ।
नियमहरु :
  1. वीज कोषको निरन्तरताको नियम :यस नियम अनुसार आमा वावुको आर्जित गुणको कुनै असर नपरी गर्भाधानको समयमा परिपक्व (ग्यामेट) कोषमा निहित रहेका गुणहरु सन्तानहरुमा प्रसारण हुन्छन ।
  2. संक्रमणको नियम :मनौवैज्ञानिक प्याभ्लभ अनुसार आमा वावुले आर्जित गरेका गुणहरु सन्तानहरुमा प्रसारण हुन्छन ।
  3. मेन्डलको नियम :मेन्डल अनुसार समानले समान जन्म दिन्छ ।
  4. विभिन्ताको नियम :लेमार्क र डार्विन अनुसार सन्तानहरुमा महत्वपूर्ण गुणहरुको वंशाणुगति हुन्छ ।
  5. थर्नडाइक अनुसार सन्तानहरुको निम्न लिखित लक्षणहरुमा आमा वावुको प्रभाव हुन्छ :
  • शारीरिक लक्षण
  • जातीय श्रेष्ठता
  • व्यवसायिक लक्षण
  • सामाजिक प्रभाव 
  • व्यक्तित्वको प्रभाव
  • वुद्धि 
यसरी माथि उल्लेखित वंशाणुक्रमसंग सम्वन्धित विभिन्न परिभाषा भनाइ र नियमहरुलाई हेर्दा विकास वंशाणुक्रमको प्रतिफलको रुपमा देखिन्छ । अर्थात वंशाणुक्रम विकासको महत्वपूर्ण निर्धारक हो ।
ख­­_वातावरण (Environment ):गर्भाधारण अवस्था देखि मृत्यपर्यन्त सम्म जे,जो,जति लालन पोषण स्याहार सुसार र अन्य आवश्यक परिस्थितिहरुको सिर्जना गरिन्छ ,ती सवै वातावरण हो ।अर्थात वंशाणुक्रम वाहेक ती सवै तत्वहरु जसले मानिसलाई प्रभावित गर्छ ,त्यसलाई वातावरण भनिन्छ ।वातावरण अन्र्तगत सामान्यतया प्राकृतिक वा भौतिक वातावरण, सामाजिक वा सांस्कृतिक वातावरण,वौद्धिक वा मानसिक वातावरण र संवेगात्मक वातावरण गरी वटा पक्षहरु समावेश रहेका हुन्छन । वातावरणको सम्वन्धमा विभिन्न वातावरण वादीहरुले विभिन्न किसिमकका तर्क र परिभाषाहरु पनि दिइएका छन । जुन:
  परिभाषाहरु
  1. लक अनुसार मानव मस्तिष्क एउटा कांचो माटो हो ।जसलाई वातावरणले परिस्थिति अनुसार आकार दिन्छ ।
  2. डगलस र हल्याण्ड अनुसार वातावरण भन्ने शब्दले सवै वाहिरी शक्ति,प्रभाव र परिस्थितिहरुको सामुहिक रुपलाई जनाउछ ।जसले मानिसको जीवन,स्वाभाव, वृद्धि विकास र परिपक्वतालाई प्रभावित गर्छ ।
  3.  रस अनुसार वातावरण त्यो वाहिरी शक्ति हो ।जसले हामीलाई प्रभावित गर्छ ।
  4. वोरिगं र लग जीन वाहेक मानव विकासलाई प्रभाव पार्ने सम्पूर्ण तत्वहरुलाई वातावरण भनिन्छ ।
भनाइहरु 
  • प्रसिद्ध वातावरणवादी जे. वी. वाट्न भन्छन मलाई एक दर्नन वच्चाहरु दिनुहोस, वातावरण वनाउने अधिकार मलाई दिनुहोस, ती सवै वच्चाहरुलाई आफुले चाहे जस्तो वनाउछु ।
  • उचित सामाजिक र सांस्कृतिक वातावरणमा वालकको मानसिक विकास राम्रो हुन्छ ।
  • उच्च शैक्षिक ,सांस्कृतिक र सामाजिक वातावरण अनुसार जातीय श्रेष्ठता निधो हुन्छ ।
  • वालकको सम्पूर्ण व्यक्तित्वको विकासमा वातावरणको प्रत्यक्ष प्रभाव हुन्छ ।
  • जसरी एउटा विरुवा हुर्काउन गोडमेल ,मलजल,हावा प्रकास जस्ता आवश्यक वातावरण चाहिन्छ ।त्यस्तै मानिसमा पनि अपेक्षित वृद्धि र विकास हुना आपश्यक वातावरण चाहिन्छ ।
यसरी माथि उल्लेखित  वातावरण सम्वन्धि भनाइ तथा परिभाषाहरुलाई हेर्दा वातावरण विकासको महत्वपूर्ण निर्धारकको रुपमा रहेको देखिन्छ ।अर्थात विकास वातारणको प्रतिफल हो ।
तर यसरी विकासको महत्वपूर्ण निर्धारकको सम्वन्धमा वंशाणुक्रमवादी र वातावरणवादीहरु वीचमा मत भिन्नता ,वहस भए पनि वर्तमान मनोवैज्ञानिकहरुले विकासको लागि दुवैको अन्तरक्रियात्मक सम्वन्धको आवश्यकतालाई अगाडि सारेका छन ।वर्तमान मनोवैज्ञानिकहरु अनुसार जसरी एउटा विरुवा वंशाणुगत रुपमा जति राम्रो भएपनि उचित मल,जल,हावा ,पानी पाएन ,भने विरुवाको समुचित विकास हुना सक्दैन ।त्यस्तै वातावरण जति राम्रो भए पनि विरुवा वंशाणुक्रम रुपमा भए भने वातावरणको त्यहां कुनै अस्तित्व हुदैन । त्यसैले वर्तमान मनोवैज्ञानिक भन्छन:
  • वच्चा वंशाणुक्रम र वातावरणको उपज हो ।
  • वातावरण र वंशााणुक्रम वीच पारस्पारिक अन्तर सम्वन्ध हुन्छ ।
  • वातावरण र वंशाणुक्रमले विकासमा के कति प्रभाव पार्छ भनेर छुट्टयाउन कठिन हुन्छ ।
यसरी वर्तमान मनोवैज्ञानिकका माथि उल्लेखित तर्क र भनाइहरुलाई हेर्दा विकास वातावरण र वंशाणुक्रमको अन्तरक्रियात्मक सम्वन्धको प्रतिफल हो 
मानव विकासका विशेषताहरु-(Characteristics of human development )_ Mपरिपक्वता र सिकाइ परिणाम स्वरुप व्यक्तिको जीवनको सम्पूर्ण पक्षहरुमा देखा पर्ने गुणात्मक परिवर्तन विकास हो ।यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो ।यसका निम्न लिखित महत्वपुर्ण विशेषताहरु रहेका छन :
१.मानव विकासको क्रममा विभिन्न परिवर्तनहरु हुन्छन -(Human development involves different changes) _ मानव विकास एउटा निरन्तर चलिरहने प्रक्रिया हो ।जुन क्रम मानिसको शरीरको आकार,उचाइ,तौल,मोटाइ,शरीरका अंगहरु इत्यादि पक्षमा गुणात्मक,परिणात्मक,अनुपातिक जस्ता खालका विभिन्न परिवर्तनहरु हुन्छन,हुदै जान्छन,शारीरिक,मानसिक,वौद्धिक र संवेगात्मक पक्षमा नयां नयां परिवर्तनहरु देखा पर्छन। तसर्थ विकास निरन्तर परिवर्तन हो ।
२.प्राराम्भिक विकास वढी जटील र महत्वपूर्ण हुन्छन -(Early development are more critical and importance) ­_ मानव विकासको क्रममा प्राराम्भमा मानिसमा जुन गुण स्वभाव वानी व्यवहार रुची मूल्य मान्यताहरु देखा पर्छन। तिनीहरुले वालवालिकाहरुको भविष्यको रुपरेखा वा जग निर्धारण निर्धारण गर्ने गर्छन ।अर्थात पहिलेको विकासले पछिको विकासको निधो गर्छ। जस्तो आमाको गर्भमा हुदा राम्रो विकास नभएको वालकले पछि राम्रो गर्छ मान्न सक्दिैन ।त्यस्तै प्राराम्भको विकासलाई  वालकाको व्यक्तिगत सम्वन्ध,संवेगात्मक स्थिति,वालतालिम,वालकको प्राराम्भिक भुमिका,पारिवारिक वनोट जस्ता पक्षहरुले प्रभाव पार्ने भएको प्राराम्भिक विकास ज्यादै जटील मानिन्छ ।
३.विकास परिपक्वता र सिकाइको प्रतिफल हो-(Development is product of maturation and learning )_ मानिसमा वंशाणुगत गुण परिणाम स्वरुप प्राप्त हुने गुण,स्वभाव,अनुभवलाई परिपक्वता भनिन्छ ।जुन मानिसमा प्राय जन्मजात र स्वभाविक रुपमा प्राप्त हुने अन्तरनिहित हुने गुण हो,भने तालीम तथा अनुभवको माध्यमवाट व्यक्तिको व्यवहारमा आउने अपेक्षाकृत स्थायी परिवर्तन सिकाइ हो ।विकासको क्रममा परिपक्वताले कच्चा पदार्थको रुपमा काम गर्छ र सिकाइले त्यसलाई प्रशोधन गर्छ ।जसवाट विकासको जन्म हुन्छ ।जस्तो:२ वर्षको वालकलाई साइकल कुदाउन लगाउंदा सिक्न सक्दैन,किनकी परिपक्वताको अभाव हुन्छ ।त्यस्तै १४/१५ वर्षको मानिस परिपक्व भएपनि साइकल चढदा गुडाउन सक्दैन किनकी सिकाइको अभाव हुन्छ ।त्यसैले विकासको लागि परिपक्वता र सिकाइ दुवै आवश्यक हुन्छ ,अर्थात विकास परिपक्वता र सिकाइको प्रतिफल हो ।
४.विकासलाई पूर्व अनुमान वा व्याख्या गर्न सक्नु पछ{-Development can be predicated)_Mमानव विकासको क्रममा केही यस्ता पक्षहरु हुन्छन :
  •         विकासको ढांचामा समानता पाइन्छा।
  •         विकास सामान्यवाट विशिष्टतिर जान्छ ।
  •         विकास निरन्तर चलिरहने प्रक्रिया हो ।
  •         विकासका विभिन्न पक्षहरु वीच सह सम्वन्ध हुन्छ ।
  •         भिन्न भिन्न अंगहरुको विकास भिन्न भिन्न गतिमा हुन्छ ।
  •         प्राराम्भिक विकासले पछिल्लो विकासको निधो गर्छ ।
  •         शिर्षपादको नियम अनुसार विकास शरीरको विकास शिरवाट पैताला तर्फ अगाडि वढछ ।
  •         निकट दुरको नियम अनुसार विकास शरीरको केन्द्रीय भागवाट अगाडि वढदै जान्छ ।
विकासको क्रममा देखा पर्ने यी सार्वभौम पक्षहरुले विकासलाई अनुमान वा व्याख्या गर्न सकिन्छ ।
५.विकासमा व्यक्तिगत भिन्नता पाइन्छ -(Individual are differences in development)_ Mमानव विकास निरन्तर चलिरहने प्रक्रिया  भएपनि विकास वंशाणुक्रम र वातावरणवाट प्रत्यक्ष प्रभावित हुन्छ ।त्यसैले विकासको ढांचा एउटै भएपनि विकासको दर व्यक्ति पिच्छै फरक फरक हुन्छ ,अर्थात विकासमा व्यक्तिगत विभिन्नता पाइन्छ ।जस्तो: एउटै घरमा भएका एउटै उमेरका दुईवटा वालकहरु मध्ये एउटामा विकासको कुनै पक्ष चाडो देखा पर्न सक्छ,भने कुनैमा ढिलौ देखा पर्न सक्छ ।
 ६.विकासका प्रत्येक चरणहरु खतरा पूर्ण हुन्छन -(Each of development has hazards)_ Mमानव विकासको क्रममा विभिन्न चरणमा वालवालिकाहरुमा शारीरिक अस्वस्थ्यता,मानसिक असन्तुलन,
वातावरणीय प्रतिकुलता,विभिन्न किसिमका रोगहरु,मृत्यु,जस्ता खतराहरु देखिने भएकोले मानव विकासका चरणहरु खतरापूर्ण मानिन्छ ।
७.विकासमा सह सम्वन्ध हुन्छ-(Co-relation in development )_ Mमानव विकासको क्रममा यदि वालवालिकाहरुको शारीरिक विकास राम्रो भयो भने उसको मानसिक विकास राम्रो हुन्छ। मानसिक विकास राम्रो भएमा वौद्धिक विकास राम्रो हुन्छ। वौद्धिक विकास राम्रो भएमा वालवालिकाहरुको संवेगात्मक विकास राम्रो हुन्छ ।संवेगात्मक विकास राम्रो भएमा वालवालिकाहरुको सामाजिक विकास लगायत विकासका अन्य पक्षहरु पनि राम्रो हुन्छन । त्यसैले विकासका हरेक पक्षहरुको वीचमा सह सम्वन्ध भएको मानिन्छ ।
 
८.विकास सामान्यवाट विशिष्ट तर्फ हुन्छ-(Development from general to specific pattern )_ मानव विकासको क्रम शारीरिक,मानसिक,वौद्धिक,सामाजिक,संवेगात्मक कुनै पनि पक्षहरुमा शुरुमा  सामान्य पक्षहरुको विकास हुन्छ,पछि विशिष्ट पक्षहरुको विकास हुन्छ ।जस्तो :कुनै पनि वच्चा पहिले उभिने गर्छ र त्यसपछि हिडछ,त्यसपछि दौडछ ।त्यस्तै कुनै पनि वच्चाले शुरु शुरुमा तोते वोली निकाल्छ,त्यसपछि विशिष्ट शव्द,त्यसपछि वाक्यहरुको पनि उच्चारण गर्छ ।तसर्थ कुनै पनि विकास पहिले सामान्यवाट शुरु हुन्छ र पछि विशिष्टतिर जान्छ । 
९.प्रत्येक विकासात्मक अवधीमा निश्चित अपेक्षा राखिएको हुन्छ –-(Specific pattern, there are certain expection for every development period )_ मानव विकासको क्रममा ६ वर्ष सम्मको कुनै पनि वालवालिकाहरुवाट हिडने,खाने,वोल्ने,दिशा पिसाब गर्ने,लैंगिक भुमिका निर्वाहगर्ने,ठीक बेठीक छुट्टयाउने सक्ने,नैतिकताको विकास हुने अपेक्षा राखिन्छ ,भने ६ देखि १२ सम्म आवश्यक खेलका सीपहरु,Ïनो उमेरका साथीहरुसंग घुलमील हुने,पढाइ लेखाइ सम्वन्धी आधारभूत सिपहरु सिक्ने,दैनिक जीवन यापनका आवश्यक धारणाहरु विकास गर्ने अपेक्षा राखिने गरिन्छ ।यसरी मानव विकासको क्रममा फरक फरक चरणहरुमा निश्चित विकास हुने भएकोले प्रत्येक विकासात्मक अवधीमा निश्चित अपेक्षा राखिएको हुन्छ ।
१०.विकासात्मक ढांचामा अवधी हुन्छ-(There are period in development pattern )_ मानव विकास निरन्तर चलिरहने प्रक्रिया भएपनि उमेर अनुसार विकासको गति,मात्रा र विशेषताहरुमा फरक हुने भएकोले मानव जीवनका अवधीलाई मनोवैज्ञानिक Hurlock ले निम्न चरणहरुमा विभाजन गरिएको पाइन्छ :
१.)गर्भावास्था -­(Prenatal Period) गर्भाधारण देखि जन्म सम्मको अवधी ।यस अवधीलाई पनि निम्न लिखित ३ भागमा विभाजन गरेको पाइन्छ :
क)डिम्व अवस्था -(Period of zygote)_ गर्भाधारण देखि २ हप्ता सम्मको अवधी
ख)पिण्ड अवस्था -(Period of embryo)_ गर्भाधारण गरेको २ हप्ता देखि २ महीना सम्मको अवधी
ग) भु्रण अवस्था -(Period of fetus_) गर्भाधारण गरेको २ महीना देखि जन्म सम्मको अवधी
२)नवजात शिशु अवस्था -(Infancy Period)_ जन्मेको २ हप्ता सम्मको अवधी ।
३)शैशवास्था -(Babyhood)_ जन्मेको २ हप्ता देखि २ वर्षको अवधी ।
४)पूर्व वाल्यास्था -(Early childhood)_ जन्मेको २ वर्ष देखि ६ वर्षको अवधी ।
५)उत्तरवाल्यावस्था -(Late childhood)_ जन्मेको ६ वर्ष देखि ११/१२ वर्ष सम्मको अवधी ।
६)यौवन अवस्था वा युवा अवस्था -(Puberty)_ जन्मेको ११/१२ वर्ष देखि १५/१६ वर्ष सम्मको अवधी
७)किशोर अवस्था -(Adolescence)_ जन्मेको १४/१५ वर्ष देखि १८ वर्ष सम्मको अवधी ।
८)वयस्क अवस्था -(Adulthood )_ जन्मेको १८ वर्ष देखि ४० वर्ष सम्मको अवधी ।
९)मध्यमावस्था -(Middle age) _ जन्मेको ४० वर्ष देखि ६० वर्ष सम्मको अवधी ।
११).वृद्धावस्था (Old age) _ :जन्मेको ६० वर्ष देखि मृत्युपर्यन्त सम्मको अवधी ।
   
     परिपक्वता र सिकाइ (Maturation and Learning) मानिसमा वंशाणुगत गुण परिणाम स्वरुप प्राप्त हुने गुण,स्वभाव,अनुभवलाई परिपक्वता भनिन्छ ।जुन मानिसमा प्राय जन्मजात र स्वभाविक रुपमा प्राप्त हुने अन्तरनिहित हुने गुण हो ।अर्थात जन्मजात रुपमा मानिसको शारीरिक,मानसिक, वौद्धिक,सामाजिक क्षमता र कार्यशैलीमा आउने परिवर्तन परिपक्वता हो ।जसलाई विकास प्राप्त गर्ने प्रक्रिया वा पूर्वाधार पनि भनिन्छ। यो एउटा गुणात्मक र प्राकृतिक प्रक्रिया हो ।जस्तो: मानिसको शरीरका विभिन्न अंगहरुको रुपरेखामा हुने परिवर्तन,भाषिक, सामाजिक,वौद्धिक, र व्यक्तित्वमा हुने परिवर्तन परिपक्वताका उदाहरण हुन ।यो मानिसमा शारीरिक, मानसिक, र वौद्धिक रुपमा निरन्तर भइरहन्छ । यस सम्वन्धमा मनोवैज्ञानिकहरुले केही परिभाषाहरु पनि दिएका छन :
👉हर्लक अनुसार परिपक्वताले सिकाइ वा विकासमा कच्चा पदार्थको रुपमा सहयोग गर्छ ।व्यवहारको सामान्य र्ढाचाहरुको निर्धारण गर्छ
👉जोसेल अनुसार परिपक्वता वंशाणुगत गुणको प्रभावको शुद्ध योगफल हो ।
यसरी परिपक्वताको विभिन्न परिभाषाहरुलाई हेर्दा व्यक्तिमा वंशाणुगत गुण परिणाम स्वरुप व्यक्तिको गुण वा स्वभावमा देखा पर्ने परिवर्तन परिपक्वता हो ।यसलाई वंशाणुक्रमको संगसंगै लैंगिक विभिन्नता,पोषण,स्वास्थ्य,तालीम तथा अनुभावले पनि प्रभाव पार्ने भएकोले परिपक्वतामा पनि व्यक्तिगत विभिन्नता पाइन्छ ।
तालीम,अनुभव, अभ्यास तथा वौद्धिक क्षमताको माध्यमवाट व्यक्तिको व्यवहारमा आउने अपेक्षाकृत स्थायी परिवर्तन सिकाइ हो ।तर स्थायी परिवर्तन भन्नाले उसको अनुभव,सोचाइ,र वाह्य क्रियाक्लापमा आएको परिवर्तनलाई जनाउछ ।अर्थात सिकाइको क्रममा सर्वप्रथम सिकारुले केही महसुस गर्छ ।त्यसपछि त्यसको वारेमा सोचविचार गर्छ, र त्यसै अनुसार आÏनो क्रियाक्लापमा परिवर्तन ल्याउछ ।जस्तो:कुनै एउटा वच्चाको हात आकगोमा पोल्दा सर्वप्रथम उसले दुखेको महसुस गर्छ ।त्यसपछि आगोवाट सर्तक हुनु पर्छ भन्ने सोचविचार गर्छ  ।त्यसपछि आगो देखेपछि पछाडि सर्छ । तर व्यवहारमा आएको केही परिवर्तनहरुलाई सिकाइको अपवादको रुपमा लिएको छ ।जस्तो:
१) प्रतिक्षेप क्रिया वा अकाम्य क्रिया (Reflex action)  जस्तो :घाममा आंखा तिरमिराउनु,मिठो खाने कुरा देख्दा मुखवाट र्‍याल आउनु
२)अस्थायी परिवर्तन (Temporary change)  जस्तो : थाकेको वेलामा हाई गर्नु,पसीना काडनु,लागु पदार्थको सेवनवाट वोलीमा अस्पष्टता आउनु
३)जन्मजात प्रवृति –-Native response _ माकुरोले जालो बुन्नु,चराले गुड वनाउनु,माछा पानीमा पौडनु४)परिपक्वता (Maturation)  :जस्तो शुरुमा घस्रेर र हिडने वालक पछि दौडनु
          सिकाइलाई परिपक्वता,अभ्यास,तथा अनुभवको गुणात्मक रुप पनि भनिन्छ ।यो निरन्तर चलिरहने प्रक्रिया हो ।सिकाइ वंशाणुक्रमवाट कम र वातावरणवाट वढी प्रभावित हुन्छ ।त्यसैले सिकाइमा व्यक्तिगत विभिन्नता पाइन्छ ।यस सम्वन्धमा मनोवैज्ञानिकहरुले केही परिभाषाहरु पनि दिएका छन :
👉 गेट अनुसार तालीम तथा अनुभवको माध्यमवाट व्यक्तिको व्यवहारमा आउने परिवर्तन सिकाइ हो ।
👉Hilgard अनुसार सिकाइ एउटा प्रकिया हो ।जसवाट क्रियाक्रलापहरुको सिर्जना हुन्छ ।
👉 Gilford व्यवहारकै फलस्वरुप व्यवहारमा आउने परिवर्तन सिकाइ हो ।
👉Crow and Crow अनुसार आदत,ज्ञान,आभिवृतिको आर्जन गर्नु सिकाइ हो ।
👉Skinner अनुसार अनुभव र तालीम द्धारा व्यवहारमा आउने परिवर्तन सिकाइ हो ।
       
बृद्धि,परिपक्वता र सिकाइ वीच पारस्पारिक सम्वन्ध (Inter relationship between Growth, Maturation  and Learningवृद्धिलाई परिपक्वताको पुर्वाधार र परिपक्वतालाई सिकाइको पुर्वाधारको रुपमा लिइन्छ ।वालवालिकाहरुको वृद्धि अनुसार विकसित हुने अनुभव अथवा वौद्धिक क्षमता परिपक्वता हो,भने वालवालिकाहरुको विभिन्न अनुभव तथा वौद्धिक क्षमता अनुसार आÏनो व्यवहारमा आउने व्यवहारिक परिवर्तन सिकाइ हो ।तसर्थ वृद्धि नभई परिपक्वता नहुने,र परिपक्वता नभई सिकाइ नहुने र सिकाइ नभएकको खण्डमा वृद्धि र परिपक्वताको कुनै औचित्य हुदैन ।त्यसतै वृद्धि,परिपक्वता र सिकाइ वीचको अन्तर सम्वन्धलाई निम्न लिखित वुंदाहरुवाट पनि प्रष्ट पार्न सक्न्छि:
बृद्धि र परिपक्वता वीच अन्तरसम्वन्ध :
१)बृद्धि मानव शरीरको वाहिरी वा भित्री भागको वनौट,उचाइ,तौल इत्यादिमा हुने परिवर्तन हो,भने परिपक्वता उमेर अनुसार प्राप्त हुने अनुभव तथा वौद्धिक क्षमता हो ।जुन बृदिको कारण हुन्छ ।
२) बृद्धिले शरीरको परिणात्मक गुणलाई संकेत गर्छ र शारीरिक परिपक्वतासंग सम्वन्धित हुन्छ ।
३)बृद्धिले रसको कारणले व्यक्तिको बृद्धि दर घटवढ हुन्छ ।जुन बृद्धिले परिपक्वतामा समेत प्रभाव पार्छ ।
बृद्धिले शारीरिक वृद्धिसंग निकतम सम्वन्ध राख्छ र परिपक्वताले पनि शारीरिक बृद्धिसंग सम्वन्ध राख्छ ।५)परिपक्वतालाई मानव जीवनमा प्राप्त हुने बृद्धि र वौद्धिकताको उपज मानिन्
    परिपक्वता र सिकाइ वीच सम्वन्ध
१)परिपक्वता सिकाइको पूर्वाधार हो 
२)सिकाइ परिपक्वताका प्रतिफल हो ।
३)परिपक्वता र सिकाइलाईर् एक अर्कावाट छुट्टयाउन सकिदैन ।
४)परिपक्वता र सिकाइले विकासमा सिमांकन गर्छ 
५)सिकाइको अभावमा परिपक्वताको औचित्य हुदैन ।
६)परिपक्वताले सिकाइमा कच्चा पदाथर्को रुपमा काम गर्छ ।
७)परिपक्वता र सिकाइ विकासको आधारभुत प्रक्रियाका २ पूर्वाधार हुन ।
       यसरी माथि उल्लेखित बृद्धि र परिपक्वता र सिकाइ वीचको सम्वन्धले पनि वृद्धि ,परिपक्वता र सिकाइ एक अर्काका संग अन्तर सम्वन्धित रहेका देखिन्छन, अर्थात वृद्धिको अभावमा परिपक्वता र परिपक्वताको अभावमा सिकाइको परिकल्पना पनि गर्न सक्दिैन ।  
        
              विकासात्मक मुद्धाहरु(Developmental issues)_ मानिसको शारीरिक,मानसिक,वौद्धिक,
सामाजिक र संवेगात्मक पक्षमा देखा पर्ने गुणात्मक परिवर्तन विकास हो ।जुन मानिसमा गर्भाधारण अवस्थावाट शुरु भई मृत्युपर्यन्त सम्म चलिरहन्छ ।विकासमा प्रभाव पार्ने पहिलो पक्ष वंशाणुक्रम हो वा वातावरण हो ।विकास स्थिर हुन्छ वा परिवर्तनशील हुन्छ ।विकास निरन्तर हुन्छ वा अनिरन्तर हुन्छ ,भन्ने वारेमा मनोवैज्ञानिकहरुको अलग अलग अवधारणाहरु पाइन्छ ।यसरी मानव विकासमा  जुन अवधारणाको वारेमा सहमति वन्न सकेको छैन ।ती अवधारणाहरुलाई नै विकासात्मक मुद्धाको रुपमा लिएको छ ।जुन निम्न अनुसार रहेका छन

१)वंशाणुक्रम र वातावरण (Heredity and Environment or Nature and Nurture) _ मानिसको शारीरिक,मानसिक,वौद्धिक,सामाजिक,संवेगात्मक,सांस्कृतिक,शैक्षिक आदि सवै पक्षमा देखामा पर्ने गुणात्मक तथा सकारात्मक परिवर्तन मानव विकास भनिन्छ ।विकासकों महत्वपूर्ण निर्धारक वंशाणुक्रम हो वा वातावरण हो भन्ने पक्षमा  मनोवैज्ञानिकहरुको सहमति वन्न सकेको छैन ।जसलाई Heredity vs Environment को रुपमा लिएको छ ।
विकासको महत्वपूर्ण निर्धारक वंशाणुक्रम हो ,भन्ने तर्कसंग सहमत हुने मनोवैज्ञानिकहरु अनुसार वशाणुक्रम भनेको आमा बावुवाट सन्तानमा सर्ने गुण हो । जस्तो: छोरा छोरीको आमा बावु जस्तो नाक ,कान, आंखा, औला आदि हुनु वंशाणुक्रमका उदाहरण हुन । अर्थात वच्चाहरु जन्मदा केही गुण वा विशेषताहरु लिएर आएका हुन्छन, जसलाई वंशाणक्रम भनिन्छ । त्यस्तै जेम्स ड्रेभर अनुसार आमा वावुका शारीरिक तथा मानसिक गुणहरु सन्तानहरुमा हस्तान्तरण हुनुलाई वशाणुक्रम भनिन्छ । अर्थात आमा वावुको माध्यमवाट पूर्वका गुणहरु सन्तानमा सर्नुलाई लाई वंशाणुक्रम भनिन्छ ।वशाणुक्रमको मानव विकासमा हुने प्रभावहरु वारे केही नियम र भनाइहरु पनि रहेका छन ।
 जुन भनाइहरु :
  👉आमा बुवाका व्यक्तित्वका गुणहरु वालवालिकाहरुमा सर्छन ।
  👉वालवालिकाहरुको मुख्य गुण र विशेषताहरुमा वंशाणुक्रमको प्रभाव पर्छ।
  👉वंशाणुक्रमले सामाजिक स्थितिमा प्रभाव पार्छ ।
👉आमा वावुको शारीरिक लम्वाइ र चौडाइको आधारमा वालवालिकाहरुको आकार र लक्षण    निर्माण हुन्छ ।
👉वंशाणुगत गुणहरु आमा वावुवाट १/२ भाग,हजूर वावु आमावाट १/४ भाग,वडा हजूर वावुवाट १/८ भाग वा १ /२+१/४+१/८–––––––१/n को अनुपातमा गुणहरु सन्तानमा सारेर आउछन ।
नियमहरु :
👉वीज कोषको निरन्तरताको नियम :यस नियम अनुसार आमा वावुको आर्जित गुणको कुनै असर नपरी गर्भाधानको समयमा परिपक्व (ग्यामेट) कोषमा निहित रहेका गुणहरु सन्तानहरुमा प्रसारण हुन्छन ।
👉संक्रमणको नियम :मनौवैज्ञानिक प्याभ्लभ अनुसार आमा वावुले आर्जित गरेका गुणहरु सन्तानहरुमा प्रसारण हुन्छन ।
👉मेन्डलको नियम :मेन्डल अनुसार समानले समान जन्म दिन्छ ।
👉विभिन्ताको नियम :लेमार्क र डार्विन अनुसार सन्तानहरुमा महत्वपूर्ण गुणहरुको वंशाणुगति हुन्छ ।
👉थर्नडाइक अनुसार सन्तानहरुको निम्न लिखित लक्षणहरुमा आमा वावुको प्रभाव हुन्छ :
          शारीरिक लक्षण
          जातीय श्रेष्ठता
          व्यवसायिक लक्षण
          सामाजिक प्रभाव
          व्यक्तित्वको प्रभाव
          वुद्धि
यसरी माथि उल्लेखित वंशाणुक्रमसंग सम्वन्धित विभिन्न परिभाषा भनाइ र नियमहरुलाई हेर्दा विकास वंशाणुक्रमको प्रतिफलको रुपमा देखिन्छ । अर्थात वंशाणुक्रम विकासको महत्वपूर्ण निर्धारक हो ।
त्यसतै विकासको महत्वपूर्ण निर्धारक वातावरण हो भन्ने तर्कसंग सहमत हुने मनोवैज्ञानिकहरु अनुसार गर्भाधारण अवस्था देखि मृत्यपर्यन्त सम्म जे,जो,जति लालन पोषण स्याहार सुसार र अन्य आवश्यक परिस्थितिहरुको सिर्जना गरिन्छ ,ती सवै वातावरण हो ।अर्थात वंशाणुक्रम वाहेक ती सवै तत्वहरु जसले मानिसलाई प्रभावित गर्छ ,त्यसलाई वातावरण भनिन्छ ।वातावरण अन्र्तगत सामान्यतया प्राकृतिक वा भौतिक वातावरण, सामाजिक वा सांस्कृतिक वातावरण,वौद्धिक वा मानसिक वातावरण र संवेगात्मक वातावरण गरी ४ वटा पक्षहरु समावेश रहेका हुन्छन । वातावरणको सम्वन्धमा विभिन्न वातावरण वादीहरुले विभिन्न किसिमकका तर्क र परिभाषाहरु पनि दिइएका छन । जुन:
  परिभाषाहरु
👉लक अनुसार मानव मस्तिष्क एउटा कांचो माटो हो ।जसलाई वातावरणले परिस्थिति अनुसार आकार दिन्छ ।
👉डगलस र हल्याण्ड अनुसार वातावरण भन्ने शब्दले सवै वाहिरी शक्ति,प्रभाव र परिस्थितिहरुको सामुहिक रुपलाई जनाउछ ।जसले मानिसको जीवन,स्वाभाव, वृद्धि विकास र परिपक्वतालाई प्रभावित गर्छ ।
👉रस अनुसार वातावरण त्यो वाहिरी शक्ति हो ।जसले हामीलाई प्रभावित गर्छ ।
👉वोरिगं र लग अनुसार जीन वाहेक मानव विकासलाई प्रभाव पार्ने सम्पूर्ण तत्वहरुलाई वातावरण भनिन्छ ।
भनाइहरु
👉प्रसिद्ध वातावरणवादी जे. वी. वाट्न भन्छन मलाई एक दर्नन वच्चाहरु दिनुहोस, वातावरण वनाउने अधिकार मलाई दिनुहोस, ती सवै वच्चाहरुलाई आफुले चाहे जस्तो वनाउछु
👉उचित सामाजिक र सांस्कृतिक वातावरणमा वालकको मानसिक विकास राम्रो हुन्छ ।
👉उच्च शैक्षिक ,सांस्कृतिक र सामाजिक वातावरण अनुसार जातीय श्रेष्ठता निधो हुन्छ ।
👉वालकको सम्पूर्ण व्यक्तित्वको विकासमा वातावरणको प्रत्यक्ष प्रभाव हुन्छ ।
👉जसरी एउटा विरुवा हुर्काउन गोडमेल ,मलजल,हावा प्रकास जस्ता आवश्यक वातावरण चाहिन्छ ।त्यस्तै मानिसमा पनि अपेक्षित वृद्धि र विकास हुना आपश्यक वातावरण चाहिन्छ
यसरी माथि उल्लेखित  वातावरण सम्वन्धि भनाइ तथा परिभाषाहरुलाई हेर्दा वातावरण विकासको महत्वपूर्ण निर्धारकको रुपमा रहेको देखिन्छ ।अर्थात विकास वातारणको प्रतिफल हो ।मानव विकास सम्वन्धी यी तथ्य तथा धारणाहरुवाट स्पष्ट हुन्छ, की मानव विकासको महत्वपूर्ण निर्धारण वंशाणुक्रम भए विकास वातावरणवाट किन प्रभावित भएको देखिन्छ ।त्यसैले मानव विकासको महत्वपूर्ण निर्धारक वंशाणुक्रम र वातावरणलाई एउटा मुद्धाको रुपका लिएको छ ।
 
२)स्थिरता र परिवर्तन (Stability and Change­)Mमानिसकाशारीरिक,मानसिक,वौद्धिक,सामाजिक,
संवेगात्मक,सांस्कृतिक,शैक्षिक आदि सवै पक्षमा देखामा पर्ने गुणात्मक तथा सकारात्मक परिवर्तन मानव विकास भनिन्छ ।यी विकासहरु स्थिर हुन्छन्छन वा परिवर्तनशील हुन्छन भन्ने पक्षमा मनोवैज्ञानिकहरुको सहमति हुना सकेको छैन ।जसलाइ Stability vs Change  को रुपामा लिएको छ ।
विकास परिवर्तनशील हुन्छन भन्ने तर्कसंग सहमत हुने मनोवैज्ञानिकहरु अनुसार मानव विकास गर्भाधारण अवस्थावाट शुरु हुन्छ र नौ महीना पछि सिङ्गो वालकको रुपमा जन्मिन्छ ।त्यस्तै जन्मदाको सानो वालकका बृद्ध अवस्था सम्म विभिन्न परिवर्तनहरु हुन्छन ।देखेका, जानेका,भोगेका,जानेका र सुनका अनुभव गरेका कुराहरुको स्थायीत्व नभई बिर्सिन्छThomas Chess जस्ता मनोवैज्ञानिकहरु ले मानव व्यवहारहरु परिवर्तन ल्याउत सक्न्छि भन्ने कुरामा जोड दिएका छन ।मानव विकास सम्वन्धी यी धारणाहरुले विकास स्थीर नभई परिवर्तशील हुन्छ
तर मानव विकास स्थिर हुन्छ भन्ने तर्कसंग सहमत हुने वैज्ञानिकहरु अनुसार वालकमा देखा पर्ने कतिपय क्रियाक्लाप,डर,भय,त्रास,लजालुपन आदिको प्रभाव वयस्क र बृद्ध सम्म रहीरहन्छ ।जस्तो:हुने विरुवाको चिल्लो पात, नानी देखि लागेको वानी पछि सम्म रहीरहन्छ ।जुन स्थिरताको प्रभाव हो त्यस्तै पहिले परेका प्रभाव पछि सम्म दिगो र स्थायी रहन्छ । जस्तो:जीवनमा पहिलो पटक भेटेको साथी,पहिलो पटक हेरेको चलचित्र,नयां ठाउंमा गरेको अनुभव अनन्तकाल सम्म रहीरहन्छ । England,Caspi, Silva जस्ता मनोवैज्ञानिकहरु  अनुसार  जीवनमा शुरुमा प्राप्त गरेका गुणहरु तथा देखा परेका व्यवहारहरु पछि सम्म रहीरहन्छ ।जुन स्थिरताको प्रभाव हो ।मानव विकास सम्वन्धी यी धारणाहरुवाट स्पष्ट हुन्छ की मानव विकासमा निरन्तर परिवर्तनहरु भए यी स्थिरताहरु ीकन देखिन्छन ।त्यसैले मानव विकासमा स्थिरता र परिवर्तनलाई एउटा मुद्धाको रुपमा लिएको छ ।
 
३)निरन्तर र अनिरन्तर(Continuity and Discontinuity)  मानिसका शारीरिक,मानसिक,वौद्धिक,
सामाजिक,संवेगात्मक,सांस्कृतिक,शैक्षिक आदि सवै पक्षमा देखामा पर्ने गुणात्मक तथा सकारात्मक परिवर्तन मानव विकास भनिन्छ ।यी विकासहरु निरन्तर हुन्छन वा अनिरन्तर हुन्छन भन्ने पक्षमा मनोवैज्ञानिकहरुको सहमति हुना सकेको छैन ।जसलाइ Continuity vs Discontinuity  को रुपामा लिएको छ । 
विकास निरन्तर हुन्छन भन्ने तर्कसंग सहमत हुने मनोवैज्ञानिकहरु अनुसार मानिसको गर्भाधारण भए देखि मृत्यु पर्यन्तसम्म शारीरिक, मानसिक,सामाजिक, वौद्धिक,सामाजिक,संवेगात्मक विभिन्न पक्षहरुमा क्रमिक 
रुपले परिवर्तन हुदै जान्छ ।यो मानव विकासको स्वभाविक पक्ष हो ।मानव विकासका यी विभिन्न पक्षहरुमा परिवर्तन नआउने हो भने मानव विकासको परिकल्पना पनि गर्न सक्दिैन ।मानिस जन्मदाको अवस्थामा भएको उचाइ,तौल,शारीरिक आकार प्रकार,वौद्धिक क्षमता,सामाजिक, सामाजिक आदि पक्षहरुको विकास निरन्तर हुदै गएको हुन्छ ।मानव विकास सम्वन्धी यी धारणाहरुले विकास अनिरन्तर नभई निरन्तर हुन्छ । 
तर मानव विकास अनिरन्तर हुन्छ भन्ने तर्कसंग सहमत हुने वैज्ञानिकहरु अनुसार वालकमा देखा पर्ने कतिपय विकासका पक्षहरु जस्तो उचाइ किशोर अवस्था सम्म मात्र हुन्छ ,त्यसपछि रोक्न्छि ।त्यस्तै नाक,कान,आंखा जस्ता वाहिरी अंगहरु र मुटु,कलेजो, फोक्सो जस्ता भित्री अंगहरुको बृद्धि विकास निश्चित समय सम्ममा मात्र हुन्छ,त्यसपछि रोक्न्छि ।जुन अनिरन्तरताको प्रभाव हो। मानव विकास सम्वन्धी यी धारणाहरुवाट स्पष्ट हुन्छ की मानव विकासमा निरन्तर परिवर्तनहरु भए यी अनिरन्तरताहरु किन देखिन्छन ।त्यसैले मानव विकासमा निरन्तरता रअनिरन्तरतालाई एउटा मुद्धाको रुपमा लिएको छ ।
            बृद्धि र विकास सम्वन्धी स्थानीय वा स्वदेशी अवधारणा र अभ्यास-(Indigenous understanding and Practise of Human Growth and Development_बृद्धि र विकास सम्वन्धी वैज्ञानिक सोच र अभ्यासको साथ साथै प्रत्येक विशेष स्थानमा आ आÏनो सोच र अभ्यासहरु हुन्छन ।यी सोच र अभ्यासहरु अनुभवको आधारमा निर्मित हुन्छनस्थानीय व्यक्तिहरुलेÏनो अनुभवको आधारमा वृद्धि र विकास सम्वन्धी केही निश्चित सोच र अभ्यासको विकास गरेका हुन्छन्
नेपालको सम्बन्धमा स्थानीय समाजको वृद्धि र विकास प्रतिको अभ्यासको बारे अध्ययनको अभाव नै छ । नेपाली समाजको यस सम्बन्धि सोच र अभ्यासबारे निश्कर्षमा पुग्न धार्मिक तथा संस्कृतिक मान्यतामा आधारित अभ्यासलाई मूल रूपमा लिन सकिन्छ। यस सम्बन्धमा UNICEF   ले Bringing
up a children in a changing world को शिर्षकमा ई.स. २००० मा एक अनुसन्धान गरेको थियो। अनुसन्धान नेपालका ४ वटा गाविसमा मात्र सीमित रहे तापनि यसले नेपाली समाजको वृद्धि र विकास सम्बन्ध सोच र अभ्यासलाई केहि मात्रामा संकेत गरेको निम्न अनुसार उल्लेख गरेको छ ।
 १.)नेपाली समाजले ६ वर्षको उमेरलाई आमा बाबुले विशेष स्याहार गर्नु पर्ने उमेरको रूपमा हर्दछन् यस अवधिको बच्चालाई वृद्धि उमेरको रूपमा हेर्दछन् । यस अवधिमा बच्चालाई आमाबाबुले विशेष स्याहार गर्नु पर्ने उमेरको रूपमा हेर्दछन् । यस अवधिमा बच्चाहरूलाई कुनै जिम्मेवारी लिन नसक्ने ठान्दछन् । यी मान्यता शिक्षित तथा गैर शिक्षित दुवै प्रकारका परिवारमा पाइन्छ ।
 २.)७ वर्ष देखिको उमेरलाई नेपाली अभिभावकहरू एक यस्ता उमेरको रूपमा हेर्दछन् जसमा बच्चाले नयाा नयाा जिम्मेवारी ग्रहण गर्न सक्दछ तसर्थ यस उमेरलाई औपचारिक शिक्षाको थालनीको उमेरको रूपमा हेरिन्छ । परिपक्वताको उमेर बारेमा यसको सूचकको रूपमा यौन परिपक्वतालाई लिइन्छ । केटीहरूको यौन परिपक्वताको सूचक प्रथम रजस्वलालाई लिइन्छ भने केटाहरूमा जुंगाको रेखी बस्नु र शरीरको उचाइ बढनुलाई यौन परिपक्वताको सूचकको रूपमा हेरिन्छ ।
यी सूचकहरू देखापरेपछि बालबालिका तन्नेरी भएको मानिन्छ जुन वास्तविक विकासको स्वरूप भन्दा फरक धारणा हो यथार्थमा यस उमेरका बालबालिका जैविक -Biological_ तवरले मात्र परिपक्व भएका हुन्छन् । यिनीहरू शारीरिक र मानसिक तवरले युवा भइसकेका हुदैनन् । किनकी केटीको यौन परिपक्वताको उमेर १२१५ वर्ष र केटाको यौन परिपक्वताको उमेर १५१६ वर्षको रूपमा लिइन्छ ।
       नेपालको सन्दर्भमा बाल बालिकामा हुने वृद्धि र विकास अनुरूप उनीहरूको लागि केहि विशेष संस्कार पनि सुनिश्चित गरिएका छन्
 १.) बच्चा जन्मेको १०/११ दिन (छोरा र छोरीको लागि फरक) मा उसको नामकरण संस्कार गरिन्छ । यस दिनमै बच्चालाई सूर्य दर्शन गराइन्छ यसले बच्चालाई थप न्यानो पार्ने एक उपायको रूपमा लिन सकिन्छ ।
२.) बच्चा ६ महिना पुगे पछि उसको अन्नप्रासन गरिन्छ । यसलाई बच्चालाई आमाको दुधको सट्टा ठोस खाद्य पदार्थ प्रतिको थालनीको सूचकको रूपमा लिइन्छ ।
३.) १ अथवा ३ वर्षको उमेरमा गरिने चुडाकर्म संस्कारको सम्बन्ध बच्चाको कपालको विकाससगं सम्बन्धित छ ।
४. केटीहरू रजस्वला हुनु पूर्व गरिने गुन्युचोली को उत्सव यौन अवस्थाको स्वागतको सूचक हो भने केटाहरूको उपनयन संस्कार पनि उनीहरूको लागि यौन अवस्थाको स्वागतको सूचक हो ।
 .) नेवारी समाजमा गरिने बेलविवाह  पनि यौन अवस्थाको  स्वागत गर्ने उत्सवको रूपमा लिन सकिन्छ ।
यसरी नेपाली समाजले बालबालिको वृद्धि र विकासलाई आÏनो परम्परा र संस्कृति अनुसार व्याख्या गर्दछ र यसको लागि विशेष धारणा र अभ्यासहरू प्रयोगमा ल्याउछ ।

                 मानव विकासका अध्ययनका विधिहरु(Methods of studying human development)_ मानव विकासको अध्ययन गर्न मनोवैज्ञानिकहरुले विभिन्न विधिहरुको विकास गरेका छन ।मानिसको शारीरिक,मानसिक,वौद्धिक,सामाजिक,संवेगात्मक,भाषिक, क्रियात्मक विकासहरु कुनकुन उमेरमा कुनकुन गतिमा भईरहेका हुन्छन भन्ने कुरा पत्ता लगाउन यी विधिहरुको प्रयोग गरिन्छ ।मानव विकासको अध्ययनमा प्रयोग गरिने केही प्रमुख विधिहरु निम्न अनुसार रहेका छन :

१)लम्वीय विधि -(Longitudinal Method) मानिसकको जन्म देखि मृत्यु पर्यन्त सम्मका विभिन्न अवस्थामा देखा पर्ने विशेषता, गुण,स्वभाव, व्यवहारमा हुने परिवर्तनको अध्ययन गरी सोकोको मदतवाट मानव विकासका विभिन्नहरु जस्तो:शारीरिक, मानसिक, वौद्धिक,सामाजिम,भाषिक,क्रियात्मक,संवेगात्मक जस्ता पक्षहरुको वारेमा अध्ययन गर्ने विधि लम्वीय विधि हो ।यस विधिले समयको विस्तार वा दीर्घतालाई जोड दिने भएकोले यसको नाम लम्वीय विधि राखिएको हो ।यस विधिमा कुनै एउटा वालक वा एउटै उमेर समुहका वालवालिकाहरुको कुनै निश्चित उमेरवाट अर्को कुनै निश्चित उमेर सम्म निरन्तर देखा पर्ने गुण,स्वभाव,विशेषता, र व्यवहारमा देखा पर्ने परिवर्तनहरुको संकलन  गरिन्छ ।त्यसपछि तथ्यांकहरुको विश्लेषण गरेर,सामान्यीकरण गरी प्राप्त हुने तथ्यलाई सिद्धान्को रुपमा अगाडि ल्याइन्छ ।यस विधिको शुरुवात Alan A Stone ले गरेका हुन ।यसका मुख्य पक्षधरहरुमा Jean Piaget,Terman, Buffan आदि हुन ।

लम्वीय विधिका फाइदाहरु(Advantages of Longitudinal method) 
१)वालवालिकाहरुमा बृद्धि र विकासको विश्लेषण गर्न सहयोग पुर्‍याउछ ।
२)वातावरणीय एवं सांस्कृतिक प्रभावको कारणले व्यक्तित्व र व्यवहार माथि पर्ने असरहरुको अध्ययन गर्न सहयोग गर्छ ।
३)परिपक्वता र अनुभवको सम्वन्धमा प्रक्रियागत विश्लेषण गर्ने अवसर प्रदान गर्छ ।
४)एउटा वच्चाको अध्ययनवाट अन्य वच्चाहरुको सम्वन्धमा सामान्यीकरण गर्न सहयोग गर्छ ।
५)यस विधिले लामो समय सम्ममा निरन्तर अध्ययन तथा विश्लेषण गर्ने भएकोले सही निष्कर्ष निष्कर्ष निकाल्न सहयोग गर्छ ।
६)यो अध्ययन विकासको स्वरुपको प्रत्यक्ष रुपमा गरिएको अध्ययनमा आधारित हुन्छ ।nDjLo विधिका 

बेफाइदाहरु­(Limitation or disadvantages of Longitudinal Method)
१)यो विधि आर्थिक मेहनेत र सवै दृष्तिकोणले खर्चिलो हुन्छ ।
२)यो विधि सहयोगकर्ता मुखी हुन्छ ,साथै सोधकर्ताले एउटै वच्चाको जीवनलाई केन्द्र विन्दु वनाइ लामो समय सम्म अध्ययन गर्नुपर्ने हुनाले वढी झन्झटीलो हुन्छ ।
३) अध्ययन पुरा नहुदै वच्चाको मृत्यु भएमा अध्ययन असफल हुन्छ ।
४)अध्ययनको नमुना छनौटमा विश्वासनीयता हुदैन किनकी नमुना छनौटले सवै वालवालिकाको प्रतिनिधित्व गर्न कठिन हुन्छ
५)यस विधिलाई विश्वासनीय,वैद्य, व्यवहारिक,निष्पक्ष र वस्तुगत मानिदैन ।
६)मानव विकासको क्रममा देखिनु पर्ने वा अध्ययन गर्नु पर्ने सवै मानवीय व्यवहारकाको अध्ययन गर्न यस विधिवाट कठिन हुन्छ ।
७) यस विधिमा अध्ययनको अभिलेख लामो समयमा राखिनु पर्ने हुनाले यसलाई सुरक्षित राख्न कठिन  हुन्छ वा अध्ययनको निरन्तरता टुटेयो भने सही निष्कर्ष  दिन कठीन हुन्छ ।

लम्वीय विधिका प्रयोगहरु-(Uses  or Application of Longitudinal method )
१)कुनै वालकको लामो समयमा वृद्धि र विकासको अध्ययन गर्नुे परेमा यस विधिको प्रयोग गरिन्छ ।
२)लामो समयमा  अध्ययन गरिएका विषय वस्तुहरुलाई विश्लेषण गरी नयां दृष्टिकोण निकाल्न यस विधिको प्रयोग गरिन्छ ।
३)कुनै निश्चित विषयवस्तुमा एउटै अनुसन्धान कर्ता द्धारा कुनै निश्चित व्यक्ति वा समुहको वारेमा
४)एउटै व्यक्ति वा एउटै उमेर समुहका वालवालिकाहरुमा लामो समय सम्ममा गरिएका अनुसन्धानवाट सामान्यीकरण गरी नयां दृष्टिकोण निकाल्न यस विधिको प्रयोग गरिन्छ ।
५)एउटै व्यक्ति वा एउटै उमेर समुहका व्यक्तिमा वातावरणीय र वंशाणुक्रम प्रभाव पत्ता लगाउन यस विधिको प्रयोग गरिन्छ ।
 
ख)क्षैतिज विधि (Cross–sectional Method) _विभिन्न उमरे समुहका वालवालिकाहरुलाई एउटै समुहमा समावेश गरी एकै समयमा ती विभिन्न उमेर समुहका वालवालिकाहरुमा देखा पर्ने विशेषता,गुण, स्वभाव,र व्यवहारको तुलानात्मक अध्ययन गरी सोको आधारमा मानव विकासका पक्षहरु जस्तो शारीरिक,मानसिक,वौद्धिक,सामाजिक, क्रियात्मक,संवेगात्मक जस्ता पक्षहरुको वारेमा अध्ययन गर्ने विधि क्षैतिज विधी हो ।यसलाई अल्पकालीन वा समकालीन विधि पनि भनिन्छ ।यस विधिमा Random Sampling Method वाट वालवालिकाहरुको समुहको छनोट गरिन्छ ।यसमा अनुसन्धानकर्ताहरु तथ्यांक संकलनमा एक भन्दा वढी संलग्न गराउन सक्न्छि ।यसरी प्राप्त हुने तथ्यलाई सिद्धान्तको रुपमा अगाडि ल्याइन्छ ।यस विधिमा औसत व्यवहारको खोजी गरिन्छ ।यस विधिले समस्याको छनौट,पहिचान,व्याख्या, विश्लेषण,सामान्यीकरण र विभेदीकरण गरी निष्कर्ष निकाल्ने प्रक्रियालाई अनुसरण गर्ने भएकोले यस विधिलाई वैज्ञानिक विधि भनिन्छ ।यस विधिको शुरुवात अमेरिकी मनोवैज्ञानिकTemplin हुन .Templin ले , ३.५,,४.५,,,र८ वर्ष उमेर समुहमा,प्रत्येक उमेर समुहका ६०/६० जना वालवालिकाहरुमा हुने भाषाको विकासको अध्ययन यस विधिवाट गरेका थिए।

क्षैतिज विधिका फाइदाहरु(Advantages of Cross –Sectional Method)_
१)वालवालिकाको बृद्धि विकासको विश्लेषण गर्न सहयोग गर्छ ।
२)यो विधी समय,मेहनेत,र आर्थिक सवै दृष्टिकोणले कम खर्चालु हुन्छ ।
३)कम समयमा नै विभिन्न उमेर समुहका वालवालिकाहरुको महत्वपूर्ण परिवर्तनहरुको अध्ययन गर्न सक्न्छि ।
४)एकै समयमा विविध वातावरणमा रहेका विभिन्न उमेर समु््हका वालवालिकाहरुको महत्वपूर्ण परिवर्तनहरुको अध्ययन गर्न सक्न्छि ।
५)यस विधिमा नमुना छनौट Random Sampling Method वाट गरिने भएकोले यो वढी वैद्य र विश्वासनीय मानिन्छ ।
६)अध्ययनका तथ्यहरुलाई एकै ठाउंमा राखी सामान्यीकरण गर्न सजिलो हुन्छ ।
७)यसमा अभिलेख लामो समय सम्म सुरक्षित राख्नु पर्ने समस्या हुदैन ।
८)अध्ययनको क्रममा एउटै वच्चाको जीवन कुरी रहनु पर्दैन ।

क्षैतिज विधिका वेफाइदाहरु(Limitation  or Disadvantages of Cross- Sectional Method)
१)वालवालिकहरुमा हुने निरन्तर र क्रमीक वृद्धि र विकासलाई यस विधिवाट अध्ययन गर्न सक्दिैन ।
२)विकासमा उमेर तथा समयको परिवर्तन संगै देखा पर्ने वातावरणीय तथा सांस्कृतिक प्रभावको असर यस विधिवाट अध्ययन गर्न सक्दिैन ,
३)यस विधिले विकासात्मक प्रक्रियाको औसत व्यवहारहरुको मात्र अध्ययन गर्छ ।
४)यस विधिमा अध्ययनकर्तालाई वालवालिकाहरुको विविध पक्षहरुको वारेमा अध्ययन गर्न कठिन हुन्छ ।
५)यस विधिले औसत व्यवहारको मात्र अध्ययन गर्ने भएकोले कुनै खास व्यक्तिमा भएको सही
व्यवहारहरुको प्रतिनिधित्व नगर्न सक्छ ।

क्षैतिज विधिको प्रयोगहरु(Uses of Cross– Sectional Method
१)कम समयमा धेरै प्रकारका वालवालिकाको अध्ययन गर्नु पर्ने भएमा यस विधिको प्रयोग गरिन्छ ।
२) धेरै वालवालिकाहरुमा विभिन्न विषयमा धेरै अनुसन्धानकर्ता द्धारा अध्ययन गर्नु परेमा यो विधिको प्रयोग गरिन्छ ।
३)विभिन्न उमेर,ठाउं र अनुसन्धानकर्ता द्धारा संकलन गरिएको तथ्यांकहरुलाई एउटै ठाउंमा राखेर सामान्यीकरण गर्न यस विधिको प्रयोग गरिन्छ ।
४) समय,खर्च र मेहनेतलाई न्युनीकरण गर्न यस विधिको प्रयोग गरिन्छ ।

लम्वीय विधि र क्षैतिज वीच भिन्नता (Differences between Longitudinal Method and Cross– Sectional Method

लम्वीय विधि (Longitudinal Method) 

क्षैतिज विधि (Cross– Sectional Method)

१.एउटै समूहको लगातार रूपमा वर्षौं सम्म पटकपटक अध्ययन गरिन्छ ।
२.तुलनात्मक रूपमा बढी खर्चिलो र सामान्यीकरण पुग्न धेरै वर्ष लाग्न सक्ने हुन्छ ।
३.तथ्यहरू, सूचनाहरू संकलन गर्न धेरै वर्ष कुर्नु पर्ने कारणले परिणाम निकाल्न पनि धेरै वर्ष लाग्ने हुन्छ ।
४.निश्चित अवधिमा बालकको वृद्धि र  बारेमा जानकारी प्राप्त गराउदछ ।
५.अध्ययनका क्रममा लिएका बालबालिकाहरू लामो समयसम्म पाउन कठिन हुने हुदा नमुना छनौटमा अप्ठ्यारो पर्छ ।
६.कम अनुसन्धानकर्ताहरूबाट पनि अध्ययन गर्न सकिन्छ ।

१. विभिन्न अवस्था र उमेर स्तरका धेरै समूहहरूलाई एकै पटक मात्र अध्ययन गरिन्छ ।
२.समय र रकम दुवै कम लाग्ने हुन्छ ।
३.तथ्यहरू, सूचनाहरू थोरै र चााडै नै समयमा प्राप्त हुने र परिणाम पनि चाडै निकाल्न सकिने हुन्छ ।
४. एउटै उमेर र समूहका बालकको विकासको अध्ययनबाट विशिष्ट अवस्थाको पहिचान गर्न सकिन्छ ।
५.एकै समयमा एकपटक अध्ययन गरिने हुनाले नमुना छनौटमा कठिनाइ नपर्ने हुन्छ ।
 
६.तुलनात्मक रूपमा धेरै विज्ञ र अनुसन्धानकर्ताको आवश्यकता पर्छ ।



      ग)घटना अध्ययन विधि (Case study ) मानव विकासको कुनै छोटो एकाइको विशिष्ट स्वरुपको अध्ययन गर्ने महत्वपूर्ण विधि घटना अध्ययन विधि हो । यसको मुख्य उदेश्य कुनै विशिष्ट व्यवहारको कारणको खोजी गर्नु हो अर्थात Crow and  Crow अनुसार यसको मुख्य उदेश्य कुनै कारण वा समस्याको निदान गर्नु हो ।यो अवलोकनमा आधारित विधि हो यसलाई समस्या समाधान विधि पनि भनिन्छ ।यसमा विभिन्न अवलोकलको साधनको साथै गहन सुचना प्राप्त गर्न प्रश्नावली,अन्र्तावार्ता जस्ता साधनहरुको प्रयोग गरिन्छ ।घटना अध्ययन विधिमा त्यस विशिष्ट एकाइको गहन अध्ययन मार्फत त्यस एकाइमा निश्चित विशेषताहरु उत्पन्न गर्नमा संलग्न पक्षहरु वारे जानकारी प्राप्त गर्न सक्न्छि ।मानव विकासको क्रम र वालवालिकालाई राम्रोसगं पथ प्रदर्शन र परामर्श सेवा उपलव्ध गराउन घटना अध्ययन विधिको प्रयोग गरिन्छ ।यस विधिवाट व्यक्तिको पारिवारिक ,सामाजिक सम्वन्ध,पारिवारको इतिहास,शिक्षा प्रतिको भावना आदि जानकारी प्राप्त गरिन्छ । यसमा सामान्य भन्दा असामान्य वालवालिकाको अध्ययनमा वढी जोड दिइन्छ ।जस्तो:विद्यालयवाट भाग्ने,ड.ठग्ने,चोर्ने,गृ्हकार्य नगर्ने,अर्थात वालकको विकासको स्वरुप Ïनो समुहका वालवालिका भन्दा निकै फरक छ,भने उ अध्ययनको 
लागि एक  उपयुक्त एकाइ हुना सक्छ ।यसका तत्वहरुलाई सामान्यीकरण गर्न नसक्निे अर्थात सवै वालवालिकाहरुमा लागु हुन नसक्ने भएपनि तपनि यसले थप अध्ययनको लागिको मार्गदर्शन गर्दछ वा पछिका गहन अनुसन्धानलाई मार्गदर्शन गर्ने विधिको रुपमा लिन सक्न्छि ।
 
घटना अध्ययन विधिका विशेषताहरु(Characteristics of case study method
१)यो एक सामाजिक एकाईको पूर्ण विशिष्ट तथा गहन अध्ययन हो ।
२)यसले त्यस सामाजिक एकाइका विविध पक्षको अध्ययन गर्दछ ।
३)घटना अघ्ययन गरिने एकाइको छनौट विशिष्ट स्वरुपको आधारका गरिन्छ ।
४)यसले घटना अघ्ययनसगं सम्वन्धित एकाइको वहुपक्षीय अध्ययन गर्छ ।
५)यसले मानव विकासका प्रभाव पार्ने विभिन्न पक्षको अन्तरसम्वन्ध केलाउछ
६_यस विधिले मानवीय व्यवहार सम्वन्ध  Psychologist  / Sociologist ले राखेका परिकल्पनाहरुलाई परीक्षण गर्न वस्तुगत आधार प्रदान गर्दछ ।
 
घटना अध्ययन विधिका चरणहरु(Steps  of case study method)
१.घटनाको पहिचान (Identification of case study)  यस अध्ययनको थालनी घटनाको पहिचानवाट हुन्छ ।जुन अन्य भन्दा फरक र विशिष्ट स्वरुपको हुन्छ ।
२.उदेश्यको निर्धारण गर्नु(Determination of objective)  घटनाको पहिचान पछि अध्ययनको उदेश्यको निर्धारण गरिन्छ ।यसका उदेश्यहरु खोजीपूर्ण प्रकृतिका हुन्छन ।
३.विधि निर्धारण गर्नु(Design the approach)  उदेश्य निर्धारण पश्चात अध्ययन विधि निर्धारण गरिन्छ ।यस अन्तर्गत तथ्यांक संकलनका साधन र प्रक्रिया तथा यिनीहरुको विश्लेषण प्रक्रिया सुनिश्चित गरिन्छ ।
४. तथ्याङ्क संकलन (Collection of data) यस चरणमा पूर्व निर्धारित साधनहरू प्रयोग गरि घटनाका
 विविध पक्षहरूबारे सूचना संकलन गरिन्छ ।  
५.सूचनाको संगठन र विश्लेषण (Organization and analysis of information) यस चरणमा विविध साधनहरू प्रयोग गरि प्राप्त भएका सूचनालाई अध्ययनको उद्देश्य पूरा गर्न यिनीहरूलाई संगष्ठिट गरेर विश्लेषण गरिन्छ
६. नतिजाबारे जानकारी प्रदान गर्नु (Report the result)सूचनाको संगठन र विश्लेषणबाट प्राप्त जानकारीहरू प्राप्त नतिजा सम्बन्धमा यस चरणमा प्रतिवेदन प्रास्तुत गरिन्छ
७. औचित्य प्रस्तुत गर्नु(Present the significance) अध्ययनको अन्त्यमा यसको औचित्यबारे जानकारी गराइन्छ । यस चरणमा आÏनो अध्ययनको महत्त्व र उपादेयता प्रस्तुत गरि यसको औचित्य सुनिश्चित गरिन्छ ।
 
घटना अध्ययन विधिको सबल पक्षहरू(Strengths of case study method)
१. यसले समाजको कुनै एकाइबारे गहन जानकारी प्रदान गर्दछ ।
२. यसले सम्बन्धित क्षेत्रमा थप अध्ययन गर्न मार्गदर्शन गर्दछ ।
३. यसले कुनै निश्चित एकाइका विविध पक्षहरू बारे जानकारी दिन्छ ।

घटना अध्ययन विधिका सीमितताहरू (Limitation of case study method)
१. यसले विशिष्ट एकाइको अध्ययन गर्ने भएकोले यसका निश्कर्षहरूलाई सामान्यकरण गर्न सकिदैन
२. यस अध्ययनमा पूर्वाग्रहको निकै प्रभाव पर्दछ ।अध्ययनकर्ताले घटनालाई आÏनो तरिकाले व्याख्या गर्न सक्दछ ।
३. यसले निर्णयको लागि भरपर्दो आधार प्रस्तुत गर्दैन
४. यसको विश्लेषण तथा व्याख्यामा विषयगत प्रभाव पर्न सक्दछ किनकी अनुसन्धानकर्ताले आÏनो विचारको आधारमा सूचनाको विश्लेषण र व्याख्या गरि निश्कर्षमा पुग्न सक्दछन् । 
   
                        अभ्यास (Exercise)                Group- A

A. Multiple choice questions. Tick (V) the best answer.
1. What does growth refer?
a Maturational experiences         b. Structural changes  &physiological.
c. Qualitive nature of change.      d. Progressive nature of change.
2. What is the characteristics of growth?
a. Qualitative change             b. Irreversible change.
c. Quantitativie change         C. Progressive change.
3. Which of the following is associated with the concept of development?
a. Drastic change                   b. Elementary change
c. Quatitative change            d. Qualitative change
4.Human development represents..
a. Physical change       b. Mental change 
4.Human development represents..
a. Physical change       b. Mental change 
4.Human development represents..
a. Physical change       b. Mental change 
 c. Emotional change   d. All of the above.
5. How is developoment measured?
 a. Through observation           b. Through measuring
c. Through weighing                 d. None of the above.
6. What is not included in the human growth?
c. Through weighing                 d. None of the above.
6. What is not included in the human growth?
c. Through weighing                 d. None of the above.
6. What is not included in the human growth?
a. Change in emotion        b. Change in shape.
c. Change in height           d. Increase in weight
7. Which of the following statement is true?
a. Development is the product of growth and development.
c. Change in height           d. Increase in weight
7. Which of the following statement is true?
a. Development is the product of growth and development.
c. Change in height           d. Increase in weight
7. Which of the following statement is true?
a. Development is the product of growth and development.
b. Development is the product of maturation and learning
c. Development is the product of growth and maturation.
d. Learning is the product of growth and maturity.
8. Which of the following factors of human development is considered as best?
a. Physiological and genetic            c. Cultural and environmental
b. Sociological and genetic              d. Genetic and environment.
9.Which chromosome group are responsible for determining male baby
 a) XY         b) YY      c) XX      d) all of the above
10. What is the main factors of individual difference?
a. Family structure                         b. Social structure
c.Heredity and environment          d. Weather and climate
11. Longitudinal method of study generally involves.
a. Evaluating data over a long period of time.  b. Collecting data over a short period of time.
c.Collecting data over a long period of time.       d. Evaluating data over a short period of time.
12. In a cross sectional study of human development which is studied?
c.Collecting data over a long period of time.       d. Evaluating data over a short period of time.
12. In a cross sectional study of human development which is studied?
c.Collecting data over a long period of time.       d. Evaluating data over a short period of time.
12. In a cross sectional study of human development which is studied?
 a. A single group at one time.           b. Several different and similar group at one time.
c. A single group of different stages of development.     d. Several groups in one time.
13. Cross sectional and longitudinal methods are used for
a. Studying human learning                         b. Studying human behaviour
c.Studying human development                     d Non of the above.
14. Which of the following is not an advantage of cross sectional method?
a. It is scientifical and practical
b. It economises time
c. It is practical for different age levels of individual
d. It covers a long span of life.
17. Which of the following is not a characteristics of Longitudinal  method?
a. It covers a long span of life        b. It economises time
c.Recording to data is easy            d.Its sample is larger
18.What is the merit of longtadional method?
a. Economical                               b. Easy to record
c. Studying cultural effects            d. Representatives
19. Which methods of studying human development permits the sequential
study of human behaviour?
19. Which methods of studying human development permits the sequential
study of human behaviour?
19. Which methods of studying human development permits the sequential
study of human behaviour?
a. Longitudinal method                 b. Cross sectional method
c.Cohort sequential design           d. follow up
c.Cohort sequential design           d. follow up
c.Cohort sequential design           d. follow up
19.. According to cephalocaudal law, development behaviour
a) spreads over the body from head to foot
(b) spreads outward from the central axis of the body to t extremities
(e) follows a pattern not similar to all
(d) follows a definite pattern but not predictable
20. Which of the following law of studying human development is associated with 'development procedure from trunk region to extremities?
a) Proximodistal law                   (b) Cephalocaudal law
(e) Cross sectional law               (d) Longitudinal law
21.In which of the following stages of human development occurs high rate of development?
(a) Infancy stage                           (b) Partunate stage
(c) Neonate stage                           d) Prenatal stage
22. Which of the following statements is true ?
(a) Development is the product of growth and maturation
(b) Development is the product of maturation and learning
(c) Learning is the product of maturation and development
(d) Learning is the product of maturation and growth
23. Which of the following statement about the characteristics of human development is incorrect
(a) Development can not be predicted
(b) Development rate vary from trait to trait
c) Development is continuous
(d) Development follows a pattern
What is the relationship between maturation and learning ?
a) Learning is wholly dependent on maturation
(b) Maturation is wholly dependent on learning
(c) Each influences the other although the degree differs
(d) Each influences the other to the same degree
24. Which of the following is not a major characteristics of human
development?
(a) Development is a continuous process
(b) Development occurs suddenly
(c) Development is predictable
(d) Development follows a pattern
25. Growth refers to....
(a) behavioural changes
(b) coherent and orderly changes
(c) qualitative improvement in behaviour
(d) qualitative changes in child's body
26. Which one of the following is specially related with the quantitative changes in the child's body ?
(a) Growth                       (b)Development
(c) Maturation                 (d) Learning
27. How is growth and development in babyhood like?
(a) Slow                                  b) Disturbed
(c) Quick                                 (d) Continue
28. Which one is first of all used in development of speech
(a) Adjective                                 (b)Verb
(c) Noun                                       (d) Preposition
29. Which is the main characteristic of human development?
(a) Development is from specific to generalization             (b) Development is predictable
(c) All parts of two body develop at the same rate     (d) Development goes from side to head
30. What is the psychological reason behind personal difference human growth and development?/
(a) Every person does not get same kind of food
(b) Some people are intelligent by birth
(c) People are different from one another naturally because of heredity
(d) People are up brought in different social and culture environments
31. Which of the following is not the characteristic feature of haman development
(a) Development is a continuous process       (b) Development is a static process
(c) Development is predictable
(d) Development is the product of maturation and learning
32. Human development refers ..
(a) physical change                      (b) psychological change
(c) behavioural change                (d) physical and mental change
33 Most of the human behaviours are developed due to
(a) heredity                            (b) acquisition
(c) inborn                               (d) maturation
34. The main factor which affects individual differences of the child.
(a) heredity factor                                    (b) environmental factor
(c) heredity and environmental factor      (d) emotional
35. Which of the following is closely related to the concept development?
(a) Qualitative and drastic change             (b) Qualitative and elementary change
(c) Qualitative and Quantitative change     (d) Qualitative and elementary change
36.The determinants of development are....
(a) Psychological and genetic factors          (b) Genetic and environment factors
(c) Genetic and sociological factors            (d) Cultural and environmental factors
.37. No two individuals are similar because.
(a) They are bron in different times (b) They bave different hereditary traits
(c) They grow and develop in different family
(d) they grow and develop as a result of interaction between hereditary and environment.
38. The main factor which affects individual differences of the...
(a) heredity factor                                      (b) environmental factor
(c) Heredity and environmental factor       (d) emotional factor
39. "Psychology is the positive science of behaviour" is the definition
(a) B. F Skinner                                  (b) J.B Watson
(c) MC Dougall                                    (d) Alice C
 
   
Short- Type                          
                        Group: B   Subjective Questions                                 
1. State the role of growth in human development.
2. Write the concept of human development.
3. Explain with examples the relation between growth and maturation
4. Differentiate between maturation and learning.
5. Explain the inter-relationship  between maturation and learning.
6.What is human development ? Enumerate principles of human development and explain any of them in brief.
7. Explain the characteristics of human growth and development.
8.Development is the product of maturation and learning Discus.
9.List the features of human development and explain one of them.
10State the role of growth in human development.
11. What is cross-sectional method of studying horman development?
12.Compare the weaknesses of longitudinal and cross-sectional method.
                   
 
 
 Long    -   Type           
                             Group: c        Subjective Questions                                    
1.. Write short notes on human growth, human development, maturation and learning.
2.Show the interrelation between growth, maturation and learning.
3.Describe the interrelation between heredity and environment.
4.Why should a teacher study the human development? Explain
5. Explain with example the longitudinal method of studying of human development
6 Explain the need and importance of studying human development.





                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                        

 

                                                                                                                                                                                                                                                                                   


Comments

Popular posts from this blog

Biology grade -9 (New Course)

Biology grade -10 (New Course)

Science - 10 Multiple Choice Questions (MCQ) Group -A